हीनता बोध गर्दै जाँदा सफल जीवन मोडिदैन
आलस्यता अङ्गालेमा सुन्दर वाग गोडिदैन
जीवन ज्योति प्रकाशिलो तव हुन सक्छ
सवल पथ अवलम्वन जब हामी छोडिदैन
प्रेमीजीवन सफलता तब प्राप्त हुन सक्छ
गरिएका बाचा बन्धन कसै गरी तोडिदैन
अपनत्व बढाउँदै दिलमा दिल मिल्न जाँदा
रोमाञ्चले सजाउँ छ नाफा नोक्सान जोडिदैन
अग्नि ज्वाला दनदनाउने समय नै घर्को भने
मनोभाव शिथिल बन्छ त्यहाँ तन लोडिदैन
