हुन त
हिराकाे मूल्यभन्दा नि
मूल्यवान हुन्छ ” रगत ”
तर अाज भाेली
सस्तिएकाे छ रगत
नपत्याए
गए हुन्छ हेर्न ‘ मधेश ‘
लिपिएकाे हुन्छ त्यहाँको सडक
निर्दाेषका मूल्यहीन रगतले
मूल्यहीन निर्दाेषका रगतले
……
…….
र त्यही मूल्यहीन रगतमा टेकेर
कालन्तरमा
कुनै दिन
कुनै दानव
बन्नेछ याे देशकाे
प्रधानमन्त्री वा राष्ट्रपति
र राज गर्छ
हामी माथि
अनि हामी
नतमस्तक हुन्छाैं र पुज्छाैं
दानवलाई देउता मानेर ढाेग्छाैं
उसका हिराभन्दा दाेब्बर महंगाे
रगतकाे सुरक्षाका लागि
सेना खटिन्छ
र हामी
उसकाे जस्तै
राताे रगतका पाेकाहरूलाई
सेना लखेट्छ ।
समात्छ
र
फुटाउँछ
……..
…….
अाखिर
हामी फगत
मूल्यहीन रगतका पाेका न हाैं
र त पाेखिन्छाैं
कसैकाे स्वार्थकाे लागि
सडक र गल्लीहरूमा
गल्ली र सडकहरूमा
अाज भाेली मधेशमा ।
सर्बाधिकार
जितेन्द्र तुलाघर
बुंगमती, ललितपुर

Dammmiiiiiiiiiiiiiii
Dammmiiiiiiiiiiiiiii