Skip to content

सदानन्द अभागी

सिंहवाहिनी -२२- बाइसौं अध्याय (निशुम्भ र देवीको युद्ध)

रक्तबीजको वध भयो
शुम्भमा साह्रै दुख छयो
रणकौशल कसो गर्ने
निशुम्भले भन्दै गयो

गरेबार्ता दुई भाइले
पारी मार्का आइमाइले
दाजु धन्दा कुनै नमान्नु
अम्विका ल्याउँछु अहिले

रोशनी नियाल्दा

“रोशनी” युसुफदिन मियाँ पाल्पालीको चौथो गजलसङ्ग्रह हो । पाल्पालीजीले बहरमा गजल लेख्न रुचाउनुहुन्छ । पाल्पालीजीको जीवनको उत्तरार्ध समयको यो उउटा अनुकरणीय काम हो । उर्हाँ उच्च कद गोरो बदन बेलीमा दृढता र सरलता व्यवहारमा समनता, सौहार्दपूर्ण व्यवहार सामाजिक काममा समर्पित साहित्यिक व्यक्तित्वमा धनी लाग्नुहुन्छ । उहाँको जन्म पाल्पा, तानसेन वडा नं १३, पश्चिम गाउँमा वि.सं २००३ साल बैशाख १२ गते भएको थियो । पिता मरहूम अब्दुल गफूर मियाँ र माता मरहूम बिबीरन मियाँको सुपुत्र हुनुहुन्छ ।

सिंहवाहिनी -२१- एक्काइसौं अध्याय (शुम्भ निशुम्भको तपस्या)

शुम्भ र निशुम्भ दुई भाइ बस्थे पातालमा
चवनको अर्ति मिल्यो लौ चवन तीर्थ महाँ
गर्नु थियो तपस्या अनि जित्नु थियो त्रिलोक
सकल बैभव प्राप्त गरी बस्नु थियो जहाँ

ब्रह्माजीको तप गर्ने अर्ति मिल्यो त्यहाँ
वर उनको अकाट्य हुन जान्थ्यो जहाँ
दुई भाइले तप गरे एकै ठाउँ बसी
हुन गयो तप ठूलो यस लोक महाँ

तीन मुक्तक (ढुङ्गा पूजा किन)

(१)ढुङ्गा किन पुज्छ

ढुङ्गा किन पुज्छ मान्छे धैर्यताको मूर्ति ठानी
फूलपाती छर्छ मान्छे मौनताको मूर्ति जानी
प्रत्यक्ष भै मूल्याङ्कन यदि कोही गर्छ भने
के नै हात लाग्छ होला शून्यताकी महारानी

सिंहवाहिनी -२०- बीसौं अध्याय (रक्तबीजसँग युद्ध)

चण्ड मुण्ड मरेको जब खवर गयो
यो खबरले शुम्भ झनै कुपित भयो

रक्तबीज डाकेर समर कथा कह्यो
सारा वीर मर्न गए अचम्म पो छ यो

रक्तबीज भनेको शिवको हो भक्त
शिवबाटै प्राप्त गर्यो वर अति शक्त

कालीको सुसेलीको भानुभक्त आचार्य द्विशतवार्षिकी विशेष नियाल्दा

पर्वत साहित्य सङ्गमले मोफसलमा भएर पनि नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको गौरवमय इतिहासलाई केलाउँदा अहिले १७ वर्ष चलिरहेको देखिन्छ । साहित्यिक क्षेत्रमा विशेष योगदान पुर्याएका साहित्यकारहरूलाई यस संस्थाले कालीको सुसेली मार्फत आवरण पृष्ठमा तस्विरलाई सजाएर होस् या साहित्यकार विशेष अङ्क निकालेर होस् तथा कृति विमोचन कृति प्रकाशन, अक्षरयात्रा जस्ता महत्वपूर्ण कार्यको साथै साहित्यक कार्यक्रममा सम्मान / अभिनन्दन गर्दै स्रष्टालाई उच्चकदर गर्दै आएको यथार्थतालाई अनुकरणीय रूपमा लिनु पर्छ । मोफसलमा रहेर एउटा स्तरीय पत्रिका निरन्तर निकालिरहनु चानचुन कुरा होइन र यस्तो गहन कार्यको लागि निरन्तर लागिरहनुहुने सम्पादक इन्द्रकुमार विकल्प सह–सम्पादक इन्द्रमान खत्री/राजेन्द्र पहाडी/डी.आर. शर्मा लगायत सम्पूर्ण पत्रिका परिबार धन्यवादका पात्र हुनुहुन्छ ।

पाल्पालीका गजलहरूमा प्रवेश गर्दा

युसुफदिन मियाँ ‘पाल्पाली’को यस गजलसङ्ग्रहलाई मैले पल्लव साहित्य प्रतिष्ठानको बार्षिक कार्यक्रममा विमोचन हुँदा प्राप्त गरेको थिएँ तर पढ्ने काम भए पनि यस सम्बन्धमा समालोचना गर्ने काम भने भएको थिएन । आज ममा पाल्पालीजीका सबै कृतिहरूलाई पढ्ने र विवेचना गर्ने विचार पलाएको छ । बास्तवमा उहाँसँग मेरो परिचय सोही कार्यक्रममा भएको थियो । झट्ट हेर्दा, आकर्षक शाँरीरिक संरचना,सरल व्यक्तित्व, सहयोगी भावनामा उच्च, बोलीबचनमा मीठास र दृढता, व्यवहारमा समतामुखी भावना भएको एक सामाजिक, गीतकार र गजलकारको रूपमा, देखिनुहुन्छ उहाँ ।

नवलपरासी साहित्यिक परिषदको साहित्यिक कार्यक्रम एक झलक

नवलपरासी साहित्यिक परिषदले, २०७२ साल श्रावण ११ गतेका दिन मास्की निवास कावासोतीको हलमा साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाको ३३औं स्मृति दिवसको सन्दर्भ र कवि दीपक सोतीको सुभ जन्मोत्सवमा स्रष्टासम्मान, रचनावाचन तथा वी.पी. बिचार आदान प्रदान कार्यक्रममा छन्देली कवि तथा गजलकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा र नवलपरासी साहित्यिक परिषदका सभापति श्रीविष्णु लामिछानेको सभापतित्वमा भव्यरूपमा साहित्यिक कार्यक्रम सुसम्पन्न गर्यो ।

सिंहवाहिनी -१९- उन्नाइसौ अध्याय (शुम्भको दूत र देवी संवाद)

देवीजीको शन्देश पुग्यो राजालाई
शुम्भले दूत बनाई भेजे सुग्रीबलाई
शुम्भले सुग्रीवलाई सबै अर्ति दिए
सुग्रीबले मनन् गरे शुम्भ भावनालाई

शुम्भ भन्छन् –
गई भेट सुन्दरीलाई भन सबै कुरा
मीठा कुरा गर्नलाई तिमी नै छौ सुरा

आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कवित्वको सङ्क्षिप्त विवेचना

परिचय

भानुभक्त आचार्य नेपाली साहित्याकाशका एक अद्वितीय भानु नै हुन् । जसरी सूर्यका किरणहरूले यस पृथ्वीका कुनाकाप्चा छिचोलेर प्रकाशमय पार्दछ त्यसरी नै भानुभक्तका कृतिहरूले नेपाली समाजका मुटुका धड्कन र रगतका बूँद बूँदमा सञ्चारित भएर भाषागतरूपमा एकताको सूत्रमा बाँधेको छ । आज जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली भाषाले आफ्नो स्थान लिएको छ र भानुभक्तको स्मरण भई नै रहेको हुन्छ । यो लेख लेख्दा मलाई मेरो अध्ययन कालको याद आयो । मेरो अध्ययन भारतको आसामको डिगवोई भन्ने ठाउँमा भएको थियो ।

साहित्यकार दीपक सोतीको साहित्यिक व्याक्तित्व एक विवेचना

साहित्यकार दीपक सोतीको र मेरो परिचय धेरै पहिला भए पनि आत्मीयता बढेको भने करिब बाह्र वर्ष जति भयो होला । उनी २००६ सालको श्रावण महिनाको ११ गतेका दिन लमजुङ जिल्ला, कुन्छाको सोती गाउँमा पिता स्व.ज्यो. पं. नित्यानन्द सोती र माता नन्दकुमारीको साहिलो छोराको रूपमा जन्मेका थिए । न्वारन्मा उनको नाम डिल्लीराम राखिएको थियो । तर आज उनी दीपक सोतीका नाममा प्रख्यात छन् । हाल उहाँ कावासोती नगरपालिकाको पिठौलीमा स्थाइ बसोबास गर्दै आउनु भएको छ । उहाँको र मेरो सम्पर्क यही पिठौलीमा बसोबास गर्न थालेपछि बाक्लिएको हो ।

त्रिवेणी साहित्यिक परिषदको रजतजयन्ती तथा कृति विमोचन कार्यक्रमको एक झलक

त्रिवेणी साहित्य परिषदले २०७२ साल असार १५ गतेका दिन शिव उच्च मा. वि. कावासोती नवलपरासीमा कृति विमोचन, कविता वाचन सहित अति मीठो रूपमा रजत जयन्ती मनायो ।

यस रजत जयन्तीको सभापतित्व संस्थापक सदस्य पुष्पराज कोइरालाजीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा लकास पौडेल हुनुहुन्थ्यो, विशेष अतिथिमा शिव मा.वि.का प्र अ. चुणामणि शर्माको साथै अतिथिज्यूहरूमा कृष्णादेवी शर्मा श्रेष्ठ, दशरथ तिवारी, डा. धनपति कोइराला, भूसभ गण्डषि, रामहरी शर्मा (शराह), सदानन्द अभागी, दीपक सोती, राधा पाण्डे, लोकनाथ खरेल लगायत लीला मास्की राना, वेदप्रसाद ढकाल, मुना चालिसे, धनबहादुर मास्की राना, हिमलाल चापागाई अर्जून अविरल, सञ्जय भट्टराइ लगायतका साहित्यकारहरूको उपस्थितिमा प्रमुख अतिथि लकास पौडेलले मैनबत्ती बालेर उद्धाटन गर्नुभयो ।

सिंहवाहिनी -१८- अठारौं अध्याय (चण्ड–मुण्डले देवी देख्नु)

एक दिनको कथा हो यो
शुम्भका सेबक छन् जो

हिमालतिर जाँदाखेरि
मूर्छित परे देवी हेरी

देवीको त्यो सुन्दररूप
नयन रम्य लाग्ने खुप

मनको व्यथा नियाल्दा

युसुफदिन मियाँ ‘पाल्पाली’सँगको मेरो परिचय साहित्यिक कार्यकर्ममा भएको हो । उहाँ व्यक्तित्वमा सरल, भावनामा उच्च, बोलीमा दृढ, व्यवहारमा समनताको रूपमा देखिनुहुन्छ । उहाँ एक सामाजिक साहित्यिक व्यक्ति पनि हो । उहाँसँग पल्लव साहित्य प्रतिष्ठान र चितवनमा आयोजना गरेका हरेक कार्यकर्ममा भेट हुन्छ । यो कृति पनि २०६८ सालमा पल्लव साहित्य प्रतिष्ठानले सञ्चालन गरेको कार्यक्रममा विमोचन भएको र सोही अवसरमा प्राप्त भएको हो । यो कृतिलाई पढ्न त पढें तर यसबारे आफ्नो धारणा राख्ने प्रयास भने गरेको थिइन । आज उहाँको कृति र उहाँप्रति सङक्षिप्तरूपमा केही लेख्ने प्रयास गरेको छु ।

‘यो कस्तो तलतल हो’ सङ्क्षिप्त विवेचना

२०३६ साल असार महिना २९ गतेको दिन मेघालय, सिलोङ् भारतमा जन्म भै भरतपुर–४, पशुपतिमार्ग नारायण गढ, चितवनमा स्थायी बसोबास गर्ने बुबा प्रेमचन्द्र देवकोटा र माता पूर्णकला देवकोटाकी सुपुत्री, लेखन कला र गायन गलाकी धनी स्रष्टा हुन्, विष्णु तिवारी‘उषा’ (देवकोटा) । विष्णु तिवारी उषा साहित्यिक क्षेत्रमा आफ्नो नाम स्थापित गरिसकेकी गजलकार हुन् ।

द्वन्द्व र जैविक आवश्यक्ता

जीवित बस्तुमा आवश्यकता अनगिन्ती छन् । ती आवश्यक्ता पूर्तिको लागि मानिसमात्र नभएर पशुपंक्षी लता–वृक्ष सबै प्रयत्नशील रहेको पाइन्छ । एकाधिकारको लागि पनि सबै लडिरहेका हुन्छन् । आन्तरिक र बाह्य द्वन्द्वले पनि अधिकार नै खोजिरहेको हुन्छ र आफ्नै आवश्यक्तालाई प्राथमिकता दिइरहेको हुन्छ । अधिकारको लागि एकले अर्काको नाश पनि चाहेको हुन्छ । बास्तवमा अधिकारको खोजी गर्दा आफ्नो अधिकार लिंदा अर्काको अधिकारको हनन् हुन हुँदैन तर यो संसारमा यी वाक्य भने केवल दर्शन दिंदामात्र लागु हुन्छन् व्यवहारमा हैन ।

रित्तिएको गाउँको संक्षिप्त विवेचना

आकाँक्षाको चिता नाटक (२०६९)का नाटककार माधव फोख्रेलजी आज हाम्रो अघि कवि भएर देखा परेका छन् । उनको यो दोस्रो कृति समीक्षाको लागि मेरो हातमा परेको छ । माधवजीसँग मेरो दोस्रो पटकको साक्षात्कार हो । तनमुना ६ जिल्ला सुनसरीमा स्थायी बसोबास गर्ने माधवजी, हाल हेटौडा–४, मकवानपुरमा बस्दै आउनु भएको छ । उहाँ एक सरल तथा साधरण व्यक्तित्वका धनी हुनुहुन्छ । समयलाई पहिचान गर्दै, सरल र सहज भाषामा लेख्न सक्ने उनको कला हो । माधवजीको कविता लेखन शैली समाजको गतिलाई र परिवर्तनको मार्ग पहिल्याएर सत्यतथ्यको आधारमा सजीव चित्रण गर्न सिपालु छन् भन्ने प्रमाण, उहाँको यो रित्तिएको गाउँ कवितासङ्ग्रहले सुचना प्रवाह गरेको छ ।

सिंहवाहिनी -१७- सत्रौं अध्याय (शुम्भ निशुम्भको आतङ्क र देवीका विविधरूप)

शुम्भ निशुम्भ प्रतापी दुई भाइ थिए
युद्ध गरी सबै लोक जितेर नै लिए

सार वैभव ती लोकको गरे उपभोग
देवतामा चिन्ता बढी पस्न गयो रोग
सारा राज्य अनि यज्ञ शुम्भको नै भयो
चन्द्र सूर्य सारा वैभव उनको मै गयो

बाल सुसेली नियाल्दा

पिता रामचन्द्र कोइराला र माता शकुन्तला कोइरालाको सुपुत्र श्रीकान्त कोइरालाको जन्म गीतानगर गा.वि.स.–७मा २०२६साल असोज १० गते भए पनि हाल उहाँ गीतानगर गा.वि.स.–९ पारसनगर चितवनमा बसोबास गर्दै आउनु भएको छ । उहाँ पेशाले अध्यापन गर्नुहुन्छ । उहाँ २०५१सालबाट साहित्यलेखन आरम्भ गर्नुभएको थियो । उहाँले आज बालकविता लेखेर बालकवि बन्न सफल हुनु भएको छ । एउटा शिक्षकले बालकविता लेख्नु निश्चय नै सकरात्मक काम हो किनकि एउटा सफल शिक्षकले बालबालिको मनोभावलाई बुझेर पढाउँन सक्छ र बालबालिकाको भविष्य उज्ज्वल,बन्न जान्छ ।

सिंहवाहिनी -१६- सोह्रौं अध्याय (देवी देवता सम्वाद)

महिषासुर जब मर्यो
देव संकट अब टर्यो
विजयको यो खुसीलाई
सबै भक्तिभावमा सर्यो

सारा लागे ती स्तबनमा
एकाग्र भै भक्तिभावमा
देवी दिन्छिन् दर्शन यहाँ
हर्ष–विभोर भै गाथमा