Skip to content

सदानन्द अभागी

कर्मचारी

कम गर्दछ जसले सत्कर्मको भावले
रमरमाउँछ सबको मनमा निस्वार्थको भावले

मर्म बुझ्दछ कर्मकर्म सेवक भै समनताको भावना
चरित्र निर्माण हो त्योसबको सत्चरित्र धारना

हिमालपारि महाकाव्यको शैल्यक्रिया

महाकवि फणीन्द्रराज देवकोटाको (वि.सं.२०२५) र मेरो पेशागतरूपमा चिनजान भएको करिब २०–२२ वर्ष भयो होला तर उहाँको र मेरो साहित्यतिरको चिनजान भने उहाँ मनाङको बरिष्ठ कृषिविकास अधिकृतको रूपमा कार्यरत रहँदा कर्मचारी मिलनकेन्द मनाङ्रको साहित्यिक मुखपत्र “तिलिचो” सम्पादन (२०६९–७१) कर्ममा मसँग लेख माग्दामात्र भएको थियो । आज उहाँको महाकाव्य नै हात लागेको छ र त्यसलाई रमाइ रमाइ पढिरहेको छु । फणीन्द्रजीको जन्म गोरखाको लिगलिग, आँपपिपल–२, राउतेपानीमा २०२५ साल असार १५ गते माता लक्ष्मी देवकोटा र पिता नन्दप्रसाद देवकोटाका नवौं सन्तान (चौथो पुत्र)को रूपमा भएको थियो । हाल उहाँ चितवनको प्रेमबस्तीमा बसोबास गर्दै आउनुभएको छ । शैक्षिक योग्यताको हकमा पनि उहाँले एम.एस्सी.(कृषि), एम.ए. आर.डी., पिएच.डी. (ग्रामिण विकास, त्रि. वि. २०६९) हाँसिल गरिसक्नुभएको छ । मनाङ (नियात्रा, २०६९), कश्मीरतिर (यात्रा बृतान्त, २०७०) र हिमालपारि (महाकाव्य, २०७१) गरी साहित्यिक विकृति प्रकाशनमा आएका छन् भने “तिलिचो” (२०६९–७१)को सम्पादक / प्रधान सम्पादकको रूपमा, सम्पादन समेत गरिसक्नुभएको छ ।

स्वार्थ सम्बाद

कुर्लन्छन् ती मित्र अहिले स्वार्थी रहिछस् भनि ।
म भन्दछु ती मित्रहरूलाई तिमी कहाँको कमी ।।

चल्यो हाम्रो सम्वाद हेर लौ आँफै ठूलो हौं भनि ।
स्वार्थै स्वार्थको यो संसारमा म कहाँ हुन्थे कमी ।।

किन होला यो चरी रोएको

किन होला यो चरी रोएको
जिन्दगीको पाप जति धोएको

लाखौं लाखौ मोह नदी जिन्दगीको बहार
यस्तै रैछ दुई दिनको अल्यहारी संसार
काँडाको नै शयनमा दुःखी आत्मा सुत्छ
दुई दिनको झुटो संसारमा कल्पी कल्पी रुन्छ

भावनाका विम्बहरू

परिचय
भवानी न्यौपाने ‘भावना’को यस कृतिलाई मैले पल्लप साहित्य प्रतिष्ठानको बार्षिकोत्सव कायक्रममा विमोचन हुँदा प्राप्त गरेको थिएँ । पढ्दै गएँ, लाग्यो, नेपाली सहित्यको क्षेत्रमा उनी एक प्रतिभा सम्पन्न नारीहस्ताक्षर हुन् । उनको परिचयलाई केलाउँदा उनी ह्विल्चा सल्यानमा पिता पवित्रराज न्यौपाने र माता विमला न्यौपानेकी सुपुत्रीको रूपमा जन्म लिइन् र दाङ तुलसीपुर–५ ‘ग’ लाइनमा स्थायी बसोबास गर्दै, शिक्षण पेसालाई अङ्गाल्दै आएकी छन् । साहित्यिक कार्यक्रममा सहभागी हुँदा रमाउने भवानीलाई दाङ साहित्यिक तथा संस्कृति प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान, चितवन, राप्ती साहित्य परिषद्, दाङ, लेखकसङ्घ, दाङ, देउखुरी साहित्य तथा सांस्कृति मञ्च, दाङ, ब्रह्मकुमारी राजयोग विश्वविद्यालय, दाङ आदि संस्थाहरूमा आजीवन सदस्यको रूपमा आबद्ध भएको पाउँछौ । भवानीले नारी दिवस–२०६९, वक्तृत्वकला जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएर (द्वितीय), क्याम्पस स्तरीय कथा, प्रतियोगिता–२०६०मा (प्रथम) र दाङ साहित्यिक संस्कृति प्रतिष्ठान तुलसीपुरबाट छविलाल स्मृति पुरस्कार–२०७१ प्राप्त गरिसक्नुभएको छ । यो उनको प्रथम कृति हो र यसमा उनले स्वच्छन्द रूपमा यथार्थ परक कविताहरू पस्केको देखिन्छ ।

काजी रोशनको स्रष्टा भेटका स्वर्णाक्षर नियाल्दा

काजी रोशन नेपाली साहित्यमा एउटा परिचित नाम हो। त्यतिमात्र नभएर धौलागिरि अञ्चलकै एउटा साहित्यिक संस्थाको रूपमा परिचित नाम हो भन्न सकिन्छ। उनको जन्म बागलुङ नगर पालिका –३, बागलुङमा २००६ साल कार्तिक २ गते भएको हो। रोशनजी नेपाली साहित्यमा कविको रूपमा, निवन्धकारको रूपमा, सम्पादकको क्षेत्रमा रोशनी फैलाउनु भएको छ भने धवलागिरि साहित्य प्रतिष्ठानको संस्थापना( बि.सं.२०४१) गरी साहित्य क्षेत्रमा आफूलाई स्थापित भई आज नेपालभरि नै आफ्नो साहित्यिक यात्रालाई सुदृढ पार्न निरन्तर लागिरहनु भएको छ।

अवसान सपना कवितासङ्ग्रहको शल्यक्रिया

बिर्खे अञ्जान साहित्यिक क्षेत्रमा चिरपरिचित नाम हो.। निबन्ध, गजल, कविता, मुक्तक, समालोचना, आदि क्षेत्रमा उनको कलम सशक्तरूपमा चलेको पाइन्छ तापनि उहाँ एक यथार्थवादी समालोचकको रूपमा बढी चर्चित हुनुहुन्छ भन्ने जानकारी मलाई प्राप्त भएको थियो । आज उहाँका ‘अवसान सपना’ कवितासङ्ग्रह र ‘शल्यक्रिया’ समालोचनासङ्ग्रह मलाई प्राप्त हुन आएका छन् । यी दुई कृतिमा आज म ‘अवसान सपना’ कवितासङ्ग्रहमा घोत्लिन पुगेको छु । उहाँको व्याक्तिगत बिबरण अनुसार उहाँको वास्तविक नाम लक्ष्मण बर्तौला र उहाँकी माताको नाम शान्ता बर्तौला हो । उहाँको जन्म खैरहनी, चितवनमा भए पनि हाल उहाँ रचनाकुञ्ज थाहा न.पा.–६ मकवानपुरमा स्थाइ बसोबास गर्दै साहित्यमा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

भानुभक्तको भक्तमाला नियाल्दा

हाम्रा धर्म ग्रन्थहरूमा भक्तहरूको त्याग र भक्तको लागि ईश्वरले देखाएको माया ममता तथा वरदान दिने कर्महरूका उदाहरणहरू थुप्रै पाइन्छन् । प्रह्लाद भगवानको भक्त बनेर भगवान नृसिंहरूपको दर्शन गर्न सके । आफ्नै बाबु हिरण्यकशिपुको घमण्डलाई चुर पारेर यत्रतत्र सर्बत्र भगवान विराजमान छन् भनेर देखाउन सफल देखिए र नृसिंहरूपी भगवान्बाट बाबुको उद्धार गराए । भक्त ध्रुवले बाबुको प्यारो काखमा बस्ने इच्छ्यालाई सौतेनी आमाको कटुवाणीले पाँचवर्षका ध्रुवले मधुवनमा गएर कठोर तपस्या गरेर ध्रुवलोक नै प्राप्त गर्न सफल भए । भनिन्छ भगवान सधैं भक्तको अधिनमा रहन्छन् । निष्काम प्रेम भक्तिबाटै भगवानलाई खुसी पार्न सकिने यथार्थता हाम्रा भागवतबाट जानकारी पाउन सकिन्छ ।

क्षितिजपारिको जून

परिचय
हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनले २०७२ साल कर्तिक चौध गतेका दिन हाम्रो मझेरी राष्ट्रिय साहित्यिक उत्सव भव्यरूपमा मनाएको समयमा म पनि सहभागी भएको थिएँ । यस कार्यक्रममा विमोचन भएका कृतिहरूमा पुष्प अधिकारी अञ्जलिको ‘‘चुराको घर’’, निशा क्षेत्री कटुवालको ‘‘एउटा अदृश्य मन’’, भरतबाबु ढकालको ‘‘गाउँ हराए पछि’’ ‘‘हाम्रो मझेरी भूकम्प विशेष’’ र विमला शर्मा ढुङ्गानाको ‘‘क्षितिजपारिको जून’’ मैले अध्ययनको लागि पाएको थिएँ ।

म भत्करु बन्दा

विवाहमा भत्करु भएर जाँदा ऐतिहासिक कथाहरू थरिथरिका सुनिने गर्दछन् । म सानो छँदा मेरो हजुरबाबाको साथमा अर्को व्यक्तिसमेत गरी दुई जना पानी घडी, ठडेरो तीनवटा दहीका ठेकी लिएर गएको देखेको थिएँ । पानीघडी समयको जानकारी लिन, ठडेरो बत्ती बाल्नको लागि र सानो तीनवटा दहीका ठेकीमा एउटा लगन जुराउने बेलाको लागि अरू(खाने) प्रयोजनको लागि लगिने कुरा बयोबृद्धहरूले बताउँछन् । भत्करुलाई माइती पक्षले विविध पक्षमा अड्का थाप्ने कामहरू गरिन्थ्यो भन्ने बयोबृद्धहरूले बताउँछन् र केही कुराहरू मैले पनि सुने ।

इन्दिरा–मन्दिरम शोककाव्य अवलोकन

यो इन्दिरा–मन्दिरम शोककाव्यका कृतिकार हुनुहुन्छ भूपेन्द्र गण्डर्षि । भूपेन्द्र गण्डर्षि एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँ एक बरिष्ठ साहित्यकार पनि हो र एक बरिष्ठ पत्रकार पनि । उहाँका सात कृतिहरू बजारमा आइसकेका छन् । यी कृतिबाट हामी उहाँलाई कवि, समालोचक, गजलकार र काव्यकारको रूपमा विश्लेषण गर्न सकिन्छ भने उहाँको साहित्य सेवाले नवलपरासी क्षेत्रमा अग्रणी स्थान ओगटेको पाउँछौ ।

एक बहर एक गजलको सङ्क्षिप्त विवेचना

एक बहर एक गजल(२०६९) पाल्पालीजीको तेस्रो बहरबद्ध गजलसङ्ग्रह हो । यस गजलसङ्ग्हमा पाल्पालीजीले बहरलाई प्राथमिकता दिएर, शास्त्रीय सूत्रमा आधारित रहेर गजलको जुन सारलाई प्रस्तुत गर्नुभएको छ बहुतै प्रशंसनीय र अनुकरणीय छ ।आवरण पृष्ठमा रातो गुलाफको फूलमा सजिएको यो कृतिको आवरणको भित्री भागमा पाल्पालीजीले पस्किएका दुई कृतिहरू, पाल्पालीका गजल (२०६६) र मनको व्यथा (२०६८)लाई खोजी खोजी पढौं भनी प्रचारका लागि लेखिएका भावपूर्ण उद्गारलाई पढ्न पाउँछौं । यस कृतिले पल्लव साहित्य प्रतिष्ठानको प्रकाशन मालाको २०औं स्थान प्राप्त गर्न सफल देखिन्छ ।

आँककुमारीको विवाह (लघु कथा)

आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने काम गर्दछन् ।

चिना देखाउँदा नाडी क्षारष्ट(नाडी) लाग्छ लाग्दैन, अल्पआयुका छन् छैनन्, टोकाहा (पिराहा) छन् छैनन्, सन्तान बृद्धि कस्तो हुन्छ आदिमा केन्द्रित भएर ज्योतिषीकोमा प्रश्नहरू राख्ने चलन छ । नाडी क्षारष्ट पर्न गएमा त्यस्ता वर वधूको जीवनमा कलह भैरहने भएकोले जीवन तीतो हुनेहुँदा विवाह गर्न हुँदैन भन्ने चलन छ र यस्ता नाडी लाग्ने केटा केटीको विवाह गर्ने चलन छैन । दिशाजुर आदि सबै ज्योतिषीले प्रष्ट्याउने चलन पनि चल्दै आएको छ तापनि आजकल हेराउने चलन हट्दै पनि गएको छ ।

आधा आकाशका नारीपात्रहरू

कृष्णादेवी शर्मा श्रेष्ठ नेपाली साहित्यमा महाकाव्यसम्म लेखेर आफूलाई महाकविको पदवी हाँसिल गरेकी साहित्यकारले आज आएर आधा आकाश उपन्यास लेखेर आफूलाई उपन्यासकारको पदवीबाट सुसज्जित भएको हामीले पाएका छौं । उहाँका करिब विविध विधामा लेखिएका एकदर्जन कृतिहरूले नेपाली साहित्यको क्षेत्रमा गहन भूमिका निभाएका छन् भने उहाँले छन्दमा लेख्ने गरेका कविताले छन्दको मार्गमा एउटा कोशे ढुङ्गा थपेको महसूस भएको देखिन्छ । उहाँको हालसालै प्रकाशित भएको आधा आकाश उपन्यासले महिलाले आफ्नो हक अधिकारको खोजीमा दौडिरहेको छ र नारीहिंसाको अन्त्य चाहेको छ । संसारको चक्रमा पुरुष र महिलाको समान अस्तित्व छ ।

पद्मा–बोधको शैल्यक्रिया

खण्डकाव्यकार राजेश्वरी काफ्लेको सिन्धुली जिल्लाको टाँडी गुराले गा.वि.स. –२मा २०१३ साल कार्तिक २१ गते पिता स्व. बोधराज दाहाल र माता स्व. पद्माकुमारी दाहालकी सुपुत्रीको रूपमा भएको थियो तापनि हाल उहाँ बस्तीपुर लालबन्दी–७मा स्थायी रूपमा बसोबास गर्दै आउनु भएको छ । राजेश्वरीजीको साहित्यिक, सामाजिक र राजनैतिक आबद्धता पनि धेरै संस्थाहरूमा भएको पाइन्छ जस्तै उहाँ सर्लाही साहित्य समाजको संस्थापक उपाध्यक्ष, बालसंरक्षण संस्था लालाबन्दीको संस्थापक उपाध्यक्ष, अखिल नेपाल महिला संघ सर्लाहीको् क्षेत्रीय अध्यक्ष, जनज्योति सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष, जनज्योति बहुमुखी क्याम्पसको सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, लालबन्दी आमा समूहको सल्लाहकार आदि ।

सिंहवाहिनी -२४- चौबीसौं अध्याय (देवतासँग देवीको भविष्यबाणी)

वैवस्वत मन्वन्तरको अठ्ठाइसौं युगमा
शुम्भ निशुम्भ जन्म लिनन् यसै भूतलमा
दानव हुनन् शक्तिशाली साथै पराक्रमी
ती दुबै मारिने छन् मेरै हातको बलमा

त्यतिबेला मेरो जन्म नन्दगोपको घरमा
यशोदाकी छोरी बनी आउने छु तनमा
मेरो बास हुने छ लौ गइ विन्ध्याचलमा
दैत्यशक्ति नाशगरी शान्ति दिन्छु जनमा

विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग दुई नियाल्दा

रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएकोमा भाग एकको बारेमा मैले केही धारणाहरू राखिसकेको हुनाले यस लेखमा (भाग दुईमा) विश्वेश्वर प्रसादको राजनीति र साहित्यिक व्यक्तित्वको ऐतिहासिक संक्षेपीकरणतिर लाग्दिन । भाग एकमाजस्तै विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको योगदानलाई विविध दृष्टिकोणबाट विश्लेषण गरिएका लेख यस विशेषाङ्कमा पनि अध्ययन गर्न पाइन्छ र ती लेखमा लेखकले वी.पी.को साहित्य र राजनीतिक क्रियाकलापलाई हेर्ने सकरात्मक तथा नकरात्मक पक्षका एक दुई वाक्यलाई अङ्गाल्दै अगाडि बढ्ने अनुमति चाहन्छु ।

तीन मुक्तक (प्रकृति र पबृत्ति)

प्रकृति र पबृत्ति

प्रकृति र प्रबृत्तिको रित भिन्न भिन्न
यसै गरी चलेको छ विश्व अबिछिन्न
संसारिक गतिचक्र चल्छ आफ्नै पथमा
जति बिन्ती चढाए नि मौका यस्ले दिन्न

सिंहवाहिनी -२३- तेइसौं अध्याय (शुम्भ वध)

शुम्भको पराक्रमी भाइ रणमा मर्यो
निशुम्भको मृत्युपछि शुम्भ मुर्छा पर्यो
मुर्छाबाट विउँझी शुम्भले रणक्षेत्र हेर्यो
देवीलाई मार्छु भन्दै शुम्भ अघि सर्यो

राजाको विलापमा दैत्य थाल्छन् भन्न
शुभ लग्न छैन प्रभू रण क्षेत्र जान
छोड्यौ स्वर्ग जाउँ पाताल यही हुन्छ राम्रो
शत्रुसँग नगरौं भो आज तानातान

देवचुली विकास मञ्चको स्रष्टा सम्मान कार्यक्रम एक झलक

देवचुली विकास मञ्च नवलपरासीले आज २०७२ साल भाद्र २८ गतेका दिन कावासोतीको ठाना अगाडिको खुला मञ्चमा तीज विशेष विविध साहित्यिक कार्यक्रममा महिला दिदी–बहिनीहरूलाई शुभकामना व्याक्त गर्दै नवलपरासीका साहित्य स्रष्टा एव म वयोबृद्धा सामाजिक व्यक्तित्त्व सम्मान कार्यक्रमको भव्यरूपमा आयोजना गरेर नवलपरासीका विविध संस्थाहरूलाई कार्यक्रममा सहभागी गराएर कार्यक्रम सफलताको साथमा सुसम्मपन्न गर्यो ।