परिचय
हिमाली गुराँस साहित्यिक (द्वैमासिक) पत्रिका २०सौं वर्षमा प्रवेश गरेको छ । यस्ले आफ्नो जीवन यात्रामा विविधतामा र।माउँदै साहित्यिक विधाका बहुआयमिक पक्षलाई समाउँदै नेपाली साहित्यको क्षेत्रमा यसले पुर्याउँदै आएको योगदानको जति प्रशंसा गरे पनि कमि नै हुन आउँछ । यसका ५९ औं अङ्क साहित्यिक फाँटका विविध विधालाई समेट्दै बजारमा आइसकेको र हामीले अध्ययन पनि गरिसकेका छौं भने ६० औं अङ्क नियात्रा विशेषको रूपमा हाम्रो हातमा परिसकेको छ । यस अङ्कमा स्वदेश र विदेश स्थानमा भ्रमण गर्दा ४३ जना नियात्राकारहरूले आफ्नो भोगाइलाई सरल र सुबोध गराउने गरी प्रस्तुत गर्नु भएका त्यस क्षेत्रका प्राकृतिक सम्पदा, ऐतिहासिक विवरण, सामजिक आर्थिक, राजनीतिक, साहित्यिक, धार्मिक, प्राकृतिक तथा पर्यावरणीय क्षेत्रका आदि महत्वपूर्ण घटनाक्रमलाई अध्यायन गर्दा स्वयम आफु नै ती क्षेत्रको अवलोकन गरेको अनुभूति हुन्छ ।
सम्पादक खिमानन्द पोखरेलले यस विषयमा तपाईंको धारणा चाहियो भन्दै मलाई घचघच्याउनु भएकोले केही कोर्ने प्रयास त गरेको छु तर समुद्रमा लोहोटा डुवाएर कति नै पानी निकाल्न सकिन्छ र जस्तो लाग्दछ । जे भए पनि सार भाव सङ्क्षेपमा जे जति लिन सक्छु त्यसैलाई नै पस्कने प्रयास गर्दछु ।
गौहाटीदेखि निकासीसम्म भानुभक्त– सर्वप्रथम डाक्टर तुलसी भट्टराईको गौहाटीदेखि निकासीसम्म भानुभक्त शीर्षकमा लेखिएको लेखले भानु जयन्ती कहाँ कसरी मनाइने रहेछ भन्ने अध्ययनको सिलसिलामा भानुप्रतिष्ठानका अध्यक्ष डा. ब्रतराज आचार्यको नेतृत्वमा गएको पन्ध्र सदसीय टोलीले मणिपुरदेखि डिम्मापुर हुँदै गौहाटीका महत्वपूर्ण स्थान(उल्लुबारी, पल्टनबजार, उमानन्द मन्दिर, पञ्जावारी, बाघबारी, फेन्सि बजार, कामाख्य आदि)को अवलोकनको साथै मणिकुमार सुब्बा सम्मेलन भवनमा डा. इन्दुप्रभा देवीको अध्यक्षता र लीलाबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा साहित्यिक कार्यक्रममा सहभागी हुनु, झापी टोपबाट टोलीले सम्मानित हुनु, २०७१ साल माघ १ गते भानु प्रतिष्ठानका अध्यक्षले भारतीय साहित्यकारहरूलाई अभिनन्दन गर्नु, गोर्खा भवन गौहाटीको कार्यक्रममा सहभागी हुनु र यहाँक नेपालीले भारतीय स्वतन्त्रतामा गरेको योगदान, स्कुल स्थापना, लगाएत आसामको विकासमा गरेको योगदानको जानकारी प्राप्त गर्नु, असम सरकारको सहयोगमा वृहत् नेपाली, अङ्ग्रेजी असमीया शव्दकोषको प्रकाशन हुन गएको जानकारी, प्राप्त गर्नुको साथै सोही दिन निकासीतिर रमाना भएको । माघ २ गते भुटानको सान्द्रु्रकजोङखरतिरको ४ किलो मीटर जग्गाको अवलोकन गरी निकासीको कार्यक्रममा सहभागी हुनु, निकासीका नेपालीले नेपाली जातित्व र पहिचान जोगाउनको लागि प्रयासरत, विवाहमा प्राय बेहुलाले दौरा सुरुवाल, टोपी र बेहुलीले चौवन्दी चोली र फरिया लगाउन अनिवार्य र गाउँलेहरू पनि यही वेशभुषामा सहभागी हुने जस्ता महत्वपूर्ण सन्देश यस लेखले प्रष्ट्याएको छ ।
पुनः वेलायत भ्रमण –दोसो्र लेख गोविन्द भट्टराई को पुनः वेलायत भ्रमण केही सम्झना शीर्षकमा लेखिएको छ । डा.भट्टराई २००८को मध्ये अगस्ततिर पहिलो भ्रमण गर्नुभएको र द्रोस्रो भ्रमण २४ अगस्त २०११मा गरिएको । पहिलो भ्रमणमा विश्वासदीप तिगेलाले सहयोग गरेको र दोस्रोमा अनेशासको दोस्रो महासम्मेलन संयोजक अध्यक्ष जयाराईको निमन्त्रणामा सहभागी हुन गएको । दुवै पटकको उदेश्य भने साहित्यको विकासमा नेपाली डायस्पोराको योगदानको कार्यपत्र प्रस्तुत गर्नु थियो । यस पटकको यात्रामा कार्यपत्र पनि परिमार्जन रूपमा तयार पारिएको र नेपाली तथा नेपाली साहित्यमा पनि परिवर्तन भएको, यात्रामा फ्रान्स पनि जाने भएकोले लैनसिंह वाङ्देलको मुलुक बाहिर म साथमा लिएर गएको र अध्ययन पनि गरेको, नेपालमा भएका धेरै कामहरू(साहित्यकारका कृतिहरूको ) थालिएका तिनको पूर्णता दिन नभ्याएको, उत्तरआधुनिकता र समयबोध कृति प्रकाशन गर्ने तयारी पनि पछि सरेको, पहिलो पटकको यात्राको धेरै काम सुसम्पन्न गर्न वाँकी छँदाछदैं पनि शेक्सपिएरको जन्मभूमि पुगेको निबन्ध निकै प्रभावकारी भै त्यसको अङ्ग्रेजी संस्करण अहिले स्नातक तहको पाठ्यपुस्तकमा पनि समावेश भएको, यस पटकको कार्यपत्र तयार पार्दा कोहेनकृत ग्लोवल डायास्पोरा जस्ता कृतिहरूको अध्ययन गरेको, नोवल पुरस्कार विजेताहरूको कृति अध्ययन गर्ने बानिरहेको, नेपालीहरूको खुट्टा तान्ने क्षृद्र प्रवृति युकेमा जयाले गर्न थालेको काममा पनि दर्शिएको,, विभिन्न साहित्यकारहरूसँगका वार्तालापहरू, केदारलार्ई इतिहास पढेर समालोचना या साहित्यिक इतिहास लेख्ने सुझाव, वेलायतमा समयको मूल्य बुझेर जीवनलाई समय अनुकुल ढालेका तर नेपालमाभने समय सुतिरहने । किट्स म्युजियम हाउसदेखि लेक डिष्ट्रिक्टको डोभ कटेजको अवलोकन, किट्स म्युजियमको अवलोकन आदिका विषयमा प्रकाश छरिएको यस लेखमा भावनाका लहरहरू समुद्का लहर सरह बगेको महसुस मैले गरेको छु ।
तुम्ले काट् भन्या मुइले काट्टया– प्रदीप नेपालको तुम्ले काट् भन्या मुइले काट्टया शीर्षकमा लेखिएको नियात्रा हो । यो सामुदायिक वनसँग सम्बन्धित लेख हो । यस लेखमा नियात्रकारले समुदायबाट संरक्षित सामुदायिक वन व्यवस्थापन माथि सरकारी निकायबाट आक्रमण भइरेको र समुदायका जनताले भोग्न परेको मुद्दा मामिला र समस्याका सम्बन्धमा लेखिएको लेख हो । जोगबुढाका सामुदायिक वनको समस्या समाधानको लागि फेकोफनका सदस्यहरूल,े राष्ट्रपति,चुरेवन संरक्षण नीति असफल भए पछि नागरिक वनमा पस्न नपाउने नीति बन्न लाग्नु, मन्त्री महेश आचार्यलाई वनमास्न नपाएका वन हाकिमहरूले दिग्भ्रमित पार्नु, नयाँ वन नीतिमा फेकोफनलाई सहभागी बनाए पनि चुरेवनको हकमा चुरेवन मास्नेवाला चुरे वन सामुदायिक वनवाला नै भएकाले सहभागी हुन नहुने जस्ता धारणा, सरकारमा भएकाले राखेको हुँदा, लेखकसँग राखेपछि सदस्यहरूको अनुरोधमा लेखक जोगबुढा तर्फ लाग्नु, अतरियामा महिलाहरूले बगरलाई वनमा परिणत गरेको, आम्दानी वैंकमा राखेकोलाई वन कर्मचारीले झिक्न नदिएको र वनकुरुवालाई तलव भुक्तानी दिन नपाएको गुनासो सुन्दै, पैसा सहकारीमा राख्ने, सुझाव दिंदै, सक्दो सहयोग गर्ने धारणा राख्दै लेखक जोगबुढातिर अघि बढ्नु तर आलितालका उपभोक्ताले वनमासेको आरोपमा अदालतमा जान परेको वनकर्मचारी कुनै पनि कानूनको दायरामा नपरेको ४३ करोड विगो तोकिएकोमा ७० करोड राजस्व उठिसकेको, वनमा भएका काठ समुदायलाई उठाउन नदिएको आदि भोग्न परेका समस्यालाई सुन्दै केही लेखेर दिने सुझाव दिंदै लेखक अघि बढ्नु । नियात्राकारले जोगबुढामा वनसम्बन्धी समस्याको पहिचानको लागि करिव तीन घण्टा जति अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दा माननीयज्यूले वनसमूहले प्रति क्युविक फुट पाउने र सो रकमबाट त्यो समूहको प्राथमिक १० वर्ष ढुक्कसँग चल्ने र वन कार्यालयले टाँचा लगाएकै रुख काट्ने भन्दै वन कटानमा लागेको तर रुख काट्न लगाउने माननीयलाई कानूनले छोएन तर समूहका साधारण सदस्यहरू कार्वाहीको भागी भएको, माननीयले भनेबमोजिम जहाँ जहाँ ल्याप्चे लगाउन भन्नुभयो त्यही ल्याप्चे लगाएको तर माननीयलाई केही भएन तर मुद्दा ल्याप्चे लगाउनेले भोग्न परेको, वन समुहका सदस्य अनपढ सचिव पदमा शिक्षक राखिएको यस्ता सचिव निलम्वनमा परेको,जस्को कारणले स्कुल बन्द हुने अवस्थामा पुगेको, हिमाचलमा काम गर्न गएको मानिसलाई फोटो टाँसी अध्यक्ष बनाएको तर ऊ माथि पनि मुद्दा चलाइएको, दुईवटा जोडिएको समूहमा वन काट्नेमा मुद्दा नलागि वन नकाट्ने समूहलाई मुद्दा लागेको, कुकाठ काट्ने अनुमति माग्दा सालको काठ काट्न दवाव दिएको र नमान्दा माओवादी कायकर्ताले अपहरण गरेर ६ दिनसम्म दवाव दिएको, आदि घटना क्रम, १९६ जनालाई मुद्दा लागेको, चुरेको वन सखाप, पारेको भन्नेमा सो वन अतरियाको कत्था कारखानाको लागि जथाभावी काटिएको तर दोष निर्दोष जनताले पाएको धारणा यस लेखमाआएको छ । वन कार्यालयले अनुमति नदिएसम्म सामुदायिक वनको काठ पनि काट्न पाइँदैन तर भ्रष्टचारको सेटिङ्मा वन समूह, वन रक्षक, छपान लगाउने मानिस, रेन्जर, डेफो मिलेका छन् । हुन सक्छ त्यो सेटिङ त्यहाँभन्दा माथि पनि पुगेको होला तर कार्वाही सोझा जनतालाई मात्र भयो । यस कार्वाहीमा एक जना महिला सामुदायिक वनकी अध्यक्ष रहिछन् उन्ले वनकार्यालयका अधिकृतलाई ठाडै चुनौती दिंदै भनेकिरहिछन् वन किन काटेकोभन्दा उन्ले ‘तुम्ले काट्भन्या मैले काट्या’ । जस्ले डेफोलाई नजवाफ बनाएको र ६५ समूहमा १/३ समूहले गैह्र कानाुनी कामगरेको दे्खिएको भन्ने धारणा यस लेखले दर्शाएको छ ।
माउन्ट रेनियरको फन्को – हरिहर खनालजीको यो नियात्रा माउन्ट रेनियर पर्वतसँग सम्बन्धित छ । यो पहाड वासिङ्गिटन राज्यमा पर्ने क्यास्केड शृङ्खलाको सबभन्दा अग्लो ज्वलामुखी पहाड हो र यसको उच्चाई ४३९२ मीटर छ । त्यहाँका आदिवासीले यसलाई टहोमा भन्ने र परिस्कृत नाम टकोमा पहाड हुन गयो । टकोमाबाट झण्डै ६० माइलको दूरीमा माउन्ट रेनियर नेसनल पार्क पर्दछ, यसभन्दा पर पर्ने रहेछ याकिमा, यहाँका आदिबासी अमेरिकनहरूको बसोबासको पुरानो केन्द्र क्याकिमा पर्दो रहेछ । यो राज्य हेर्दा सदाबहार लाग्ने ।प्यासिफिक एभ, भ्याकिम्ले पार्क कट्दै नर्थ लिभ रिज रिभर हेर्दै, माउन्टरेनिएको उत्तर–पश्चिम खोंचबाट् खसेको प्युयालप ग्ल्यासियर पग्लेर गरेको सिँचाइ भएका बाली नालीलाई नियाल्दै,‘ स्थनीय खाऔं स्वस्थ बनौं’ सूचना पढ्दै प्युयालप डाउनटाउन कटदै,साउथ हिलको एउटा पोलमा ओलम्पिक स्वर्ण पदक विजेताको सहर सूचना पढ्दै, घना जङ्गलभित्रबाट बाटो, एल्डर लेक, रेलका पुराना डिब्बाबाट होटेल निमार्ण गरिएर बनेको सानो बजार, पर्क, निस्क्वाली निकुञ्ज, वाइल्डर नेशनल सूचना केन्द्र, त्यहाँको पहाडको दृश्य दमौलीको मान्होकोटको झल्को दिने भिजिटर सेन्टरमा माउन्टरेनिएरनेशनल पार्कको प्रतिकरूप निर्माण गरेर राखेको, प्याराडाइज रिभर, प्याराडाइज भ्याली, आधार शिविर, पयाराडाइज नदीले निर्माण गरेको नाराडाफल्सको अवलोकन गर्दै माण्न्टरेनिएरको नेशनल पार्कको अवलोकन गर्दै, फाटछोर भिडियो खिच्दै घर फर्केपछि लेख समाप्त हुन्छ ।
भर्जिनियामा पढ्न गएका औसत नेपालीको व्यथा – यो नियात्राका लेखक हुनुहुन्छ गङ्गाप्रसाद उप्रेती । उहाँको यो यात्रा सेन्ट क्लाउड स्टेट विश्वविद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत, लेखककी कान्छि छोरीको पूर्व स्नातक उपाधि वितरण गरिने दीक्षान्त समारोहमा सहभागी हुने यो यात्राको उदेश्य बमोजिमको यात्रामा भर्जिनीयालाई ट्रान्जिट प्वाइन्ट बनाएर टेक्सस राज्यको राजधानी अष्टिनमा बहिनी कला उप्रेतीसँग भेट, वासिङ्टन डी. सी.को आसपास भर्जिनिया, मेरील्याण्ड, र न्यूजर्सीका आफन्त भट्नु रहेको र आफन्तलाई भेटेपछि त्यहाँका नेपालीको भोग्न परेको यर्थातलाई नियात्राकारले निकालेको निष्कर्ष यस प्रकार छ – ‘ सुनौला सपना बोकेर अमेरिका छिरी यहीं रैथाने हुनु भनेको त एउटा पिछाडिएको राष्ट्रको नागरिकले आफूलाई अमेरिकी सत्ताको बन्धक बनाउनु रहे छ ।’ ‘अमेरिकी समाजको उन्मुक्तता, व्यक्तिगत स्वतन्त्रता, निरपेक्ष उपभोगको दुरुपयोगमा परि यहाँका कतिपय नेपालीको आपसी सद्भाव, ओरालो लागेको रहेछ ’। यो लेखमा समाजिक सद्भाव, आफूले मान्दै आएको संस्कृति मान्यता र परम्परा, जीवन पद्धतिलाई कृतिम रूपमा मोड्न नहुने सन्देश दिंदै नियात्राकारले अमेरिकामा रहेका नेपालीको गतिविधिको चित्रण गर्नुभएको छ ।
बिदा योकोहामा बिदा उमि–होतारू– यो नियात्रा विजय चालिसेबाट लेखिएको हो । योकोहामा प्रसान्त महासागरको किनारमा रहेको जापानकै दोस्र्रो ठूलो बन्दरगाह, सहर हो । यस लेखमा जापान १९४५ सेप्टेम्बरमा दोस्रो विश्वयुद्धमा हार्नपरेको, टोकियो सहरको बर्णन, जापानको दक्षिणी कान्तो क्षेत्रमा रहेको खाडी जस्लाई पहिला पहिला यसलाई इडो खाडी पनि भनिने, यसको पूर्वमा सिवा प्रिफेक्चरको बोसो प्रायद्वीप, पश्चिमतिर कानागावा प्रिफेक्चर मिउरा प्रायद्वीप, जस्को एक हजार वर्ग किलो मीटर जति क्षेत्रफल रहेृकोमा ३०० किलो मीटर त समुद्र पुरेरै बनाइएको, मङकी बाहेकका टापुहरू कृतिम तरिकाबाट बनाइएका, टोकियो र योकोहामा जदोड्ने स्थल र सुरुङ्मार्ग छिचोल्दै योकोहामाको सुन्दर सागर तट उमिहोतारुलाई दश किलो मीटर लामो अक्वालाइन टनेलले टोकियोसँग जोडेको । उमिहोतारु र सुरुङ, दुवै आश्चर्य जनक भएका, उमिहोतारु ( समुद्रको जूनकीरि ) रातको समयमा झिलीमिली बत्ती बल्दा जूनकीरि जस्तै लाग्ने, समुद्रमाथिको यो अवलोकन स्थल समुद्र हेर्नकै लागि बनाइएको । विशाल समुद्रलाई मुठीमा बाँधेर त्यसैको छातीमा बनाइएका गगनचुम्मी भवनहरू, उमीहोतारुको दुईवटा तलामा पार्किङ् स्थल बनाइएको, दोस्रो तलामा गाडी पार्क गरेर, विजुली भर्याङ् चढेर चौथो तलामा तीन वटा घण्टहरू झुण्डिएको हेर्नू जापानी भाषामा खुसीको घण्ट भन्ने जानकारी पाउनु कागजबाट बनेको तर सिमेन्टबाट बनेकोभन्दा बलियो सागरमाथिको किल्ला हेरिएको, त्यसपछि ओकोहामा नगरकेन्द्रको मिरातो मिराइ(सबैभन्दा अग्लोघर एकहत्तर तले भवन, जो २९६.३मीटर अग्लो ७० अर्व जापानी एन लगाएर बनाएको पाँचौं तलासम्म गएर ६९ तला पुग्ने टिकट लिएर विजुली भर्याङ चढेर ४०सै सेकेण्डमा ६९ तला पुर्याएको र यहाँबाट ३६०डिग्रीको कोणबाट ८० किलो मीटर परसम्मका जापानी सहर बस्ती, हेर्न सकिने, कामकुरादेखि माउन्ट फुजीको भव्य शाहीरूप हेरेर बिदा लिएको धारणा आएको छ लेखमा ।
गुफा पनि कत्रो – यो लेखका लेखक हुन् कृष्ण धरावासी । यति ठूलो गुफाको नाम हो लुरे क्याव । लेखकको टोली लुरे क्याव अगाडि पुगेर टिकट लिनलाग्दा एउटा माग्नेले आफ्नो कलादेखाउँदै मागिरहेको र यो माग्नेले एकै चोटी ड्रमसेट बाँसुरी र अरु पनि बाजा बजाएर एउटा अर्केस्ट्राको वातावरण सिर्जना गरेर गीत गाइरहेको थियो को अवलोकन गर्दै, गुफाको माथिबाट तलतिर ओर्लनु ४० /५० जनाजति उभिने ठाउँ, अब्राहम नामको व्यक्तिले गुफामा बत्ती, अक्सिजनसबै भएको, जानकारी गराउनु, ह्वीलचियरको पनि व्यवस्था भएको, बाटो पिच भएको, उकालो ओरालो, हुँदै करिब २०० मीटर तल पुगेको अनुभव, विभिन्न आकृतिहरूको अवलोकन, कतै शिव पार्वती जस्तो आकृति देखिने कतै गाई कतै नृसिंही जस्ता आकृतिआदिको अवलोकन गर्दै,पौने दुई घण्टामा बाहिर निस्केको विवरण यस लेखमा पढ्न पाइन्छ । त्यो गुफको १८७८अगस्त १३मा स्थानीय पाँचजना मानिसले चुनढुङ्गा बाहिर निस्केको देखेका र त्यसको छेउको दुलोबाट चिसो हावा पनि बाहिर निस्केको अनुभव भए पछि चार घण्टा खनेपछि एउटा मानिस छिर्न सक्ने दुलो भेटिएको र केही वर्ष त्यसै छाडिएको, यस सम्बन्धमा खोज अनुसन्धान पछि मानिसहरू त्यसमा प्रवेश गर्न थाले, पर्यटकलाई खुला गरेपछि मानिसको घुँइचो लाग्न थाल्यो, हाल पाँच लाखभन्दा बढी मानिसले यस गुफाको अवलोकन गर्ने र पुरातत्वविदले यस गुफाको आयु चालिस लाख वर्ष पुरानो रहेको अनुमान गरेको आदि मनोहर प्रस्तुतिमा पस्किएको छ लेख ।
देवघाटमा सरस्वती –दर्शन– यस नियात्रका लेखक हुन् निर्मोही व्यास । नियात्राकार देवघाटको दर्शनको लागि पटक पटक जाने गरेको र यहाँको सौन्दर्यतालाई अवलम्वन गर्दै अनेकौ गीत र कविता रचेको । यस पटकको कवि गोविन्दराज विनोदीसँग देवघाट यात्राको लक्षविन्दुसित साक्षत्कार हुने खास कुरा तीनदिन पहिला देवघाट आउँदा कानमा गुञ्जिएको नारी–स्वरलहरीमा विभिन्न वार्णिकछन्दमा संस्कृतका अनेक स्तोत्रगायनको मधुरतम निदानको अलौकिक अनगुञ्जनको त्यस साङ्गीतिक पियूसधारा बगाउने गायिकाको दर्शनमा आतुरता । यी गाइका रहिछन् भरतपुर निकासी शान्ति नानी । उनको घरको ठेगाना लिएर उनको घरमा पुगी, सन्ध्या भजन सुनेर फर्केको । यस लेखमा देवघाटका मठमन्दिर,त्यहाँको प्राकृतिक सुन्दरताको वर्णन पनि र सरस्वतीका स्तोत्रका बारेमा पनि प्रकाश पारिएको छ ।
श्राबस्तीको काखमा भावनाको मोहकता– यस नियात्राका नियात्रकार हुनुहुन्छ घनश्याम राजकर्णिकार । यो लेख बुद्ध दर्शनमा आधारित भएर लेखिएको छ । यसमा लेखकले बौद्धधर्मका नालन्दा, राजगिर, बोधगया,सारनाथ, कुशी नगर र लुम्बिनीको विस्तृत भ्रमण गरेको श्राबस्तीको भ्रमण गर्न २०६८ साल, चैत्र महिनाको २७ गते त्यता तर्फ रमाना भएको जानकारी दिनु भएको छ । आठ ओटा बौद्ध तीर्थ मध्ये श्राबस्ती पनि एउटा महत्वपूर्ण तीर्थ भएको, श्राबस्ती कौशल देशको राजधानी भएको, बुद्धका समयमा कौशल देशका प्रसिद्ध राजा प्रशेनजितले राज्य गर्दथे । बुभगवान बुद्धले त्यसवेला यहाँको जेतवन विहारमा धेरै समय बिताउनु भएको र उहाँ २४ पटकसम्म वर्षा बास यही बस्नुभएको, जेतवन विहारमा रहँदा बुद्धले बुद्धधर्म, सद्धर्मबारे, धेरै प्रवचनहरू दिनु भएको र प्रसिद्ध बौद्धग्रन्थ मज्झिम निकायका १५० सूत्रहरूमध्ये ६५वटा र विनय पिटक ग्रन्थका ३५० शिक्षापदहरू मध्ये २९४वटा यहीं बसेर प्रतिपादन गर्नुभएको,स्थान हो । जो १२औं शताब्दीसम्म यो क्षेत्र कुनै न कुनै रुपमा बौद्ध जगत्को क्षेत्र बनिरहेको, गुप्तवंश कालमा नष्टहुने क्रम बढेको । त्यसपछि प्राचिन श्राबस्तीको प्राचिन वैभव अंग्रेज पुरातत्वविद् जनरल अलेक्जेन्डर कनिङ्घमले १८६२मा प्रकाशित गर्ने काम भएको । बौद्ध साहित्यमा जेतवन विहारको महिमा अपरम्पार छ । श्रावस्तीलाई भगवान बुद्धको प्रवचन सुनेपछि सर्वश्रेष्ठ धनी सुदत्तव्यपारी थिए, दानी थिए, दयालु थिए अनाथलाई पिण्ड(भोजन) दिन्थे त्यसैले उनको नाम अनाथ पिण्ड रहन गएको र राजा प्रसेनजितका छोरा तेज राजकुमारको बगैंचाकिन्ने मनसाय बारंबार राख्दा तेज राजकुमारले त्यो वगैंचा असर्फीले ढाकेमा पाउने धारणा राखेपछि अनाथ पिण्डले असर्फीले वगैंचा ढाक्न थालेपछि एक चौथाई भाग ढाक्न बाँकी छँदा राजकुमारलाई धर्मप्रति आस्था जागी बगैंचा अनाथ पिण्डलाई सौंपिदिए । अनााथ पिण्डले राजकुमारको नाम झल्कने गरी तेजवन विहार राखेको कथा पनि यस लेखमा समावेश गरिएको छ ।श्रीलङ्का विहारमा बास, त्यहाँका भन्तेसँग शिष्टचार भेट हुनु, क्जचबदबकतष् त्जभल बलम लयध नामक किताव देख्नु र किन्नु यसको अध्यनले त्यहाँको यथार्थ पत्ता लाग्नु, चारैतिर बत्तीबाल्ने चलन पाउनु, यात्रामा मुख सुुँगरको जस्तो(जेपायो त्यही खाने बानी), आनन्दबोधीवृक्ष जहाँ भगवान बुद्ध एक दिनरात ध्यान बस्नुभएकोमा लेखक पुग्नु, लेखक ध्यानमा बस्नु,मूल गन्धकुटीको अवलोकन, जलकूपजहाँ भगवान बुद्ध लगायतले पानी पिउने कुवाको अवलोकन, भिक्षु सारीपुत्र र भिक्षु मौदगल्यान स्तूप अवलोकन, तिस्स भिक्षु विमारी हुँदा कसैले नहेरेको थाहा पाई स्वय म बुद्धले उनको सेवा गरेको र सबै भिक्षुले भिक्षु विरामी पर्दा सेवा गर्नुपर्ने सन्देश दिएको तिस्सकुटीको अवलोकन, धर्मसभा भवन अवलोकन, होटल लोटसको महगो खाना खानु,ओडाझारको अवलोकन, भगवान बुद्ध ऋद्धि चमत्कार गर्न सक्ने र यो कसैलाई प्रदर्शन गर्न नहुने भनेर रोक लगाउनु भएको र ३ पटक स्वर्ग जाने आउने चमत्कार गर्नुभएको जानकारी,पूर्वराम विहारको अवलोकन (जहाँ बुद्धले २३वटा सूत्र प्रतिपादन गरेका थिए), विशाखाको बुद्ध भक्तिमा बुद्ध विरोधी ससुरा मृगारलाई बुद्धको उपदेश सुन्नलगाई ससुरा प्रभावित भएर विशाखालाई मातातुल्य मानेकोले विशाखालाई मृगारमाता पनि भनिने, यस पछि धर्मसभा मण्डपतिर लाग्नु(बुद्धले ८४४ वटा महत्वपूर्ण धर्म उपदेश दिएको ठाउँ) यहाँभगवान बुद्धले उपदेश दिएको आत्मानुभूति भएको ठान्नु,अगाडि बढ्नु, चउरमा थचक्क बस्नु, बुद्धसँग जम्का भेट होला कि भनी कल्पनामा रुमलिनु र लगत्र्तै पहेंलो रङ्गको चिवर ओढेर भगवान बुद्ध हातमा भिक्षापात्र लिएर अरु भिक्षुसँग गाउँबाट भिक्षा लिएर जेतवन विहार आइरहेको अनुभूति गर्दै, बिस्तारै आँखा चिम्लदै घोप्टो परेर साष्टाङ्ग डण्डवत् गर्दै बुद्ध म शरण म गच्छामी सङ्घ म शरण म गच्छामी भन्दै नियात्रा समाप्त हुन्छ ।
हाउसबोटमा एकरात –यस शीर्षकमा पोष चापागाई लेख्नुभएको नियात्रा हो । अमेरिकाबाट केरेला काम विशेषले आएकी छोरीलाई भेटगर्न नियात्राकार केराला जानु, छोरीलाई भेट्नु,सागर होटेको पाँचौं तलाको कोठा १०८ कोठामा बस्नु । खाजा खानु र १७० कि मिको आलम्पीको लागि कारमा जानु र कारबाट निस्केको र हाउसबोटमा जानु, हाउसबोटबाट जललीलाहरू हेर्न थाल्नु, आलम्पी केरेला फिनिसिङ् पोइन्टमा नदी पुण्यवती नाऊ एकतले सुरेश कुपानीका मार नाउमा नियात्राकारका परिवारसँगै हुने ।सिङ्गै माछा बनाएकोलाई खानु आलम्पुसमा बाहिर आउनु, एक मान्छे एक घण्टा एकहजार तिरेर मसाज गराएको ।, पानीका पनि नसा हुँदा रहेछन् भन्ने भन्ने पक्कापक्कि लागेको । कन्नाटामा पुगेपछि नाउलाई किनारामा लगाएर रुखमा बाँधेर खाना खाएर सुत्ने काम हुनु विहान चिया पिएर नाउबाट बहिरिएर घुम्न निस्किएको र मन्दिरमा पुगी भित्र पस्न नपाई हात जोडी दर्शन गरी फर्केको । नाउमा चढेर फिर्ता हुँदा भित्तामा झुण्ड्याएको केरला इज द ल्याण्ड अफग्रीन म्याजिकले अन्तरस्पर्श छुँदै,बोटबाट ठिक नौ बजे बाहिरिएको भन्दै यहाँ प्राकृतिक सम्पदामा रमाउँदै लेख समाप्त भएको छ ।
महाकाली यात्राः मात्रामात्रामा जात्रा– यो लेख रामप्रसाद पन्तजीले महाकाली साहित्यसङ्गमद्वारा २०६९को असौज २६ र २७मा हुन गइरहेको बृहत् अन्तर्राष्ट्रिय साहित्य कला संस्कृति पर्यटन सम्मेलनमा सहभागी हुन काठमाण्डौबाट एक बस साहित्यकार किसनसिंह धामीको संयोजकत्वमा जाँदाका घटना क्रममा लेखिएको नियात्रा हो यो । यस लेखले काठमाण्डौदेखि महेन्द्रनगरसम्मका स्थान विशेष, भल्टारको खाजा, कालमोचनको लागि बनाइएको जलवीरेको महादेव मन्दिर, नारयणगढ, गैडाकोट थुम्कीको खाना,बिजुली सर्वतको चमत्कार देखाउँदै कपडा उतारेर फाल्नु,मोवाइल खाने ठाउँमा छोडनु, क्यामेरा पनि हराउनु, भालुवाङ, बजार नाघेपछि अँध्यारो हुनु लमहीमा गएर बस विग्रनु, ईश्वरी छुट्नु, ईश्वपरीलाई खोज्नु र बर्दिया निकुञ्जमा सेनाले गाडी रोकेर बोत्तल तथा खानेबस्तु नफेक्ने र वनमा बाहिर ननिस्कने सन्दैश दिनु, कर्नाली पुलमा पुग्नु पाँचसय फुट लम्बाई भएको पुल तर्नु र धमला होटेलमा बसेर खाना खानु, त्यस पछि महे्न्द्र नगरतिर लाग्नु, वेलवासेले यो यात्राको मूल्याङकन यसरी गर्नु – ‘ यो अभूतपूर्व यात्रा, अविस्मरणीय यात्रा, !हाम्रो सानो दुखले गरेको होइन, ढाड भाँचिने गरी गरेको यात्रा हो ।’ यो यात्राको वर्णन पुरुले वेग्लै ढङ्गले गर्दै भने – धतुरे ट्राभलको उचाल पछार एक्सप्रेसले घरदैलो लिपपोत गर्ने वेलामा महेन्द्र नगर पुर्यायो ’ । होटेल अपेराको कोठा नं २२०मा प्रवेशगरेपछि नियात्रा समाप्त हुन्छ । यस लेखमा नेपालको ऐतिहासिक, धार्मिक,, साहित्यि, विकास तथा विविधखाले घटनाक्रमहरू आदिलाई समावेश गरेर लेखलाई कलात्मकरूपमा प्रस्तुत गरेको पाइन्छ ।
एटालान्टाबाट फर्कदा–भन्ने लेख गोविन्द गिरी प्रेरणाद्वारा लेखिएकमो हो । एटलान्टा सहरको सेन्चुरी बुलवार्डमा अवस्थित म्यारियोट सेन्चुरी होटेलमा सन् २०११मा नासा एन्माको संयुक्त सम्मेलनमा सहभागी हुन गएको । लेखक योभन्दा पूर्व सन् २०००मा पनि अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा मूल्याङ्कन समितिको सदस्यको रूपमा गएको, गोविन्दजीले प्राय धेरैजसो साहित्यकारहरूलाई भेट्ने गरेको तर अरूण शर्मा जस्ले एक डायरी सुशी र कञ्चनजङ्घा र सुशी र प्रसान्त महासागर लेखेका थिएलाई यस नियात्राका नियात्राकारले ३० वर्ष देखि भेट्न खोज्दा पनि भेट्न नसकेको, यस पटकको यात्रामा निजि भ्रमणमा जानु भएका साहित्यकार राजेस्वर देवकोटालाई अनेसासले अभिनन्दन गरेको र सम्मेलनले पनि सम्मान गरेको, साथै नियात्राकारले भेट्न चाहेको अरुण शर्मालाई पनि यहाँ भेृट्न पाएको तर पुरानो साहित्यकार भए पनि त्यहाँ उहाँ गुमनाम रहेकोमा नियात्राकारलाई अचम्म लागेको र लेखक एटालान्टाबाट फर्कदा सुशी र प्रसान्त सागर नामक कृति र अरूण शर्मासँगको प्रथम भेटको सम्झनालिएर फर्केको ।
चौवीस घन्टाको इस्तानाबुल – यो नियात्राका नियात्राकार हुनुहुन्छ श्रीओम श्रेष्ठ रोदन । इस्तानाबुल टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल हो ।बेल्जियमको लुभेनामा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन र अन्य राष्ट्रहरूको भ्रमणपछि यस विमानस्थल हुँदै नियात्रकारहरू (एल वी सर,इन्द्र विकल्प र श्रीओम श्रेष्ठ रोदन) नेपाल फर्कदा इस्तानाबुलमा ट्राफिक जाम भएर जहाज ल्याण्ड गर्न ढिला हुन पुग्यो र साह्रै कष्ट भोग्न परेको र २९ घण्टा पछि मात्र यहाँबाट रमाना भए पछि यो नियात्रा सकिन्छ ।
कुम्लो बोकी तुम्लिङ्टार – यस नियात्राका नियात्राकार हुनुहुन्छ युवराज नयाँघरे । यो नियात्रा भोजपुरबाट अरुण खोलाको तिरैतिर, प्राकृति सुन्दरतामा रमाउँदै, जेठानको विस्कुट र तिवारी भञ्ज्याङ्गको खीर खाँदै, दमार हुँदै, पसिना बगाउँदै, आपट्टेघारी नाघेर,अक्करे भिरमा पुगेर, दुम्कट्टाको चर्को घाम सहेर, मकालुलाई नमस्कार गरेर रुद्राक्षका बोट नियालेर नागले मानिस खाएर सताएको र विजुवाले चट्टयाङ् पारेको कथा सुन्दै –(नागथान हेर्दै)सबा खोलाको दही चिउरा खाँदै, अरुण र सवा खोलाको माझमा अवस्थित तुम्लिङटार अवस्थित त्यही पुगी बुद्ध होटेलमा कुम्लो विसाउनु, यो यात्राको नतिजा –‘दुइटै खुट्टाका पौतालाभरि फोका थिए जलजलाउँदा’ भन्दै नियात्रा लेख समाप्त हुन्छ । प्रस्तुति अति मीठो छ ।
छोटो बसाइ, मीठो सम्झना जापानको – अभ्यागतहरूको स्वागतार्थ एउटा मौलिक परम्पराअनुरूप जापानमा मनाइने चिया उत्सवको बारेमा जान्ने नियात्राकारको चाहना । यो चाहना डाइहाचु मोटर कम्पनीले कम्पनी अवलोकन र तालिमको लागि बोलाएर,, गाडीको बारेमा जानकारी(तालिम दिएर), अक्टोपसको मासु खुवाएर, नेपालको एउटा कट्टर जैनधर्मावलम्बी उद्यमीले कोकाकोलासँग भात खाएको कथा सुनाएर, ओसाका सहर, नारानामक सहर(पागोडा शैलीको भवन अवलोकन), क्योटो सहर(यो जापानी, सांस्कृतिक र बौद्धधर्मको केन्द्र मानिने स्थल)मा मिजोदरबारको अवलोकन, क्योटो टावर जानु र टावरबाट देखिने दृश्यको अवलोकन गर्नु, कोवो सहरको अवलोकन, सहर राम्रो, भू–कम्पजोखिमबाट बच्ने खालका होचा घहरू अवलोकन गर्दै जापानी मित्रबाट जापानी जीवनमा हुने कामको व्यस्तताले जापानी जीवन पनि सुखमय नभएको जानकारी सुन्न पाउनु, यहाँका पर्यटकीय, धार्मिक, आर्थिक र सामाजिक सम्बन्धी जानकारी लिंदै, टोकियोको रमाना हुँदै, टोकियोमा गिञ्जा, सिञ्जुकु, हिबाया नामक वागको अवलोकन, जापानी सम्राट बस्ने दरबार नजिकै रहेको, मेइजी सराइन धर्मस्थलको अवलोकन पछि चिया उत्सवमा सहभागी हुनु र किमोनो बस्त्र पहिरेकी महिलाले शिर झुकाई अभिवादन गर्दै चकटीमा बसेर विशेष प्रकारको चिया सिलौटोमा पिसेर पकाएर चिया र सानो एक ढिक्का गुलियो बस्त खान दिएको र यो उत्सवलाई नियात्राकारले उपलब्धी मूलक ठान्दै पर्लकल्चरमा सहभागी भएर मोतीको दाना पाउने कुपनलाई तान्दा मोतीको दाना प्राप्त गर्दै भोलि पल्ट नारिता एयरपोर्टबाट नेपाल फर्केको धारण यस लेखमा पढ्न पाइन्छ ।
लाहोरको ट्याक्सी ड्राइभर –जय छङ्छा द्वार लेखिएको नियात्रा हो यो । यस नियात्रामा नियात्राकारले नेपाली समाजले दिएको महत्वपूर्ण लाहुरे शब्दलाई मनन् गर्दै लाहोरलाई अवलोकन गर्ने धारणा राख्दै २००७ साल अक्टोवर ११मा डेल्ही नेपाली राजदूतावासबाट अमृत सहर हुँदै, स्वर्ण मन्दिर हेर्दै, वाधा जाने बस चढेर, पाकिस्तान प्रवेश गरेर, आसफल ड्राइभरलाई १६०० पाकिस्तानी रूपियाँमा तिरेर बाघा गाउँ, जल्ले जल्ले मोड, सलामपुर, द्रोग्याल, सुकनहरको, मिन्टगेट, शालीबार पार्क प्रवेश, आकर्षक लाग्दो वाग, ग्राण्डट्रकरोड, भगवानपुर, सिङ्गापुर सब्जी मण्डी कपस्टोर चोकमा पुग्दा एकातिर जन्ती र एकातिर मलामी भएको संयोगको देखाई, पुरानो सहर पुग्न, यसमा पस्न १६वटा गेट भएको पहिला भएका गेट बाहिर सर्कुलर रोड भएको, मस्ती गेटबाट फोर्टमा प्रवेश गरेको, दायाँ पट्टीभव्य वादशाही मन्दिर मिनार ई पाकिस्तान, टक्साली चोक अनारकली रोड, चाइनाचोक, नीला गुमवज, मलरोड,हाइकोर्ट, हलकोट मार्केट, पानोरमा सेन्टरमल, अबारी होटेल अलहम्रा हल, गभर्नर हाउस भएर चाइनाचोक आदि रमणिय स्थलहरूको जानकारी ड्राइभरबाट लिंदै, फिर्ता भएको र ड्राइभरको सदासयतालाई महत्व दिएर यस लेखको नामाकरण गरेको पाइयो ।
हाइडेलवर्गमा हामी – यस नियात्राका नियात्राकार हुनुहुन्छ चन्द्र प्रसाद भट्टराई । हाइडेलवर्ग दक्षिणी– पश्चिमी जर्मनीको एउटा सहर हो । यो सहरको केन्द्र आल्स्टाडको भ्रमणको लागि सबै जना तयार भएको र यस सम्बन्धमा युरोपको सभ्यतामा यस केन्द्को विशेष महत्व भएको जानकारी प्राप्त गर्दै नेख नदीको किनारै किनार रमाना हुनु, र आल्स्टाड पुग्नु, सातसय वर्ष पहिला विश्वविद्यालय र पुस्तकालय खुलेको सातसय वर्ष भएको, शिक्षामात्र नभएर मूर्तिकला, चित्रकला, वास्तुकला, साहित्य, नृत्य र सङ्गीतको पनि यो प्रशिद्धि क्षेत्र, सहरभित्र साइकलमात्र प्रवेश पाउने, कलात्मक ढङ्गले गल्लीमा ु’ङ्गा विच्छ्याइएका, बास्तुकलाले झकिझकाउ ६ तलासम्मका ढुङ्गाका गारा भएका, झिङ्गटीका छाना भएका ३।४ सय पुराना घरहरू, गुलाफी र पहेंला रङ्गका हरेक घरमा भिन्दा भिन्दै बुट्टाहरू, हाउसउपस्ट्रासेमा फराकिला चोक, दुइटा गाह््रोको कुनामा स्तम्भको रूपमा कलात्मक एउटा कलात्मक अहिलेनै बोल्छिन् कि जस्तो मूर्ति,विश्वविद्यालयको मानविकी सङ्कायको एउटा खण्डको अवलोकनको साथै फ्रान्सका प्रभावशाली चान्सलर हेल्मुटकोल राजनीतिक अर्थसास्त्री म्याक्स वेवर आदिका नामको जानकारी लिनु, जिसस क्राइस्ट र उनकी आमाको मूर्तिको अवलोकन, हाइडेलवर्गको जनसंख्या डेडलाखमात्र भएको तर ३५लाख व्यक्तिले यस स्थलको भ्रमण गर्ने कुराको जानकारी लिंदै मलेकुरल वाइलोजीको ठूलो संस्थाको अवलोकन गर्दै ब्ल्याक फरेष्टतिर लागेपछि लेखले बिटमार्छ । यस लेखले पनि यहाँको कलाकृतिको राम्रो व्याख्या गरेको पाइन्छ ।
मजदुरका महल –यस नियात्राका नियात्राकार हुनुहुन्छ कलाधर काफ्ले ।काफ्लेजीले यस नियात्रामा, सङ्गुन नीति अध्ययन सम्बन्धी नेपाल साहित्यिक मञ्चका अध्यक्ष शङ्कर भारतीको नेतृत्वमा काफ्ले लगायत जानकी भारती, विष्णु बहादुर सिंह, राधेश्याम लेकाली लगायत ५जनाको टोली, सेप्टेम्बर, ९का दिन प्रजातान्त्रिक जन गणतान्त्रिक कोरियाको गणतन्त्र दिवसमा गरिने समारोहमा सहभागी हुनको लागि कोरिया गएको र उनीहरूलाई पोङ्याङ कोायो होटेलमा राखिएको र यहाँबाट पोङयाङ सहरको पश्चिमी भाग पुरै हेर्न सकिने भएकोले होटेलबाटै अवलोकन गरेको । यहाँका अग्ला अग्ला भवन सरकारले बनाएको र निजि भवन भने साना बनाइएको, विहान आठ बजे ती अग्ला अग्ला महलबाट मजदुरहरू कामको लागि निक्लेको देखेपछि नियात्राकारले मजदुरका महल शीर्षकमा यो लेख लेखेको जानकारी पाइन्छ ।
जोशियान राजाको दरबार– यस नियात्रका नियात्राकार हुन् लेखनाथ धमला । यो जोशियन राजाको दरबार भनेको कोरियन राजाको दरबार हो । कोरियनको राजतन्त्र विदेशीको हस्तक्षेपको कारणले ढलेको भन्दै लेखकले दरबारको भव्यता निकै आकर्षक रहेको, झण्डै प्यागोडा शैलीमा निर्मित दुई छाने दरबारमा चारैतिर ठूला ठूला काठका दलिन र खम्बाहरू प्रयोगमा ल्याइएका, गोलाकार झिङ्गटीको छानामुनिबाट कलात्मक बुट्टेदार काठले टेवा दिएको विवरणको साथै जोशीयन राजाहरूले १३९२ देखि १९१०सम्म राज्य गरेको, १९१०मा जापानले कोरियालाई लिए पछि राजसंत्ता समाप्त भएको भन्दै लेखकले यहाँको इतिहास प्राकृति तथा राजनैतिक, समाजिक आदिलाई समेट्ने प्रयास भएको देखिन्छ । १९४५मा कोरिया जापानबाट मुक्त भएको र आन्तरिक संघर्षबाट १९५३मा कोरिया उत्तर र दक्षिण कोरियामा विभाजन भएको तर सिउलका ती सुरक्षित सुन्दर दरबारहरूले त्यहाँका सभ्यता र संसकृतिलाई गौरवमय बनाएको साथै सिउलको भित्री बजारतिर लाग्दा मिओनवोकजुङ दरबारमा साँझका बत्तीहरू बलिरहेको भन्दै लेख समाप्त हुन्छ । यस लेखमा पनि विवरणत्मक कथनहरू, ऐतिहासिक विवरणहरू समावेश गरिएको छ र लेख रोचक छ ।
चिंगिज आइतमातभ – यो नियात्राका नियात्राकार हुन भीष्म उप्रेती । चिंगिज आइतमातभको मूर्ति देखेपछि लेखकले यसबारे जानकारी लिने काम गरेको, चिंगिज आइतमातभ भनेका किर्गिस्तानका दुई जना राष्ट्रिय नायकमध्येका एक जना भएको र यी साहित्यकारको रूपमा प्रसिद्धि कमाएका व्यक्ति, यिनको गुडबाई गुल्सारी भन्ने किताबको बूढो र घोडा नेपालीमा अनुवाद गरेको पढेर नियात्राकार निकै प्रभावित भएको, यिनलाई लेखकले रुसी लेखकको रुपमा लिएको तर यी लेखक किर्गिज हृदयमा बसेका किर्गिजका राष्ट्रिय नायक भएको, उनका कृतिहरू १५० भाषामा अनुवाद भएको र दोस्रा राष्ट्रिय नायक मानस र चिगिज आइतमातभको मूर्ति राजधानी सहरको मुटुमा रहेको विशाल पार्कमा आम्ने साम्ने गरेर राखिएको, किर्गिस्तान सन् १९९१मा स्वतन्त्र भए पछि यी साहित्यकार यूरोपियन यूनियन, यूनेस्को, बेल्जियम्, जक्जम्वर्ग नेदरल्याण्ड आदि देशका राजदूत समेत भएका,, उनी किर्गिस्तानमै जन्मेका, रुसी र टर्की भाषमा पनि लेखेका लेखक। यिनका गुडबाई गुल्सारी, द डेज लाष्ट मोर देन अ हण्डेड इयर्स र जमिलाजस्ता प्रभावसारी कृतिहरू भएका, यिनलाई सन् २००८मा टर्कीले नोबेल पुरस्कारको लागि मनोनयन गरेको कुरा आदि यस लेखले समेटेको छ ।
साहिन्त्यिक तीर्थस्थल ःस्ट्राटफोर्ड अपन –एभन – यस नियात्राका नियात्राकार हुन् पवन आलोक ।यस लेखमा शेक्सपियरको घर ःस्ट्राटफोर्ड अपन –एभनलाई साहिन्त्यिक तीर्थस्थलको रूपमा लिएको छ । यस घरलाई वेलायती सरकारले ऐतिहासिक धरोहरको रूपमा संरक्षण गरेको छ ।नियात्राकार यो नियात्रा लेख लेख्नुभन्दा २६ वर्ष पहिला पनि यस घरमा पुगेका र यस पटक भने आफू जीवन साथी रेखा, छोरी अनिता र ज्वाँइ रोशनलाई समेत साथ लिएर पुगेको कुरा अध्ययन गर्न पाइन्छ । यस घरमा शेक्सपियरले आफ्नो जीवनकालमा प्रयोग गरेका बस्तुहरू, फोटाहरू, उनका हस्ताक्षर, परिवारका फोटा, टेवुल कुर्सी बाक, आगन्तुक पुस्तिका आदि राखिएका बस्तुको अवलोकन गरिएको । एक्से एक उनका कालजयी कृतिहरूले उन्लाई अमर तुल्याएको, विश्वले नै श्राद्धको पात्र बनाएको, धारणा राखिएको छ । शेक्सपियरको जन्म २३ अप्रिल १५६४मा र मृत्यु २३ अप्रिल १६१६मा भएको र उनको लासको साथै उनका पविारको लास ट्रिनिटी चर्चभित्र गाडिएको, २३ अप्रिललाई उनको जन्मजयन्ती मनाउने गरेको, र विश्वका विभिन्न स्थानबाट यो साहित्यिक तीर्थ स्थलमा आएर श्रद्धालु जनहरूले श्रद्धा व्यक्त गर्ने धारण यस लेखले पस्केको छ ।
पिरामिडको देशमा –यो नियात्रा कि नियात्राकार इल्या भट्टराई हुनुहुन्छ । पिरामिडको देश भनेको इजिप्ट भएको, विश्वका ७ आश्चर्यको नाम लिँदा अलेक्जान्ड्रियाको उसवेलाको लाइटहाउस ( अहिले यो आश्चर्यभित्र पर्दैन) र पिरामिडलाई लिइने गरेको, इजिप्ट विश्वको प्राचिन सभ्यता बोकेको देश, र्संसारमा अहिलेसम्म पनि नारी सौन्दर्यमा अद्वितीय कहलाइने महारानी क्लियोपेट्रा, पिरामिड, ममी, फेरो तुतनखामुन, नाइल नदी, स्वेज नहर, तहरिरस्क्वायर, लालसागर आदि इजिप्टका आकर्षकका स्थलहरू, साथै मरुभूमि,अरवी चोगा र फेटाको पहिरन, भारतसँगको व्यपार, काइरो व्यस्त सहर आदिको बर्णनले भरिएको छ लेख ।पिरामिडा भनेको राजाहरूको चिहान नै हो ।
इन्या छिल्लिइरहिछिन् उच्चाइहरूसँग – यस लेखका लेखक हुनुहुन्छ दामोदर पुडासैनी ‘किशोर’ । यस लेखको शीर्षक राखिएको छ इन्या तालको नामबाट । यो ताल याङगुन सहरभन्दा १० किलो मीटर उत्तर पर्ने, । गोल्डेन भ्याल्ली,नाट्मख रोड, याङगुन बजार चितवनको सौराह जस्तो लाग्ने, मार्बबुद्धका मूर्तिहरूको अवलोकन, मेनधम्मा स्थलमा पुग्नु, सेतो हात्तीको रौंबाट बनेको बुट्टी(नक्कली) बेच्नेहरूको झुण्डसँग भेट सेतो हात्तीपालन केन्द्रको अवलोकन तर फोटो खिच्न नपाइने, दुर्गा रामजानकी, गणेश, पशुपतिनाथ, बुद्ध, आदिका मूर्तिहरू, मन्दिरहरू, चैतहरू, मूर्ति र मन्दिको बीच बीचमा तुलसीका मठहरू, भजन गान, दुर्गा नाच, भाषा, भोष बोली चाली, माया –पिरती,अर्ती, उपदेश सबै सबै नेपाली तर ठाउँ भने म्यान्माराको हान्दावदीसान्जाऊ जिल्ला, इन्याको र त्यहाँको वातावरण, प्राकृतिक सौन्दर्यको वर्णनले भरिएको यो लेखमा नियात्राका हरेक स्थल नेपालका स्थलसँग तुलना गरिएका छन् । साहित्यिक भावना नदीको जल झै बगिरहेछन् नियात्राकार । बर्माका नेपालीहरूको मायाको स्पर्शलाई बटुल्दै, जीवन र जगतका अनुभूतिलाई प्राकृतिसँग नियाल्दै ‘ ‘हामीहरू नदीजस्तै बग्यौं छोड्दै इन्याका असीम स्पर्शहरू’ अन्तिम शब्दको साथमा समाप्त भएको छ यो नियात्रा ।
आस्थाको बुई चढ्दै मनकामनासम्म – डा. वीणा हाङ्खिमको यो नियात्रामा काठमाडौदेखि बाहिरिंदा र काठमाडौ भित्रिदा ट्राफिकजामबाट पाइने दुःखको यथार्थ चित्रण, मनकामना जाँदा केवलकारले स्थानीयलाई ६७/–रु र अरुलाई ३२० रु लिएर गरेको विभेदअन्य मन्दिरहरूमा पूजारी ब्राह्मण हुने तर मनकामनामा मगर थापा पूजारीले पूजा गर्ने, मन्दिरमा जानु भनेको आस्था हो, बाटामा पर्ने संघर्ष पनि अटल आस्थाका कारणबाटै सफल भइने, मनकामना मन्दिर अतुलनीय र दर्शनीय रहेको हतारमा पूजा गरेर फर्केको, साथी निनाको मन्दिरमा जान त लोग्ने स्वास्नी भएर जानु पर्ने जिज्ञासा राख्दा जोडी जानु असल हो तर भगवानको दर्शनमा जान जसरी गए पनि हुने, ठूलो त आस्था हो, ‘मनको आस्थाकै बुई चढेर माइको चरण स्पर्श गर्न सफल बनेका थियौं हामी ’ भन्दै लेख समाप्त हुन्छ ।
रुसस्थित युरोप हेर्ने झ्यालको दिग्दर्शन– यस नियात्राका नियात्रकार हुनुहुन्छ कृष्णप्रकाश श्रेष्ठ । यो झ्याल नियात्राकारले १९६२मा हेरेको र पुन २००९मा नेपालका लब्ध प्रतिष्ठित साहित्यकार ध्रुवचन्द्र गौतम, डा. गोविन्दराज भट्टर।ाई तथा पत्रकार बन्धु दिनेश बस्नेतको साथमा पुन हेर्न जाँदाको विवरण यस लेखमा दर्शाइएको छ ।, युरोप हेर्ने झ्यालको निर्माण भएको ३०० वर्षमात्र भएको २० सताब्दीमा यसले तीनपटक नाम फेरेको तर पछि गएर ३०० वर्ष पहिलाको नाम अपनाएको,, कुनै समय रुस सम्राज्यको राजधानी सेन्ट–पिटर्सवर्ग थियो । सन् १७०३को २७ मेका दिन रुसी सम्राट नेभा नदीको दुई भङ्गालोको बीचमा पर्ने जाय्चे ओस्त्रोभमा सान्क्त–पितेर–बुर्ग नाम राखेर किल्ला निर्माणको लागि जग हालेका र यसरी बाल्टिकतटको नजिकै स्वीडेनबाट जितेर लिएको यसै ठाउँमा सेन्ट पिटरवर्ग भन्ने नगर बन्यो, स्वीडेनसँग युद्ध चलिरहेकै वेला रुसको पश्चिमी सीमाको सुरक्षार्थ बाल्टिक तटबर्ती फिनोपसागरको किनारमा किल्ला पनि बनाइएको र रुसको पश्चिमी भेकमा बग्ने नेभा नदीकोभङ्गालोको डेल्टामा युरोपका प्रसिद्ध बास्तुकला विदहरू मगाएर उनको नाममा अधिष्ठाता सन्तको नामबाट सेन्ट पिटरबुर्ग नामको नगर निर्माण गरेर यसैलाई ‘युरोप हेर्ने झ्यालको संज्ञा दिइएको”को साथै यस लेखमा रुसको क्रान्तिदेखि लिएर सङ्ग्राहलय आदि वभिन्नठाउँको वर्णन पढ्न पाइन्छ ।
तै तै बचियो –यस नियात्राका नियात्राकार हुनुहुन्छ नवराज रिजाल । नवराज रिजाल र नारयण काठमाण्डौबाट हेटौडासम्म जम्मा ७४ किलो मीटर छोटो बाटो, पनि भएको, प्रकृतिसँगको समिपत्व चिसापानी गढीको अवदलोकन
फाखेलका जनताले उत्साहबाट खनिएको बाटो, हुमाने भञ्ज्याङमा मोटर साइकल रोकिनु, यहाँबाट काठमाण्डौ र मकवानपुर।का केही भागहेर्न सकिने, फाखेल कुलेखानी जलविद्युतयोनाको अवलोकन( जस्ले ६०,००० किलोवाट विद्युत निकालने, ७ किलो मीटरमा फैलिएको इन्द्रसरोवरको अवलोकन, नेपाल जलस्रोतको दोस्रो धनी देश, क्षेमता भने ८३ हजार मेघावाट, हालसम्मको उत्पादन ३०० मेघावाट, चिसापानी गढी पुग्नु, बटुक भैरवको दर्शन गर्नु अगाडि बढ्दा मोटर भ्यानसँग एक्सिडेन्ट तर बाँचिएको अवस्था । यस लेखमा नियात्राकारले जीवनलाई यात्रसँग गाँसेको, द्वन्दले निम्त्याएको हत्या हिंसा, प्राकृतिक सौन्दर्यको वर्णन आदिमा कलात्मक प्रसतुतिमा पस्कनु भएको छ लेख ।
सगरमाथाको समानान्तर शिखरमा – यस नियात्राका नियात्रकार हुनुहुन्छ गोवर्धन पूजा ।यस नियात्रामा झाप्रेको थुप्छेन छाखेलिङ्गुम्बाकाट यात्राको थालनी गरी ४१००मीटर अग्लो पिकेमा पुगेका बर्णन गरिएको यस लेखमा उच्च पहाडमा जाँदा लेक लाग्ने, लेक लाग्दा वाकवाकी लाग्नु,दवाइले काम नगर्नु यस अवस्थामा, लेक लागेकोलाई तल झार्नु पर्ने हावा निकै लाग्नुको साथै प्राकृतिक बर्णहरूले भरिएको छ लेख ।
ग्रेसल्याण्डमा एक दिन –यस नियात्रका नियत्राकार हुन्नुहुन्छ भारती गौतम । उहाँको यो लेखमा ग्रेसल्याण्ड, सङ्गित प्रेमीहरूको लागि तीर्थ स्थल, अमेरिकी रोल एण्ड रोलका सम्राट एल्भिस प्रेस हुकिएका र कर्म थलो, तर उनको जन्म, मिसिसिपीमा भए पनि मेम्फिसमा बसोबास, गीतकार र राम्रा गीतका रचयिता, फिल्मका अभिनय कर्ताको सेतो घर, त्यसको वरिपरि एल्भिसको वगैंचा, उनको मोटर र मोटर साइकलको सङ्ग्रह, लीसामरी नाको जहाज, आदि भएको पचासौं विघाको क्षेत्र,वर्षमा यस क्षेत्रलाई करिव दुई लाखले भ्रमण गर्ने स्थान, एल्भिसको छोटो आयु, मरेको ३० वर्ष भै सक्दा पनि सङ्गित भने चम्किलो, अगस्त १५मा मृतु तिथि भव्यताको साथमा मनाइने, हल अफ गोल्ड, रेकर्डहरू राखिएको घर, एउटा कोठामा गीतारहरूको सङ्कलन, गीत गाउँदा लगाउने पोसाकको सङ्कलन, लिसामरि(उनकी छोरी)ले खेल्ने पिङ, मेडिटेसन गार्डेन, पत्नीसँग विछोड आदि विवरण यस लेखमा अध्ययन गर्न पाइन्छ ।
रैनाको सम्झना – अर्जुन प्रधानको यो नियात्रामा अर्जुन र उनका भान्जा एभेस थापा कलकत्ताको रैनागाउँ घुमेर फर्कने योजना बमोजिम लेखका साथी सेन सरलाई भेटन जाँदा साथी कि आमा बलेरा गाउँ भएकोले बलेरा गाउँको यात्रा गरी रैना गाउाँमा आएको । रैना गाउँ पोखरी र झीलको, रुखहरूको सुन्दरता, सानो बजार तथा हाटघर,पोष्ट अफिस, हाइस्कुल, नर्सरी स्कुलहरू, आँप वगैंचा, फूलहरू, कालीको मन्दिर, देवीकै आशिर्वाले गाउँमा रोगव्याधि नपस्ने जनधारणा, सेनसरको पुरानो कलात्मक घर, खेत र खेतमा देखिने विविध सम्स्या कलकत्ताको तारकेश्वरको मन्दिरको दर्शन पण्डाले सताएको कुरा आदिलाई प्रस्तुत गरिएको छ ।
मेरो पर्वतको यात्रा– सदानन्द अभागीको यस नियात्रामा कावासोती नवलपरासीदेखि नारयण गढ, पोखरा,हुँदै पर्वतको ग्याँदी पुग्दा सम्मका प्रकृतिक सुन्दरता,आफ्नो जन्म भूमिप्रतिको ममता र गौरवता, स्वस्थानीब्रत कथाको साङ्गेत, ( पौष शुक्ल पूर्णिमाबाट सुरुभई माघ शुक्ल पूर्णिमामा समाप्त हुने र महिलाहरूले गर्ने लामो ब्रत ) र ब्रतवन्ध( जो गर्भधानदेखि मृत्युसंस्कारसम्म गरिने १६ संस्कार मध्यको एक संस्कार र त्यसमा आँफू मन्त्र दिने गुरु बनेको धारणालाई पस्कनु भएको छ ।
चाइना दुई झल्को– नर्मधेस्वरी सत्यालको यो नियात्रामा २०२८सालमा पहिलो पटकको यात्रा भएको र चाइना राइटर एसोसियसनको निमन्त्रणामा २०७२मा भएकोमा छेन्दुतफ उड्दा जहाजको इन्जिनबाट धुवा निस्कि जहाज ल्हासामा अवतरण भएको, ल्हासाबाट सिचुवान प्रस्थान सिचुवानबाट छेन्दु प्रस्थान त्यहाँ छेदुवान चाइना लेखकसँघका चिनलिउयुए र चाङ्थायोद्वारा स्वागत, २१ गते चिनिया आदिकवि, तुप सङ्ग्राहलय अवलोकन, सिचुवान लेखक सँघको गरेका पदाधिकारी बीच साहित्यिक गतिविधि अनुवादसम्बन्धी छलफल, २२ गते उहाउ गोल्डेन टेम्पुल र प्राचिन एकेडमी अफ लिटेरचर सङ्ग्रहलयको अवलोकन, साहित्यिक व्यक्तित्वलाई श्रद्धाञ्जली अर्पण, १०३ वर्ष बाँचेकी उपन्यासकार ताराको नाम पनि राखिएको, २३ गते (२३ सेप्टेम्बरका दिन माओको मृत्यु भएको दिन परेकोले थियानआन मनमा माओको मृत शरीरको अवलोकन, पछि कोठामा फिर्ता भै नेपाली ड्रेसमा सजिएर, उपहारका लागि ढलोटको बुद्धको मूर्ति, भादगाउँले टोपी,पाल्पाली ढाकाको बर्को सहित वेइजिङ राइटर एसोसियसन भवनमा साहित्यकार बीच साहित्कि भावनाको साटासाट, २४ गते ग्रेटवालको अवलोकन, गञ्जाउको लागि उडान,२५ गते गञ्जाऊ साहित्यिक भवनमा साहित्यिक भावनाको आदान प्रदान, पर्ल रिभर र कन्चो सहरको अवलोकन, साहित्यिक कार्यक्रम प्रभावकारिरहेको २६ गते कल्चरल म्युजियम, अवलोकन, गञ्जाउमा जल,थल, नभ यात्र सुविधा युक्त आदि अध्ययन अवलोन गरिएको जानकारीको साथै राष्ट्र विकास गर्न चाहानेले दीर्घकालीन योजना बनाएर कामगर्नु पर्ने, कुनै पनि देशको विकास कुनरूपमा र कसरी हुँदै छ भन्ने प्रमाण साहित्यका मापनबाट प्रष्ट्याउन सकिन्छ भन्ने जस्ता धारणा आदि यस लेखबाट अध्यायन गर्न सकिन्छ ।
साइमनसँगको यात्रा एअर न्युजिल्याण्डमा – यो लेख जयाराइले हङकङमा छोरा छोरीसँग भेटको लागि गरिएको यात्राको बारेमा लेखिएको लेख हो । यस लेखमा छोराछोरीसँगको गफले रातमा सुत्न अवेर, नियात्राकारमा निद नआउनु, यउमातेको नयाँमार्केटको हल्ला, ट्रकको आवाज आदिले गर्दा लेखिका उठेर छोरी र छोरीको साथीसँग कुराकानी, जहाज ग्रउण्डमा जाने वेला छोराले लिएर एअरपोर्ट जानु, चइयनिजहरूको नयाँवर्ष धुमधामले मनाइरहेको समय, जहाजमा प्रवेश गरेपछि एउटा चाइनिज बच्चाले, आकर्षणमा तानेको, त्यो बालकको नाम साइमन रहेछ । साइमनसँग एअर न्युजिल्याण्डमासँगै गएको र बच्चाले नियात्राकारलाई बाइ भनेर बिदा गरेकोले यो नियात्राको शीर्षक यहिरहेको बुझिन्छ । चाइनिज नयाँ वर्ष लाग्दा हङकङ खाली हुने, त्यहाँको वातावरण, गाडीको व्यस्तता, बाटोमा एउटा केटाले केटी( सायद मायालु होली,लाई मीठो स्वरले बोलाएको नमानेपछि गाली गरेको आदि रसिला घटनाक्रम स्थान विशेषका दृश्य आदिलाई हामीले यस लेखमा पनि पढ्न पाउँछौं ।
वेलायतमा तीन धामको यात्रा – यस नियात्राका नियात्राकार हुनुहुन्छ कृष्ण बजगाई ।वेलायतको कृष्ण मन्दिर जस्लाई ‘द विटल्सका एक जना सदस्य जर्ज ह्यारिसनले किनेर दिएका, जस्को निमार्ण भिक्टोरियल शैलीको र यस यात्रामा डा. खगेन्द्रप्रसाद लुइटेल र गीतकार हरिभक्त बुढाथोकीले हेर्दा अचम्मित भएका, जर्ज ह्यारिसनले कृष्णका भजन पनि निकालेका यस मन्दिरमा बगैंचा, पोखरीको अवलोकन, गोलोकमा गाइको अवलोकन, गौमूत्र बिक्रीमा राखिएको, दोस्रो धाम बेम्बलीमा रहेको श्रीसनातन मन्दिर(दिव्यधाम) १४ वर्ष लगाएर बनाइएको जस्मा फलामको प्रयोग गरिएको छैन,सबै सामान भारतबाट झिकाएर बनाएको, हिन्दू शिल्प शास्त्र अनुसार बनाइएको, नयाँ भए पनि एकदम पुरानो जस्तो लाग्ने, हिन्दू मन्दिरमा देखिने धार्मिक कालिगढीको उच्चतम नमुना यहाँ देख्न पाइने, सबै धर्मका धर्म गुरुदेखि, मदर टेरेसासम्मको मूर्ति देख्न पाइने, यसमा सजाइएको कारणले यस मन्दिरलाई समावेसी भनेर नामाकरण गर्न रामो्र ठानिएको, दीपावली, नवरात्री, कृष्णाजन्म अष्टमीमा विशेष पूजा गरिने हँदा आउने निमन्त्रणा समेत प्राप्त भएको, तेस्रो धाम ‘श्री स्वामी नारायण हिन्दू मन्दिर’ यो मन्दिरको नाम, ख्याती, बनावट, कला आदिको हिसावले गिनिज रेकर्ड अफ वल्र्डमा रेकर्ड गरिएको यस मन्दिरलाई लण्डनका सातौ आश्चर्य मध्यको एक गनिएको, ‘मेड इन इन्डिया बिल्ट इनलन्डन’ पनि भनिने, यो मन्दिर पनि फलामको रड तथा सपोट नराखी हिन्दू शिल्पकला बमोजिम बनाइएको, प्रवेशमा कडा सुरक्षा जाँच गरेर मात्र प्रवेश आज्ञा पाइने, प्रवेश गरेर मुख्य आकर्षक थलोमा भगवान स्वामी नारायणको प्रतिमा, अन्य देवदेवी, हनुमान, शिव पार्वती, सीताराम, गणेश भगवान आदिको प्रतिमा, दर्शनार्थीहरू चुपचाप दर्शन गर्दै फर्कदै, पूजा सामाग्री पसल, मूलगेटबाट बाहिरिँदा श्रीस्वामी नारयण स्कुल लेखेको बोर्ड देख्नु र अचम्म लाग्नु, हिन्दूस्कुलको जानकारी पाएर लेखको शिर उच्च भएको धारणा पस्कनु, वेलायतमा भएका हिन्दू मन्दिरमा युवराज चाल्र्स जाने गरेको, प्रधानमन्त्री डेभीड क्यामरुन आफ्नी पत्नी सहित गएर पूजा गर्ने दीपावली मनाउने गरेका खबर पढन, सुन्न पाइने, जस्ता विवरणहरू नियात्राले समेटेको छ । कृष्णजीले यस लेखमा धेरै सन्देशहरू पस्कनु भएको छ ।अन्त्यमा ‘संसारमा विश्वासभन्दा ठूलो शक्ति के नै छ र ? प्रश्न राख्दै यसको उत्तर पाठक सँगबाट खोज्नुभएको छ ।
अर्मलामा अघाउँजी – ज्ञानेन्द्र विवशको यो नियात्रा लेखमा महेन्द्रपुलबाट महेन्द्र गुफा, चमेरे गुफाबाट ठाडै उकालो चढेर अर्मलाको यात्रा गर्दा गत वर्ष गरिएको चित्रकारहरूको कार्य शालाको याद आएको वर्णन यस पटकको यात्रा पनि त्यही कार्यशालाको प्रभावले नै गरिएको, अर्मला एउटा भर्जिन गाउँ, विशुद्ध गुरुङबस्ती गाउँलेले भव्य स्वागत गरेका, अर्मलागाउँमा कलाकारको टोली पुग्दा, सिर्जनात्मक उर्जाका अनेक स्थान भेटिन’ स्वभाविक भएको, यहाँ वास्तुकलाको जीवन्त नमुना देखेर कलाकार रमाउनु र गाउँलेको भव्य स्वागत पाउनु र कलाकारले ग्रामीण जीवनका विविध पाटालाई आफ्नो चित्रमा उतार्नु, अर्मला बासीको यहाँ स्वदेशी र विदेशी पाहुना गाउँमा आउन भन्ने उदेश्य अनुरूप गरिएको यस कार्यशालामा चित्रकारहरूले अन्तिम दिन गाउँकै पेटी पर्खाल,घर, दलान, माँच,थाङ्ग्रा आदिमा चित्रहरू सजाइएको, यी चित्रहरू हेर्नको लागि गाउँलेहरूको ओइरो लागेको,दुई दिनको बसाइ गाउँलेको निकै मन जितेको र गाउँलेले पनि खुबै माया दर्शाएको अन्तिममा त्रिचकारले मञ्चका अध्यक्ष तेजकुमार गुरुङलाई वीस थान चत्रहरू हस्तान्तरण गरेका र अध्यक्ष गुरुङले पनि अर्मलालाई कलागाउँ बनाउने प्रतीज्ञा गरेको, कलाकार र गाउँले दुवै उत्साहित भएको साथै यी उपलब्धी सामुहिक भएको वर्णन हामीले यस लेखमा अध्ययन गर्न पाइन्छ र लेखकले यस लेखमा अर्मलाको प्राकृतिक सुन्दरताको वर्णन गर्न पनि कञ्जुस्याँई गरेका छैनन् ।
खज्र्याङको समोसा – यस नियात्राका नियात्राकार चन्द्रकान्त आचार्यले, लेखको शीर्षक खज्र्याङको समोसामा लेखकले यहाँ बाटो निर्माणको बारेमा, प्राकृतिक सम्पदाको बारेमा, ०४६ सालको जनआन्दोलनको बारेमा, प्रकाश पार्नुभएको छ । खज्र्याङ बजारमा गाडी धेरै बेर रोकिएको र लेखकले समोसा देखेर लोभिएका तर गङ्गा स्नान गर्न जाँदा खाएर जान नहुने र लिएर जाने इच्छ्या राख्दा समोसा नबोक्ने र रिडीमै समोसा पाइने धारणा राखी रिडीमा स्नान पछि समोसा नपाइएकोले पछुतो लागेको कुरा साथै घरका पविारहरू पाँच भाइ र दुई वहिनीहरूमा २०७१ साल वैशाख १७ गते अर्घाखाँचीको बस दुर्घटनामा परेर लेखक र बहिनीमात्र जीवित रहेकोले यहाँ लेखकले दाजु बविनी खज्र्याङ् हुँदै जान पाइयोस् र खज्र्याङको समोसा खाएर रेसुङ्गा क्याम्पस परिसरमा रहेको दाइ ज्ञानहरी आचार्यको शालिक अवलोकन गर्ने अवसर धेरै पटक मिलोस् भन्दै लेख समाप्त भएको छ । यस लेखमा गुल्मि र अर्घाखाँचीका विभिन्न स्थान र तिनको स्थिति, पैदल हिड्ने मूलबाटोको विवरण २०४६ सालमा गणेशमानको नेतृत्वमा भएको जनआन्दोलन, राजा विरेन्द्र निर्दलीय व्यवस्थाको लागि देशव्यापी भ्रमण, गुल्मीको बाटो सर्भेको कुरा, ज्ञानहरी आचार्यले तम्घासको महेन्द्र हाइस्कुलमा पढाउने, पञ्चायत र बहुदल सम्बन्धी कार्यकर्ताहरूको बारेमा, जिउँदो शहिद यज्ञ प्रसाद आचार्यको बारेमा र प्राकृतिक विवरणलाई प्रस्तुत पनि विवरणात्मकरूपले गर्नुभएको छ ।
लुभ्रसङ्ग्रहालय, पेरिसको मेट्रो अनि इफेल टावर – यस नियात्राका नियात्रकार हुनुहुन्छ सुमनराज ताम्राकार। नियात्राकारले पेरिसको नामाकरणदेखि पेरिसको भौगोलिक विवरण, लुभ्र सङ्ग्रहालयको अवलोकन, सङ्ग्रहालय हुनुभन्दा पहिला यो दरबार भएको, यसमा मोनालिसा भेनस डि मिलो लगायत काअनगिन्ती कला, बास्तुकलाहरू समेटेको र निकै ठूलो र भव्य सङ्ग्रहालय, कलाकृतिको प्रदर्शन र संरक्षणको लागि विश्व प्रसिद्ध भएकोलाई अवलोकन, व्यपारी केन्द्र ला डिफेन्स, उफेल टावर, स्वाँसा लिसेको वगैंचा, पर्यटकीय क्षेत्र, आर्क डि, ट्रिओम्फ( शहिद स्मारक)को अवलोकन, यातायातको विवरण र सञ्चालन प्रकृया, मेट्रो महत्वपूर्ण यातायातको साधन, ३१७ मीटर अग्लो इफेल टावरको चढाई, इफेलटावरमा लेखिराखे अनुसार नेपालको दुरी ७२५५ कि.मि. आदि को अवलोकन साथै यहाको विवरणहरू प्रस्तुत गरिएको छ ।
मेरो पहिलो लन्डन यात्रा – रतन थापा यस नियात्राका नियात्रकार हुनुहुन्छ । लण्डन सहर रातमा हेर्दा आकासको धर्ती हाँसिरहेको जस्तो लाग्ने उज्वालो देखिने, ४–५ डब्बाको ट्रेनमा सवारी, विभिन्न ठाउँमा जाने विभिन्न नामका ट्रेन, सुरुङ्मार्गमा पनि विजुली झलमल, १२० वर्ष पहिलैदेखि भूमिगत रेल चलेको,दुई तले बस चढेको, चलिरहेको बस ट्रेनमा यौन जन्य क्रियाकलापहरू प्रसस्त देख्न पाइने, गरेको देखिने, आकर्षणको केन्द्र आकाशे ब्रिज आदिको अवलोकन पछि कुमारको डेरामा फर्कनु खानाखाँदा दिनभरिको घटनाक्रमहरूमा कुरा चल्नु र मरीमरी हाँस्नु र दिउसो बस ट्रेनमा दृश्यले थापाजी सुत्न नस्कनु र यतातिर त मान अधिकारको उपभोग निकै राम्रो हुँदो रहेछ भन्दै लेख समाप्त हुन्छ ।
लास्यो शंखाई धाम यात्रा – यस लेखकी रचनाकार हुनुहुन्छ गीता रेग्मी । यो बर्माको परिवेशमा लेखिएको लेख हो । नियात्राकार खनाल परिवारका पाहुना बनेर लोखु पुगेको र हिराखानी हेर्न या रुवील्याण्ड हेर्ने, मोगोको यात्रातय, त्यो ठाउँमा जान भाषा र बेस बदल्नु पर्ने, बर्मेली जस्तै देखिनुपर्र्ने भएकोले पोशाकको तयारी गरिएको, १९६२ पछिको क्रान्तिकारी सरकार आएपछि धेरै नेपाली र भारतीयले बर्मा छाडेका थिए, छाडेका घरहरूको अवलोकन, हाटबजारको अवलोकन धेरै माछाका प्रकारका परिकारहरू बनेका, नेपाली भाषीका घरबाहिर देखिने ठाउँमा ॐ चिन्ह लेखेको देखिने, सबै नेपालीको भित्तामा मातृभाषा बोलौं र लेखौं, मातृभाषालाई माया गरौं भनेर लेखेको पाइने, रात्री बसबाट लाश्यो गएर चन्द्रा बहिनीको दिदीको घर पुगेको, स्नातक पढेकोलाई प्रतिष्ठित ठानिनु, स्नातकको संघ पनि खोलिएको, शंखाई धामको यात्रा तथा धाम पुग्नु शंखाई धाममा शिवरात्रीमा धुमधामले मेला लाग्ने, १९०३मा अङ्ग्रेज सरकारले रेलमार्ग खन्दा आलो रगत भेटिएको र खोजी गर्दा, शिवलिङ्ग र हात्तीको टाउको भएको ढुङ्गा भेटिएको, यी मूर्ति निकालेर क्षमा पूजा गरी पूजाको थालनी गरिएको, सन् १९६३मा भारतीयले बर्मा छाड्दा नेपालीलाई पूजाको जिम्मा लगाएको, हिन्दूवलम्बीहरूले चन्दा उठाउँदै आवश्यक्ता अनुरूप मन्दिर बनाउँदै लगिएको र गणेशको, दुर्गाको, र सप्तऋषिको, ब्रह्माजीको लगायतका मन्दिर धर्मशालाले शोाभायमान शंखाई धामको अवलोकन, मन्दिरको बीचबाट सानो सङ्लो पानीको नदी त्यसमा माछा, ती माछा खाए मरिने भन्ने कारण माछा सुरक्षित,पानीबाट विजुली निकालिएको,सतीदेवीको हात पतन भएको स्थान र चिनको सीमा नजिकको तातो पानीको अवलोकन पछि लाश्योलाई बाई बाई गदै तौजे फर्किए पछि लेख समाप्त हुन्छ । बर्मामा छाडेका घरहरू, त्यहाँका नेपालीले नियात्राकारलाई देखाएको आदरता तथा विविध नातेदारका नाम पेशा समेत पनि उल्लेख गरिएको छ लेखमा । नियात्राकारले पण्डितसँग मासु खान हुने नहुनेमा तर्क पनि गरेको विवरण पनि पढ्न पाइन्छ ।
लुम्बिनी, बुद्ध र यसोधरा – यस नियात्राका नियात्राकार हुनुहुन्छ प्रभा बराल । यस लेखमा ७०/८० जनाको समूह बुद्धको जन्मस्थल हेर्न दुई गाडीमा रात्री बसमा लुम्बिनीको यात्रा । विहान लुम्बिनी पुग्नु, स्नानादि गरेर रिक्सा लिएर गीता रेग्मी र प्रभा बराल एकै साथ बसेर थाइल्याण्डले बनाएको बुद्ध गुम्बामा पुग्नु, दुबोले सजाएर हराभरा बनाएको र टलक्क टल्किने अवस्थामा देख्नु, श्रीलङ्का जापान, बर्मा आदि देशका गुम्बा निमार्ण भएका पाउनु, गौतम बुद्ध जन्म भएको दरबारतिर लाग्नु, कमलफूलको पोखरी देखिनु, कमलफूललाई पृष्ठभूमि बनाएर फोटो खिच्नु, अशोक स्थम्भ, बलिरहेको आगाको ज्वाला, बोधिवृक्षको स्मृति, दरबारको भग्नावशेष,तर बगैंचा पानीको तलाऊ हरियाली मनमोहक वातावरण, ठूलो वृक्ष आदि आकर्ष देखिएको र यस्तो वातावरणबाट गौतम बुद्ध कसरी दरबारबाट भागे होलान् ? आफ्नी प्रियसीलाई कसरी विर्से होलान् ? उनले खोजेको मनको शान्ति के यो दरबारबाटै भेटिने थिएन र भन्ने प्रश्न नियात्राकारले राख्दै,गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने हस्ताक्षर कितावमा हस्ताक्षर गर्दै होटेलमा खाना खाएर नौतनाको रेल हेर्न नौतनवातिर लाग्नु, त्यहाँको विकास देखेर आफ्नो देशको विकास गर्ने नेतै पाउन नसकिएको धारणा मनमा बोक्दै रेल हेर्दै दुखी मन बोक्दै बाँकी गन्तव्य तय गर्न अगाडि बढेको र यो लेख यहीं समाप्त हुन्छ ।
भाग्यमानी मालती – यस नियात्राका नियात्रकार हुनुहुन्छ मुक्तिप्रसाद उपाध्याय (बराल) । बाल बालिकाको लागि पढ्ने सामाग्री विकास गर्ने उदेश्य अनुरूप १४ मई २००२ देखि १७ मई २००२सम्म चार दिने कार्यशाला नेपाली साहित्य परिषद गान्तोमा राखिएको र त्यस कार्यशालाको उपज सानो कथा मालती बनेको, र यसलाई एन वी.टी. आइका नेपाली भाषा विभागका त्यो वेलाका अध्यक्ष अरुण चक्रबर्तीलाई यो कथा मन परेको र अङ्ग्रेजीमना अन’वाद गरेर दिने आग्रह भएको भए तापनि हुन नसकेको, पुनः ६ जुलाई २००८मा सिक्किम एकादमीको छैटौं बार्षिक उत्सवको उपलक्षमा नेपाली बाल साहित्यको वर्तमान स्थिति, चुनौती, र उयसका समाधानका विषय लिएर सङ्गोष्ठीमा ने्पाली साहित्यका विशिष्ट व्यक्तित्व चुडामणि बन्धु र सुश्री गीता उपाध्यायलाई लेखकले पढिदिने अन’रोध गरे बमोजिम उनीहरूले सामान्य सुधारको साथै चाँडै प्रकाशनमा ल्याउने सुझाव बमोजिम मालती उपन्यास बनेको र यस मालती उपन्यासले २०१५ सालको साहित्य एकादमी बाल साहित्य पुरस्कार प्राप्त गरेकोले लेखकले भाग्यमानी मालती भनी यस नियात्राको नामाकरण गरेको देखिन्छ । मुक्तिजीले भारतमा बोलीने र पढिने २४ भाषाका साहित्यकारले प्राप्त गर्ने पुरस्कार मालती उपन्यासबाट प्राप्त गर्न मुम्बई पुगेर सभापतिको बाहुलीबाट, साहित्य एकादमीको चिन्हसमेत पुरस्कारको नाम, वर्ष, पुरस्कृत भाषा, पुस्तक र व्याक्तिको नाम कुदिएको कास्यपत्र साथै पचासहजारको चेक,प्राप्त गनै सकेको र यो पुरस्कार लिन जाँदा बम्वईका विभिन्न संघ संस्थाहरूको अवलोकन, गरेको, साहित्य एकादमीको स्थापना १२ मार्च १९५४मा भएको, १९५५बाट एकादमील्े पुरस्कार वितरण गर्न थालेको र १९७७बाट नोली भाषाले सो पुरस्कार प्राप्त गर्न थालेको, यो पुरस्कार प्राप्त गर्ने प्रथम व्याक्ति इन्द्र बहादुर राइ, सन् २०१०बाट बाल साहित्यको पुरस्कारको थालनी भएको र हालसम्म नेपाली साहित्यमा बाल साहित्य पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूमा स्नेहलता राई २०११, शिशुपाल शर्मा २०१२, भोटु प्रधान २०१३, मुन्नी सापकोटा २०१४ मुक्ति उपाध्याय बराल २०१५को साथै यस लेखमा मुत्तिःजीले मातृ भाषा, राष्ट्रियता, नेपाली भाषा बोलीने भारतीय स्थानहरू, सुनाखरी नेपाली महिला समाजबाट प्राप्त स्वागत, असम भवनमा देवाशीष शर्माले गरेको चियापान स्वागत र असमीया समाजले गरेको सम्मान, लीलबहादुर क्षेत्रीले पाएको एकादमी पुरस्कारको बारेमा आदि विवरणहरू हामीले यस लेखमा धेरै सन्देश प्राप्त गर्न सक्छौ ।
गोरखा दरबारतिरको यात्रामोह – यस नियात्राका नियात्राकार हुनुहुन्छ अच्युत घिमिरे । घिमिरेजीलाई गोरखा दरबार हेर्ने मोह ठूलो रहेको र सो मोहलाई गोर्खाको साहित्यिक कार्यक्रमबाट पुरा भएको, गोर्खाको कार्यक्रममा रामबहादुर पहाडी र घिमिरेजी गोर्खा गै दुई दिने साहित्यिक कार्यक्रममा सहभागी भै गोर्खा दरबार हेर्न उकालो चढ्नु, दरबारको चारैतिर ढुङ्गाका पर्खालले घेरिएको, सुरक्षित युद्ध किल्ला झै सुरक्षित लाग्ने, दरबारको प्रङ्गणमा गोरखकालीको मन्दिर, मन्दिरका टुङ्डाल,झ्याल ढोकाहरूमा विभिन्न देवी देवताका नग्न आकृतिका सुन्दर कला सिर्जनाहरू,निकै पुरानो लाग्ने दरबार दरबार वरिपरिका भवन,देवालयको संरचना हेर्दा लोभलाग्दा,नेपाल बुझ्नलाई एकपटक सबैले यो दरबार अवलोकन गर्नु पर्ने, राजा पृथ्वीनारायण शाह र उनलाई साथ दिने भाइभारादारका राष्ट्र भक्तिका कथाहरूले घिमिरेजी गौरान्वित भएको र अहिलेका नेताहरूमा पृथ्वी नारायणका जति राष्ट्रभक्ति भएमा देशले मुहार फेर्ने धाराणा राख्दै राष्ट्रिय चिन्तनलाई यस लेखले दर्शाएको छ ।
स्कन्द भेलमा गोरा पण्डितहरू– यस नियात्राका नियात्राकार हुनुहुन्छ केदार सङ्केत । स्कन्द भेल एउटा एकान्तमा अवस्थि भएको ठाउँ, सुब्रमण्डयमले नै स्कन्द भेललाई किनेर यो स्थलको निर्माण गरेको अर्थात उनै यसका संस्थापक मानिने, यसको अवलोकनको लागि नियात्रकारका साथ ११ जना गएका, स्कन्द भेलमा पुगेर कारपार्कमा बस रोकियो, हेर्दा चारैतिर जङ्गल देखिने, एक जना गोरेनी आएर पूजा चलिरहेको १५ मिनट पर्खिने जानकारी पाउनु, आडैको गोठमा गाई देख्नु, पुन उपल्लो घरबाट एउटा गोरा आएर पर्खिन भन्नु, तर यिनीहरू पर्खिन नसक्नु र पश्चिम दिशातिर लाग्नु,२०० मीटर हिडेपछि दुई वटा ताल देखिनु, सिरान तर्फ विष्णुभगवानको मूर्ति, तालको बीचबीचै भागमा रहेको र तल्लो तालमा महिषासुर मर्दिनी को मूर्ति पनि यसरी नै अवस्थित रहेको, तालमा कमलका फूल र तालमा पालेक विभिन्न रङ्का माछाहरू देख्नु, गोराले बोलाएर यहाँका नीति नियमहरू सनाउनु र दुई कोठा दिनु, कालिको पूजा विहान ६.३० बजे र बेलुका ६.० बजे, कालिको पूजा गर्न जाँदा मृगका हुलहरू चरेको देख्नु, खच्चर देख्नु, ठूलो ढुङ्गामा शिवलिङ्गको मूर्ति, छेवैमा सुब्रमण्यमको मूर्ति, गाई गोठ, सेतो हात्ती,(जयबर्दनेले गुरुलाई दान दिएको),, मन्दिरमा ५० जनामात्र बस्न सकिने, बसाउने काम पनि व्यवस्थित तरिकाले राखिने, पूजा सुरु आरतीबाट, गोरा पण्डितले पूजा गर्न थाल्नु, एक जनाले धूप बाल्नु,पानी दूध महले देवीलाई नुहाउनु, भजन कीर्तन अनवरत चल्यो, आधिघन्टाको पूजापाठपश्चात बल्ल महाशक्ति कालीदेवीको पूजाको लागि झल्लर खोलिएको र महाशक्ति कालीको ठूलो मूर्ति देखिनु, कालीदेवीलाई पनि आरती बालिनु, नरिवल फोरिनु, नरिवल पानी चढाउनु, सेता कपुर दानाको अग्नि धूप गरिनु अनि प्रसादी बाडनु,, राती ९ बजे गुरुगण पूजा सहभागी हुनु, यात्राको दोस्रो दिन विहान ९.३० बजे गोरा पण्डितले विष्णुलाई नुहाउनु,धुपौरोमा कपुरको धूप बाल्नु, भजन कीर्तन गर्नु, पञ्चमुखी नागको मूर्ति नेर विष्णुभगवानको उत्तानो परेर सुतेको मूर्ति छ, उनको देदेब्रेपट्टपट्टि महालक्ष्मी, दाहिने पाउनेर ब्रह्मा र दाहिने शिरतर्फ हनुमानको मूर्ति अवस्थित रहेको, पूर्वतर्फ घण्ट झुण्ड्याइएको छुट्टै पण्डित बसेको, ढुङ्गा छापिएका, ढुङ्गाको चेपबाट एउटा खोला पनि बगेर आएको छ सो पानकिो छाल शिव को शिरबाट झर्दै कुलेसोमा झरेको, शिव भगवानको दायाँ वायाँ विभिन्न भगवानका मूर्तिहरू भित्तामा सजाएर राखिएका, बुद्ध र जिससका मूर्ति पनि राखिएका सबै भगवानको पूजा गरिसकेपछि बुद्ध र जिससको पनि पूजा गरिने, यसरी विष्णुको पूजा सकेपछि महिषसुर मर्दिनी पूजा गरिने सबै पूजा सकेपछि भजन कीर्तन गरिने आदि विवरण यस लेखबाट जानकारी लिन सकिन्छ ।
मान्छेले बनाएको सहर – यस लेखका नियात्राकार हुनुहुन्छ बिकु लामा । यस लेखमा लेखकले दुवै सहरको बर्णन गर्नुभएको छ । जहाजबाट उत्रिने वेलामा जहाजबाटै उत्कृष्ट सहर दुवैको दृश्य देखिएको, जताततै सफा र व्यवस्थित, कुनै कमी नभएको, सहर ज्यादै सुन्दर,आकर्षक र रमाइलो देखिनु,‘हृदयको चञ्चलपनलाई नै शान्त पार्ने रहरभित्रको सुन्दर सहर बनाउने ती हामी जस्तै मान्छे नै हुन’ । ‘मान्छेले बनाएका सहरमा मान्छे नै हराउँदो रहेछ’ जस्ता लेखका अभिव्यक्तिहरू यस लेखमा अध्ययन गर्न पाइन्छ । लामाजीले सुन बजारको अवलोकन पनि गर्नुभएको छ । दुवईको सुन बजार विश्वकै उत्कृष्ट सुनबजार रहेको, विश्वकै सबैभन्दा ठूलो सुनको औंठी, सङ्ग्राहलय आदि को अवलोकन गरेको बर्णन सरल भाषामा प्रस्तुत गरिएको छ यो नियात्रा ।
नियात्राका परिवेश –यस नियात्रा विशेषमा ४३ जना नियात्राकारका ४३वटा नियात्रा नेपाल, भारत, पाकिस्तान, चाइना, वेलायत, अमेरिका, जापान, वेल्जियम, जर्मनी,, कोरिया, वर्मा, रुस,इजिप्ट, पेरिस, दुवै,आदि देशका विभिन्न स्थानका परिवेशमा लेखिएका छन् । यी क्षेत्रको सामाजिक, आर्थिक, भौगोलिक, प्राकृतिक साँस्कृतिक, धार्मिक,राजनीतिक विविधतालाई नियाल्दै त्यहाँ हेरिएका तथा देखिएका सत्य तथ्यलाई नेपालका विविध पक्षसँग तुलना गर्दै लेखिएको पाइन्छ ।
भाषाको प्रयोग–भाषा सरल हुँदाहुँदै पनि अङ्ग्रेजीका शब्दावलीले पनि स्थान लिएका छन् । भाषा सहजरूपमा बगेको छ ।
प्रस्तुति – कतिपय नियात्रामा अवलोकनलाई सहज र सरल तरिकाले प्रस्तुत गरेको पाइन्छ । कतै जहाँ जे देखिएको छ सो को वर्णन गरिएको देखिन्छ भने कतिपय लेखले नियात्रा गर्न लागेका देशको इीत्हास र भूगोललाई नै समेटेको पाइन्छ । एकसे एक लेख गहन छन्, विवरणात्मक छन् । विदेशमा गरिएका काम र नेपालमा थालिएका तथा गर्न सकिने कामको विषयमा तथा तुलनात्मक प्रस्तुति पनि पाइन्छन् । यात्रालाई कुनै कुनै नियात्रामा जीवनको यात्राको रूपमा पनि हेरिएको देखिन्छ । डिभी परेर अमेरिकामा गएका परिवारमा आपसी सद्भावको ओरालो लागेको परिवार नै विखण्डनतिर लागेका धारणा, वर्माका नेपालीमा आफ्नो मातृभाषा प्रतिको मोह, विकसित देशले गरेका विकाश कर्मको यथार्थता नेपाली विकासमा पछि पर्नुको कारण । नियात्रा क्षेत्रमा गरिएका विकसलाई नेपालमा पनि गर्न सकिने र पर्यटन क्षेत्रमा उच्चाइमा पुर्याउन सकिने धारणा, धर्मका कुरा, राजनीतिमा स्वार्थका कुरा, आदि विविध पक्षमा यस विशेषांकमा समेटिएको पाइन्छ ।
मलाई लाग्छ एउटा गहन काम गरेको छ हिमाली गुराँसले । सम्पादक खिमानन्द पोख्रेल लगायत सम्पूर्ण हिमाली गुराँस पविार धन्य हुनुहुन्छ सहयोगी हात । आसा छ यस्ता विशेषाँङ्क निक्लदै जानेछन् र नेपाली साहित्यलाई उच्चाइमा पुर्याउनसहयोगी सिद्ध बन्ने छन् ।
धन्यवाद
सदानन्द अभागी
