………..” ल अाउनुस् ………. १२०० काे माल ५०० मा ………… ल लानुस् सस्ताेमा लुगा ……….. ल लग्नुहाेस् दुईटाकाे ४०० …………. ” यस्ता यस्तै अावाजहरूकाे काेलाहल भित्र म अाफुलाई पन्छाउँदै थिए – त्याे ब्यस्त सडक पेटीमा । प्रायः जसाे अाेहर दाेहर गर्ने त्याे चिर परिचित बाटाेमा यस्ता स्पस्ट अस्पस्ट अावाजहरू मेरा लागि पाच्य भईसकेका थिए । छरपस्ट रूपमा छरिएका सामानहरू बिक्री गर्न त्यहाँ सधैं त्यस्तै तछाडमछाड मचिन्थ्याे । मेरालागि त्याे स्वभाविक झैं लाग्थ्याे । त्यस्तै साँझ ६ बजे तिर म अाफ्नाे बाटाे लाग्दै थिए, त्यतिकैमा एउटा अावाज मेराे कानमा ठाेक्किन अाईपुग्याे -” अंकल ” ………..
………. म टक्क राेकिए र पछाडी फर्केर हेरे । अन्दाजी २३/२४ बर्षकी, हल्का निलाे टाईट जिन्स पाईट, कालाे टपक्क कसिएकाे लुगा, सर्लक्क परेकाे कपाल र गहुँ गाराे अनुहार भएकी एक अपरिचित केटी, मलाई हेर्दै थिई । साँच्चै मैले चिन्न सकिन्, म टाेलाई रहे ।…….
………. मास्कले अाधा मुख छाेपेकी ती केटी सँगैकाे रूखमा अढेस लिएर बाेली – ” पन्ध्र सय मात्रै हाे ।”…….
म अलमलमा परे, यताउता हेरे । उसकाे वरपर केही समानहरू थिएनन् । म ट्वाँ परे र अाफैलाई प्रश्न गरे ‘ के काे माेलमाेलाई हाे याे ?’ ………
………… ” ठाउँ म अाफै मिलाउछु, जाने भए जाऊ अंकल “- उनले फेरि बाेेली । मैले बल्ल बुझे – उनी अाफ्नै शरीरकाे मूल्य ताेक्दै थिई । मैले उनलाई माथि देखि तलसम्म हेरे र फेरि तल देखि माथि सम्म हेरे । खाई लाग्दि खालकी थिई, नाई भन्नै नसकिने खालकी । …………
” अहिले हैन, भरे बेलुकी जाउँला । तिम्रो नम्वर देउ न, म फाेन गर्छु ।” – मैले अाफ्नाे मुख खाेले ।
” म्या चि_ _ …….. साले हट् ” – उनकाे सुन्दर लागेकाे मुखबाट एक्कासि बम फुट्याे । उनी सरासर पर हिडिन् । म एकछिन उनलाई टाेलाएर हेरी रहे ।…….
……… ६/७ दिन पछि साँझ पख म त्यहीँ बाटाे हिड्दै थिए । त्यहीँ काेलाहल, त्यहीँ भिडभाड, त्यहीँ माेलमाेलाई अनि त्यहीँ अस्तव्यस्तता । मैले परैबाट त्याे केटिलाई देखे र उनकाे वर गए । ……….
” दाई जाने हाे मसँग ? ” – उनले साेधिहालिन् ।
” कति हाे ? ” – एक हप्तामा म अंकलबाट दाई भएकाेमा मख्ख पर्दै मधुराे स्वरमा यताउता हेरेर साेधे ।
” २००० ” – उनले भनिन् ।
‘अाेहाे ! हप्ता दिनमा भाऊ अाकासिएछ ।’ – मनमनै साेचे ।
” काेठाकाे व्यवस्था मै गरूला, जाने हाे दाई ? ” – उनले घचघचाईन् ।
” अलि महंगो भाे ! हजारमा हुन्न ? ” – मैले साेधे ।
” हजारमा त हिजडा माल अाँउछ, याे माल हैन । ” -उनले भाउ खाेजी ।
” ल ल १५०० दिएँ, हिड ।” – मैले नरम भएर भने ।
” रूम अाफै खाेज्ने भए मात्र….. !” – उनले कड्के नजरले हेरेर भनी ।
” यहाँ म काेठा कहाँ खाेज्नु ? अाफैसँग छ भन्या हैन ?? ” – मैले रिसाए झैं गरि भने ।
” ५०० थप त्यहीँ काेठाकाे लागि त भन्या, सित्तैमा काेठा त कहाँ पाउनु र काठमाण्डाैमा ?” – उनले त्यहीँ रूखकाे सहारा लिदै भनिन् ।
” ल ल हिड ! २००० नै दिउँला ।” – मैले हार स्विकार गर्दै भने । ……….
……… माईक्रोबाट हामी नजिककाे ठमेल बजार तिर हिड्याैं । गाडी भाडा नी उनले नै तिरिन् । ठमेलकाे त्याे ब्यस्त सडकमा उनी अघि अघि र म पछि पछि हिड्याैं र हिडिरह्याैं। ………… यसरी केटीकाे पछि त जवानीमा लब पर्दाकी ती निस्तुरी माेरीलाई पनि गरेकाे थिइन् । यताउता नजर डुलाउँदै, काेही चिने देखेकाे मान्छे भेट भई हाल्छ कि भनी डराउँदै, म छिटाे छिटाे पाईला चाल्दै थिए । …………. गल्लि भित्रकाे गल्ली भित्र एउटा तीन तल्ले घर भित्रकाे सुनसान काेठा भित्र उनले मलाई लगिन् र भित्रबाट चुक्कुल लगाईन् । …………
………. अलिअलि डर, अलिअलि उत्सुकता, अलिअलि काउकुटीकाे अनुभव गर्दै म थचक्क त्यहाँको एउटा कुर्सीमा बसे । उनकाे चन्द्रमुखी मुहारमा लागेकाे कालाे ग्रहण अझै हटिसकेकाे थिएन वा भनाैं उनले लगाएकाे कालाे मास्कले अझै लुकाई राखेकाे थियाे – उनकाे त्याे रूपलाई । ………… ” ल म चेन्ज गरेर अाउँछु है ” भनेर उनी बाथरूम भित्र छिरी । ………..
…………. म यताउता हेर्न थाले । एउटा खात, म बसेकाे कुर्सी, उनी र अत्तालिएकाे मन भएकाे म लाग्ने मान्छे बाहेक अर्काे कुनै चिज थियाे त त्यहाँ – शुन्यता ! ……… रंगिन संसारमा रंगिन पल बिताउन अाएकाे म मान्छेले बिपनामै रंगिन सपना देख्न थाल्याे, कल्पनामा डुब्न थाल्याे । …….. उनका ती नशालु अधरहरू, बारूली कम्मर, अनि पुक्क उठेका ती बदनहरू । म एक्लै बहुलाउन थाले । कताकताबाट म भित्रकाे पुरूष जाग्रीत हुन थाल्याे । अाफुले लगाएकाे मास्क निकालेर अाेछ्यानमा राखे र अाफ्नाे शरिरलाई त्यही अाेछ्यानमा पल्टाए र अाँखा चिम्म गरेर हराउन थाले – अाफ्नै रंगिन संसारमा । ……….
………. अाखिर पत्थर त पग्लिन्छ स्त्रीकाे याैवनमा – म त झन् लाेग्ने मान्छे ! …….. अागाेका अगाडि मैन पग्लिन्न भनेर कहाँ पाे बस्न सक्छ र ? म पग्लिरहेकाे मैन बनिरहेकाे थिए उनकाे अागाे रूपी जवानीका अगाडी । ……….. चुम्बकले फलामलाई तानेझैं तान्न सक्ने त्यस्तो के चिज राखि दिएकाेछ स्त्रीकाे देहमा ईश्वरले ? जसका कारण म रत्नपार्कबाट तानिदै तानिदै यहाँ ठमेलकाे सुनसान काेठा सम्म अाई पुगे ?……. अाखिर याे अाकर्षण के हाे ? याे तृष्णा के हाे ? केटिकाे काँचाे मासु नै खान मन लाग्ने लाेग्ने मान्छेकाे भाेक कस्ताे हाे ? ……….. म मनमनै गम खाँदै बस्न थाले । …….
………. ढाेका खाेलेकाेअावाज अायाे र मेराे कल्पनाकाे संसार खल्बलियाे । अाँखा खाेले र हेरे ……..राताे छाेटाे स्कर्टमा पारदर्शी लुगा लगाएकी उनी …… शरिरकाे पछाडीकाे भाग देखेरै मेराे हाेश गुम भयाे । ……… अनुहार अझै हेर्न पाएकाे थिईन । धैर्यताकाे बाध फुट्न फुट्न लागिसकेको थियाे । ….. चनचल र बेचैन याे दिलकाे धड्कन झन् झन् तेज हुँदै हुँदै गई रहेकाे थियाे । त्यतिकैमा उनले म तर्फ फर्किएर साेधी -” Are you ready ? ” ………. OOOO MY GOD ???…….. म हेरेकाे हेरै भएँ । साँच्चै म उनलाई हेरेर बेहाेस भएँ र बेहाेसीमै ठुलाे अावाजले चिच्याए – ” छाेरी ( ?) ” …………!
अचानक ठुलाे भुईचालाे अायाे । म खाटबाट जुरुक्क उठे र भुईमा थचक्क बसे । अाफुले अाफैलाई सम्हाल्नै नसकिने गरी मेराे धरातल हल्लिरहेकाे थियाे । मेरा हात खुट्टा कामिरहेका थिए, अनुहार भरि पसिनै पसिना थियाे । जसरी चाेरलाई पुलिसले समात्दा चाेरकाे हविगत हुन्थ्याे, मेराे हविगत नी त्यस्तै त्यस्तै भएकाे थियाे । ………. मैले यताउता हेरे । अध्याँराे काेठाकाे खाटमा पल्टिरहेकी मेरी बुढीले उठेर भनी ” निकै नराम्रो सपना देख्नु भाे कि क्या हाे ? ” ……….!
( याे काल्पनिक कथा हाे, कसैकाे वास्तविक जीवनसँग मेल खान गएमा संयाेग मात्र मान्नु हाेला । )
सर्बाधिकार
जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर
