Skip to content

सदानन्द अभागी

अक्षरहरूको पिरामिडको सङ्क्षिप्त विवेचना

परिचय
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले अक्षरहरूको पिरामिड संयुक्त गजलसङ्ग्रह लिएर हाम्रो अघि खडाभएको छ । यो कृतिले चौधैअञ्चलका केही गजलकारहरूका गजललाई समेट्ने प्रयास गरेको छ र १२५ जना गजलकारका गजलहरू यसमा समावेस गरिएको पाइन्छ । गजलकार पुष्प अधिकारी अञ्जलिले यो एउटा गहन कामको थालनी गरेर गजल आकाशमा आफ्नो नामको साथै चितवनलाई प्रकाशमय बनाएका छन् । देशभरका युवायुवतीहरूलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानको आगनमा गजलका सुन्दर शेरहरू सहित उपस्थित गराउने उनको काम निकै प्रशंसनीय छ । पुष्पजीले देशभित्रका मात्र नभएर विदेशमा भएका नेपाली युवायुवतीहरूका गजलहरूलाई संकलन सम्पादन र प्रकाशन गरेर गजल क्षेत्रलाई निकै सहयोग पुर्याउनु भएको छ ।

सिंहवाहिनी -१५- पन्ध्रौं अध्याय (महिषासुर देवीको लडाइँ)

महिषासुरले हेर्दै गयो देवी शक्तिलाई
अझै बुद्धि पलाएन हेर विपत्तिमा आइ

आँफै लियो भैंसीरूप अनि पस्यो रणमा
आतङ्कित पार्न थाल्यो हेर एकै क्षणमा

कतिलाई थुतुनाले थु थु गर्न थाल्यो
कतिमाथि उसले लौ पुच्छर नै चाल्यो

सिंहवाहिनी -१४- चौधौं अध्याय (चिक्षुर सेनापति र देवीको लडार्इँ)

चिक्षुरको सेनाशक्ति सबै मरेपछि
चिक्षुर त रुन थाल्यो यहाँ कति कति

अब उस्को उपाय त आँफै लड्नु थियो
बाँकी शक्ति बटुलेर लड्ने स्थान लियो

सिंहवाहिनी -१३- तेह्रौं अध्याय (देवी र दानवसेना बीच लडाइँ)

दुबै थिए यथास्थान शक्तिपूर्ण रूप
अब युद्ध चल्न थाल्यो दुबैबाट खुप

देवी थिइन् शक्तिशाली सर्बेसर्बा पनि
शक्तिशाली बाहुबल सबै थोकमा धनी
त्यसो हुँदा देवीले यथास्थान लिइन्
दानवका सेना सबै एक एक गनी

विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग एक नियाल्दा

रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएको छ । भाग एकमा विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको योगदानलाई विविध दृष्टिकोणबाट विश्लेषण गरिएका लेखहरू समावेश गरेको पाइन्छ । वास्तवमा यो विशेषाङ्कले वी.पीले दुवै क्षेत्रमा पुर्याएको गौरवमय योगदानका केही भागलाई प्रस्तुत गर्न सफल देखिन्छ । यस्तो गहनकामलाई आत्मसात गरी प्रकाशनमा ल्याउने रजस्थलका प्रधान सम्पादक विश्वप्रेम अधिकारी र सम्पादकज्यूहरू चिन्तु गिरी, लीलाम्बर ढुङ्गाना, मिलन समीर, बलराम दोरङ्गा, त्रिभुवन शर्मा, टीकाराम वाग्ले र गाविन्दप्रसाद शर्मा लगायत रजस्थल परिवारलाई धन्यवाद दिंदै यस विशेषाङ्कलाई वी.पी.को राजनीतिक र साहित्यिक जीवनको दुवै पाटोलाई सङ्क्षिप्तमा प्रस्तुत गर्न चाहान्छु ।

सिंहवाहिनी -२७- सत्ताइसौं अध्याय (महाकाव्य कथासार)

दुर्गा सप्तशती पाठ
हिन्दुधर्मको सर्बमान्य ग्रन्थ
शक्तिको आराधना गरिने
यो एउटा सुन्दर कल्पतरु
जस्लाई दुर्गापूजा भनेर
आश्विन शुक्ल पक्षको
प्रतिपदादेखि नवमीसम्ममा
दुर्गाको प्रतिमा स्थापित गरी

सिंहवाहिनी -२६- छब्बीसौं अध्याय (सुरथ राजा र वैश्यलाई देवीको वरदान)

मेधा ऋषि भन्न थाल्छन् सुरथ बैश्यलाई
सारा देवी हामात्म्य यो दुबैमा सुनाइ
त्रिलोक धारणकर्र्ती निकै प्रभावशाली
यो संसार पालेकी छन् मोहित बनाइ

यिनै गर्छिन् ज्ञान सृष्टि यिनै पार्छिन् मोहीत
प्रभातको रवि किरणमा यिनै छर्छिन् रोहित
विष्णुकी हुन् मायास्वरूपा यिनै महामाया
त्रिलोकलाई मोहित पार्दै गर्छिन् सब–स्वहीत

सिंहवाहिनी -२५- पच्चीसौं अध्याय (पाठको माहात्म्य)

देवी भन्छिन् देवतालाई महात्म्यका कुरा
चण्डि पाठ सबले गरुन् सधै पूरा पूरा
चण्डि पाठ गर्ने जति बन्न्न जान्छन् सुरा
सबै काम पूर्ण हुन्छन् रहँदैनन् अधुरा

जस्ले एकाग्रचित्त गरी देवी पाठ गर्छ
देवी खुसी हुन गए दुःख टाढा सर्छ
सबै बाधा अड्चन नष्ट हुन्छन् यहाँ
त्यसो हुँदा दुर्गा पाठ सबले गर्नु पर्छ

सिंहवाहिनी -१२- बाह्रौं अध्याय (देवीको सिङ्गार कार्य)

सारा देवले गर्न थाले देवीरूप सिङ्गार
सिङ्गारबाटै पुग्छ महिषासुरको बिगार

शंकरले प्रदान गरे अति राम्रो शूल
चक्र दिए विष्णुले चक्रै थियो मूल

सिंहवाहिनी -११- एघारौं अध्याय (देवीको शरीर निर्माण)

विष्णुको मुखबाट निक्ल्यो ठूलो तेज
ब्रह्माजीको तेजले लियो ठूलो वेग

शंकर र इन्दबाट निस्क्यो ठूलो तेज
एकीकृत तेजरूपले बन्यो ठूलो पुञ्ज

सिंहवाहिनी -१०- दसौं अध्याय (देवता र महिषासुरको लडाइँ)

अब राजा तिमीलाई सुनाउँछु कथा
देवता र असुरको लडाइँको व्यथा

यो कथा हो पूर्व कालको आज यहाँ भन्छु
महात्म्य त देवीको हो मैले यही ठान्छु

देवता र असुर लडे सय बर्ष
असुरले मनाए विजयको हर्ष

सिंहवाहिनी -०९- नवौं अध्याय (योगनिन्द्राको प्रकट)

ध्यान गरे ब्रह्माजीले अति सौम्यरूपले
पाइँदैन तिम्रो दर्शन त्यसै दौड धूपले

सर्ब नाम सर्ब काम योगनिन्द्रा गर्छिन्
देवी पथलाई सजाएर भक्ति छरे खुपले,

ब्रह्माजीको स्तबनले त्यहाँ हलचल ल्यायो
देवीलाई प्रकट हुन अब बाध्यता नै आयो

सिंहवाहिनी -०८- आठौं अध्याय (मधु–कैटभको उत्पत्ति)

कल्पअन्त्य जब थियो जलमय संसार
विष्णुको हुन गयो शेषनागशैया आधार
योगनिद्राको आश्रयमा, सुते विष्णु जब
गाढा पर्यो निद्रा उन्को सपनाभो विचार

सिंहवाहिनी -०७- सातौं अध्याय (महामायाको महिमा)

महामाया भगवती हुन् प्रभावकी खानी
यिनको प्रभाव अति गाढा ममताकी दानी

यी प्रकृतिकी स्वरूपा हुन् गर्छिन् संरचना
विश्वरूपा महामाया हुन् प्रकृतिकी रानी

फैलाउँछिन् मायाजाल रङ्ग्याउँछिन् संसार
सर्ब–कर्म यिनको लीला गर्छिन् जाना जानी

सिंहवाहिनी -०६- छैटौं अध्याय (सुरथ, वैश्य र मेधाको सम्वाद)

सारा चिन्ता बोकाउने कुन शक्ति होला
कहाँ गइ बिसाउने चिन्ता ग्रस्त झोला

नसम्झेनी याद आउने
तिनैलाई माया लाउने
भौतिक शरीर यहाँ छ
मन भने त्येतै धाउने

सिंहवाहिनी -०५- पञ्चम अध्याय (आजको परिवेश)

छलकपटले चलेको छ यो संसार हेर
यी घटना हिजोका हुन् आज अझै धेर

आज पनि संसारमा यस्तै कर्म गर्छन्
राज्य शक्ति हत्याउन अस्त्र पनि धर्छन्

शक्शिाली बाँचेको छ शक्तिको नै भरमा
निरिह त बाँचेको छ शक्तिको नै डरमा

सिंहवाहिनी -०४- चतुर्थ अध्याय (सुरथ राजाको वैश्यसँग भेट)

दिन प्रति दिन हेर चिन्ता बढ्दै गयो
चिन्ताग्रस्त अर्को व्यक्ति बैश्य भेट भयो
व्यक्ति थिए दुई तर व्यथा भने एकै
शक्ति छिण भए पनि राज्य चिन्ता रह्यो

चिन्ता ग्रस्त बैश्य पनि राजालाई भेट्यो
अनगिन्ति मन–बह राजामा नै मेट्यो
स्वार्थी थिए परिवार स्वर्थपूर्ति गरे
त्यै स्वार्थले वैश्यको भावनालाई रेट्यो

साहित्यिक कार्यक्रम र चाँदनी रातहरू गीती संगालो विमोचनको एक झलक

२०७१ साल फागुन महिना १५ गतेको दिन नवलपरासी साहित्य समाजले मध्यविन्दु क्याम्पसमा प्रीतम भुजेलको सभापतित्व र क्याम्पस प्रमुख मुक्तिराम पाण्डेको प्रमुख अतिथ्वमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी राजकुमार श्रेष्ठ रचित ‘चाँदनीका रातहरू’ गीती सङ्ग्रहको विमोचन गर्ने काम सुसम्पनन भयो । यस कार्यक्रममा साधना –सङ्गमको पनि संयोजन थियो । नवलपरासी साहित्य समाजकी उपाध्यक्ष हेमा अखालेले स्वागत भाषण गर्दै मगरी भाषामा रचित अरमिट (सम्झना) कवितालाई पाठ गर्नुभयो ।

सिंहवाहिनी -०३- त्रितीय अध्याय (सुरथ राजाको राज्य हडप)

सुन सुन भक्तजन म केही भन्छु
दुर्गा भवानीको लौ सबाइ कहन्छु
भवानी देवी हुन् जगतकी माता
तिनकै भक्ति भावमा म रहन्छु

दुर्गा भवानीका कुरा गर्नु भन्दा
सूर्यपुत्र साबर्णि आठौ मनु गन्दा
मन चिल्लो पार्छ ईश्वरीय रन्दा
गरौं ईश्वरीय चिन्तनको धन्दा

कविशिरोमणि लेखनाथ पौडेलको दुई शतबार्षिकीको स्मरण

कविशिरोमणि लेखनाथको दुई शतबार्षिकीको बारेमा साहित्यकार मुक्तिराम ढकालले कविशिरोमणि लेखनाथको व्यक्तित्व, कृतित्व माथि प्रकाश पार्नुभएको थियो । साहित्य आफ्नै गतिमा बढ्छ, साहित्यले मानवलाई सिर्जनशील बनाउँछ, समाजको परिवर्तनलाई समाउँछ र आधुनिकता दिन्छ भन्दै लेखनाजीको बहुआयमिक व्यक्तित्वको बारेमा प्रष्टाउनु भएको थियो ।