अक्षरहरूको पिरामिडको सङ्क्षिप्त विवेचना
परिचय
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले अक्षरहरूको पिरामिड संयुक्त गजलसङ्ग्रह लिएर हाम्रो अघि खडाभएको छ । यो कृतिले चौधैअञ्चलका केही गजलकारहरूका गजललाई समेट्ने प्रयास गरेको छ र १२५ जना गजलकारका गजलहरू यसमा समावेस गरिएको पाइन्छ । गजलकार पुष्प अधिकारी अञ्जलिले यो एउटा गहन कामको थालनी गरेर गजल आकाशमा आफ्नो नामको साथै चितवनलाई प्रकाशमय बनाएका छन् । देशभरका युवायुवतीहरूलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानको आगनमा गजलका सुन्दर शेरहरू सहित उपस्थित गराउने उनको काम निकै प्रशंसनीय छ । पुष्पजीले देशभित्रका मात्र नभएर विदेशमा भएका नेपाली युवायुवतीहरूका गजलहरूलाई संकलन सम्पादन र प्रकाशन गरेर गजल क्षेत्रलाई निकै सहयोग पुर्याउनु भएको छ ।
