Skip to content


नव वर्ष हाम्रो स्वागत छ तिमीलाई ।
यो वर्ष भरी देऊ शान्ति हामीलाई ।।

नरसाउन् कही बुद्धका ती आँखाहरू
नमरुन् कतै कसैका नि आशाहरू
नपाउन् दुःख वेदना कतै कसैले
नपरोस् है पुछ्न सिन्दुर कसैले

नव वर्ष हाम्रो स्वागत छ तिमीलाई ।
यो वर्ष भरी देऊ सुख चैन सबैलाई ।।

फाटोस् ती काला कालरुपी बादलहरू
नउडुन् कहीं कतै रक्त पिपाशु गिद्धहरू
हटेर जाओस् सबै बैरीका भावना
गर्न सकोस् सधै आपतको सामना

नव वर्ष हाम्रो स्वागत छ तिमीलाई ।
यो वर्ष भरी देऊ माया एक अर्कालाई ।।

नपरोस् सुन्न कतै रोदन र चित्कारहरू
नपडकियुन् कहीँ कतै गोली र बारुदहरू
फुलोस् फलोस् सर्वत्र सुगन्धी फूलहरू
बजुन् हर बिहान सुमधूर घण्टहरू

नव वर्ष हाम्रो स्वागत छ तिमीलाई ।
यो वर्ष भरी देऊ बुद्धको आत्मा हामीलाई ।।
यो वर्ष भरी देऊ बुद्धको आत्मा हामीलाई ।।

सर्वाधिकार
जितेन्द्र तुलाधर

Leave a Reply

Your email address will not be published. Required fields are marked *