Skip to content

सदानन्द अभागी

सिंहवाहिनी -०२- द्वितीय अध्याय (देवी वन्दना)

सबै मिली आराधना गरौं देवीलाई
सर्ब कर्म हुन्छ धर्म सफलता छाई
शक्तिदात्री कालारात्री महामायलाई
हामी सबै मिलीजुली जुटौं पूजालाई

महामाया हुन्छिन् सुलभ भक्तजनलाई
नारकीय जीवन देखि मुक्ति दिनलाई
साराकर्म बुझ्छिन् मर्म ज्ञान मिल्छ सिद्धि
बताउछिन् सर्ब कर्म सम्यक्रूप ल्याई

सिंहवाहिनी -०१- प्रथम अध्याय (शिव–शिवा वन्दना)

जय जय शिव शम्भो त्रिनेत्रकारी
शीर गंगा चन्द्रमा जटा मुकुट धारी

शिव तिम्रो आराधना हुन्छ कल्याणकारी
सवल सृष्टि माथि हामी हुन्छौ सदाचारी
शिव शिवाको आराधना जो कोहीले गर्छ
उस्को रोगव्याधी दुःखकष्ट हट्छ महामारी

सिंहवाहिनी -००- प्राक्कथन

पाठक समक्ष मैले यहाँ राख्छु केही कुरा
देवी माहात्म्यको बर्णनको गर्न खोजे पुरा

नवदुर्गा दशैमा दुर्गा पाठ गरें
पाठ गर्दा गर्दै अलमलमा परें
सारतत्त्व नबुझी पढ्दै पढ्दै जाँदा
के नै अर्थ हुन्छ भन्ने प्रश्न धरें

साहित्यकार दीपक सोतीको घरमा कार्यक्रम सञ्चालन

२०७१ साल पौष महिनाको बाह्रौ कार्यक्रमलाई साहित्यकार दीपक सोतीको घरमा सञ्चालन गरिएको थियो । यस कार्यक्रममा निर्मोही व्यासको प्रमुख आतिथ्यमा दीपक सोतीको सभापतित्वमा सञ्चालन गरिएको र विशिष्ट अतिथिमा गोविन्दराज विनोदी हुनुहुन्थ्यो ।

साहित्यकार दीपक सोतीको साहित्यिक योगदानलाई कदर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको थियो । यस कार्यक्रममा डा. धनपति कोइरालाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । साहित्यकार सदानन्द अभागीले दीपक सोतीको साहित्यिक योगदानको सानो परिचय गराउनु भएको थियो ।

दुर्गमासुरको बध

  • by

हामीले भागवतहरूको अध्ययन गर्यौं भने देवी देवताहरूको र दैत्य/दानव बीचको द्वन्द्व, युद्धका कथाहरू निकै पढ्न तथा सुन्न पाउँछौं । यी कथाहरूको श्रवणमा ध्यान दिने तथा सुनाउने काम सूतजीले ऋृषि मुनिहरूलाई गर्नुहुन्छ –

एक दिनको कुरा हो सबै मुनिहरूले सूतजीलाई दुर्गा देवीको कुनै एक अद्भुत/अनौठो खालको कथा सुनाउनको लगि अनुरोध गरे । महाप्राज्ञ सूतजीले पनि दुर्गा देवीका धेरै कथाहरू सुनाइ सक्नुभएको थियो । त्यस दिन भने सूतजीले दुर्गम नामको असुरको वीरता र उसबाट गरिएको आतङ्कबाट देवलोकका देवी देवता र स्वर्गलोक नै आफ्नो अधिन बनाएको कथा श्रवण गराउनु भयो । जब दुर्गमासुरले सबै चिज आफ्नो अधिन बनायो तबदेखि देवताले आफ्नो यज्ञभाग पाउन छाडे ।

देऊ संविधान

देऊ संविधान देऊ संविधान
सक्छौ भने सांसद हो देऊ संविधान

जनताले मत दिइ संसदमा भेजे
संविधान जनताले तिमीबाटै खोजे
तर पनि तिमीहरू वहानामा रम्ने
खोइ हाम्रो संविधान जनताले सोधे

साधाना–सगमको १२औं घुम्ती शृङ्खलाको साहित्यिक कार्यक्रमको संक्षिप्त विवेचना

पानी सिमसिम परिरहेको थियो, २०७१ साल पुस महिनाको १९ गतेका दिन नवलपरासीका सबै साहित्यिक व्यक्तिहरू साहित्यकार दीपक सोतीको घरमा दिनको १२ बजे जम्मा हुने र भनिएको थियो तर पानीको कारणले गर्दा समयमा जम्मा हुन सकिएन । मलाई साधना –सगमको कार्यक्रम सञ्चालन गर्ने पुस्तिका हेर्न मन जाग्यो ।

साधना–संगमको स्थापना २०७० साल भाद्र महिनाको ८ गते गरिएको कुरा जानकारीमा आयो ।

तीन मुक्तक (तिमी, हामी, नमः)

तिमी

तिमी नै हौ सर्बव्यापी अनि विश्वमूर्ति
तिमी नै हौ पर अनि परमेश्वर कृति
तिमी नै हौ मृत्युञ्जय निर्विकाररूप
त्रिलोकको आवश्यक्ता तिमी गर्छौ पूर्ति

तीन मुक्तक (हस्तिनी, सीता, चाँदनी)

हस्तिनी

हस्तिनीले हात्ती खोज्छे बघिनीले बाघ
सिंह खान्छ मासुमात्रै कहाँ खान्छ साग
जोडा पनि प्रकृतिले दिन्छ सुहाउँदो
काम अग्नि जले पनि लाग्न दिन्न दाग

तीन मुक्तक (जब, तब, अब)

जब

जब गर्छ दोष कहलाउँ छ दोषी
पुर्याउँदैन होश बन्छ विहोशी
कर्म गर्नु कर्तव्य हो कर्म छाड्न हुन्न
नम्रताको बाटो छोड्दा बन्न जान्छ जोशी

मुक्तक तीन (समनता, विपन्नता, सम्पन्नता)

समनता

समनताको नारा हेर यहाँ सबले लाउँछन्
दर्शनलाई लत्त्याउँदै ती स्वार्थतिर धाउँछन्
सजिलो छ परिभाषा व्यवहारिकता कठीन
स्वार्थीपनमा रम्नेसँग कसले केनै पाउँछन्

तीन मुक्तक (सबै, पिउने, लोभी)

सबै

सबै जना बराबरी कहाँ हन्छन् साथी
सबै चिज सराबरी कहाँ हुन्छन् साथी
मन हुन्छ धन हुन्छ हुन्छ सबै तर
सबै लुगा जडाउरी कहाँ हुन्छन् साथी

तीन मुक्तक (वेदनाको साथी)

वेदनाको साथी

वेदनाको साथी हो ऊ, लाउँछु मैले मित
न्याउलीको भाका झिकी गाउँछु आफ्नै गीत
बन्न जान्छ मेरो गीत वनको सायरी झै
तड्पी उड्छ मनको पंक्षी खोज्दै गर्ने हित

मुकुन्द प्रयासको एक झोला इन्द्रेणी नियाल्दा

यो कवितासङ्ग्रहका कृतिकार मुकुन्द प्रयास हुनुहुन्छ र प्रकाशन झमक घिमिरे साहित्य कला प्रतिष्ठान नेपालले गरेको छ । मूल्य रु १५०/– राखिएको यस कृतिमा प्रकाशकीय जनार्दन गोठालले लेख्नुभएको छ । यस कृतिमा मुकुन्द प्रयासजीले न त आफ्नो व्यक्तिगत विवरण नै दिनु भएको छ न कि शुभ कामनाका अक्षरहरूको चाङ्गनै लगाउनु भएको छ । केवल आफ्ना कुरा भनेर सानो अवधारणाबाट कृति पढिदिने अनुरोध गर्नुभएको छ भने मुकुन्दजीले तरेली युक्त सङ्गित नै कविता हो कि भनेर प्रश्न राख्नुभएको छ । यस कृतिमा साना ठूला गरी ३७ वटा कविताहरू समावेश गरिएका छन् । कविता गद्यशैलीमा लेखिएका छन् । कविता मध्यम खालका, न लामा न धेरै छोटा तर महजस्तै मीठा, जति पढ्यो उति पढौं पढौं लाग्ने खालका यी कवितामा समसामयिकताले भरिएका, राष्ट्रप्रेमले ओतप्रोत, भावनाका भेलहरू एकनासले बगेका, समनताको खोजीमा दौडेका र मानवीय संवेदनाले भरिएकाछन् । यी कविताले मानव मन मस्तिष्कलाई आकर्षण गर्छन् भन्ने लाग्छ मलाई ।

झोखाङदेखि मजाटलानसम्म नियात्रासङ्ग्रह नियाल्दा

परिचय

गीता खत्रीजीको ‘आमा हुन् आमा’ खण्डकाव्यको अध्ययनबाट उहाँको समसामयिक एक महत्वपूर्ण काव्यिक व्यक्तित्व र कृतिको अवलोकन पछि झोखाङदेखि मजाटलानसम्म नियात्रासङ्ग्रह पढन थाल्दै छु । गीताजीका लेखनशैलीबाट म प्रभावित भएँ र उहाँका कृतिमा आफ्ना धारणालाई उतार्न मन लाग्यो । त्यसो हुँदा यसबारेमा छोटो टिप्पणी पनि लेख्न थाले । काव्यकार गीता खत्री नेपाली साहित्य जगतमा आफूलाई कवि, गजलकार, कथाकार, गीतकार, खण्डकाव्यकारको रूपमा स्थापित गराइसकेकी नारी हस्ताक्षर हुनुहुन्छ ।

लक्ष्मीस्मृति साहित्य समाजले १०६ औं लक्ष्मीजयन्ती सुसम्पन्न गर्यो

यही कात्तिक ५ गते २०७१मा गोविन्दराज विनोदीको प्रमुख आतिथ्य र सदानन्द अभागीको सभापतित्वमा देवचुली टेलिभिजनको सभाहलमा स्रष्टासम्मान तथा कविता वाचनको साथमा भव्यरूपमा साहित्यिक कार्यक्रम लक्ष्मीस्मृति साहित्य समाजले सुसम्पन्न गर्यो ।

यस कार्यक्रममा समावेशीरूपमा साहित्यकार लोकनाथ खरेल, सरस्वती रिजाल र के.वी. रानालाई सम्मान गरिएको थियो ।

पलेटीमा गजल तथा कृति विमोचन कार्यक्रम सुसम्पन्न एक झलक

कार्यक्रम परिचय

चितवन जिल्लामा समय समयमा विविध संस्थाहरूद्वारा केही न केही साहित्यिक कार्यक्रम भै नै रहन्छन् । यही आश्विन २५गतेको दिन अग्रगामी समाज नेपालले सगुन पार्टी पयालेस, भरतपुरमा निकै आकर्षक कार्यक्रम सञ्चालन गर्यो । यस कार्यक्रमको सभापति अग्रगामी समाजका संस्थापक अध्यक्ष राजेन्द्र रिजालले गर्नुभएको थियो भने प्रमुख अतिथिमा पारस प्रकाश नेपाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा डा. घनश्याम परिश्रमी रहनु भएको थियो ।

आमा हुन् आमा खण्डकाव्य नियाल्दा

परिचय

गीता खत्रीजीसँग साक्षत्कार नभए पनि उहाँको नाम र साहित्यक गतिविधि फेसबुकबाट जानकारी भएको थियो तर उनका कृतिहरू भने पढ्न पाएको थिइन । यसपटक गीता खत्री लगायत गोवद्र्धन पूजा, पदम विश्व कर्मा र नारायण अधिकारीको सम्पादकत्वमा अनेसास गजलगङ्गा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशन गरेको संयुक्त गजल कृति, मैले पढ्न पाएँ र मैले अनेसास गजलगङ्गाको समीक्षा पनि लेखे । सो गजलगङ्गाको समीक्षा मैले गीताजीलाई पठाइदिएँ । सो समालोचना अध्ययन गरेर मलाई उहाँले धन्यवाद दिनेक्रममा उहाँका दुई कृतिहरू (आमा हुन् आमा र झोखाङदेखि मजाटलानसम्म) पनि मलाई अध्ययनार्थ प्राप्त भए । मैले ती दुई कृतिहरूमा आमा हुन् आमालाई अध्ययन गर्दै गएँ र मलाई लागेका धारणाहरू यस विवेचनामा कोरें ।