तिम्रो दिमाग साँच्चै अाज खुस्किएकै हाे कि क्या हाे ?
एक चड्कन गालामा तिम्रो हान्नै पर्ने भाे कि क्या हाे
जनतालाई दिएकाे वाचा अाज तिमीले बिर्स्याै कि क्या हाे ?
संविधान लेख्ने कलम अाफै भाचेर फ्याल्याै कि क्या हाे ?
तिम्रो दिमाग साँच्चै अाज खुस्किएकै हाे कि क्या हाे ?
एक चड्कन गालामा तिम्रो हान्नै पर्ने भाे कि क्या हाे ?
जातीयताकाे नाममा तिमीले देश टुक्रा पार्याै कि क्या हाे ?
माघ ८ काे भाका तिमीले अाज अाफै भुल्याै कि क्या हाे ?
तिम्रो दिमाग साँच्चै अाज खुस्किएकै हाे कि क्या हाे ?
एक चड्कन गालामा तिम्रो हान्नै पर्ने भाे कि क्या हाे ?
राष्ट्रियताकाे नारा जपी राष्ट्रलाई नै बेच्याै कि क्या हाे ?
अग्रगमन भन्दाभन्दै पछि तिमी हट्याै कि क्या हाे ?
तिम्रो दिमाग साँच्चै अाज खुस्किएकै हाे कि क्या हाे ?
एक चड्कन गालामा तिम्रो हान्नै पर्ने भाे कि क्या हाे ?
छिमेकीको कुरा सुनी अाफ्नै घर भाड्याै कि क्या हाे ?
अाफ्नै देशकाे शिर काटि बिदेशीलाई सुम्पियाै कि क्या हाे ?
तिम्रो दिमाग साँच्चै अाज खुस्किएकै हाे कि क्या हाे ?
एक चड्कन गालामा तिम्रो हान्नै पर्ने भाे कि क्या हाे ?
सर्वाधिकार
जितेन्द्र तुलाधर
बुंगमती