Skip to content

शान्तिराम ढकाल

फुटाइएका चुराहरू

पन्नाहरू त अँझै खाली छन्
लेख्ने कलमहरूमा मसी खोइ
कसरी पो लेख्छन यिनले
मसी भर्दा निप भाचियो
कसरी पो कोर्छन यिनले

कति कति कथाहरू लेख्नु छ
कति कति कविताहरू कोर्नु छ
खोइ कसरी पो लेख्छन यिनले
खोइ कसरी पो कोर्छन यिनले
बन्दुकले कविता लेख्दैन

मालती र डिट्ठा बाजेहरु …….

मालती र डिट्ठा बाजेहरु …….
—————————-
यो साल त मालती
घर फर्की छे
डिट्ठा बाजे , सुब्बा साहेब
डीके हल्दार खुसी भए अरे
मालतीको मंगलेले
गाउँ छोड्यो अरे
अत्तो पत्तो छैन कहाँ गयो त्यो
मालती आउने थाहा पाई
हराएछ मंगले
त्यो जसले मालतीलाई
बिहेको बहानामा
बम्बैको बजारमा बेचेको थियो

हिजो जस्तै आज पनि
त्यो मालतीको रुप रंग
अनि त्यो मादकता
मालतीको रुपले
डिट्ठा बाजे खुसी थे
डीके हल्दार मक्ख थ्यो
सुब्बा साहब ढुक्क थे
गाउनै मक्ख थ्यो
लोग्ने मान्छे मक्ख थे
स्वास्नी मान्छे छक्क थे
गाउँ नै त्यो खुसी भो
मालती को फिर्तीमा मा

खनी खोसरी (भ्रष्टाचार शृंखला – 2)

मोतीप्रसाद हुलाकका खरदार थिए पार्टीमा भनसुन गरेर पोहोर साल आफ्नु पार्टीको यिनी ठुला समर्थक हुन् र चुनावमा चन्दा सहयोग आदि इत्यादिमा यिनको ठुलो सहयोग हुन्छ । अद्यक्षज्यू भन्दै कर्णबहादुरले सिफारिस गरेर एक तह बढुवा गराएर मोतीप्रसादलाई भन्सार कार्यालयमा सरुवा गराए । त्यो वीरगंजको उपलब्धि थियो । त्यो पार्टी समीपताको कुरा थियो । चन्दा चाकडी यस्तै यस्तै कर्णबहादुरको जे होस् आफ्ना नजिकका नाता पर्ने सालीपट्टिका यी मोतीप्रसादको सत्ता समिपताको कारणले राम्रै ठाउमा पोस्टिंग गराए भन्सार कार्यालय त्यो पनि वीरगंज ।

किर्ते तमसुक !

किर्ते तमसुक !
…………—–
जिन्दगी त भावी ले लेखेको
किर्ते तमसुक पो रहेछ
भावीले जाल झेल गरेको पो रहेछ
मजाको यो जिन्दगी भन्दै
लट्ठ लट्ठ्याउने पो रहेछ
जिन्दगी त अभावहरुको जंगलमा
औंशीको अध्यारो पो रहेछ
धमिराको देवलमा
तप्प तप्प चुहुने पानी पो रहेछ
जिन्दगी त हरियो सिष्नु पात
छुँदा हातै पोल्ने पो रहेछ
घाउ हरु पाकेर धंग धंगती औंशा पो रहेछ
मायाको नाममा अलमल रहेछ
हो जिन्दगी त जाल झेल गरेर
भावीले लेखेको किर्ते तमसुक पो रहेछ
ओरालोमा ढुंगा बर्साउने अनि
बालुवाको घरमा पसेको समुन्द्री भेल रहेछ
कर्कलाको पातमा फलेको
शीतको थोपा रहेछ
हो जिन्दगी त आशाको कन्चनजंगा मा
निरासाको मरुभूमि रहेछ

सत्ता सुख (भ्रष्टाचारको शृंखला-१)

तराइको दिनभरको टनटलापूर घाम जेठको महिना त्यो पनि पहाडबाट झरेको मान्छेलाई बीरगंजको त्यो गर्मी निकैनै असह्य भैरहेको थियो । के गर्नु पार्टीको महाधिवेशन त्यो पनि पार्टी अध्यक्ष बहालवाला प्रधानमन्त्री नजिकैबाट चिने जाने जस्तो गरेर फोन नै गरेर आउनु पर्छ भनेपछि कर्ण बहादुर पहाडबाट हिजो झरेका थिए गाउ वडा समितिको साधारण कार्यकर्ता थिए कर्ण बहादुर तर पनि गाउँमा खातापिता घरका भएर होला रवाफ राम्रै थियो जिउडाल पनि ठुलो लगभग ६ फूट अग्ला साच्चैनै खाइलाग्दा थिए तिनी ।

खलाती चलाउ साथी (अब परालका खुट्टाले टेक्नु हुन्न साथी)

काम्नु हुदैन हातहरू
अब परालको खुट्टाले थेग्दैन
धमिलोमा मात्र माछा मार्ने
अब गर्नु हुन्न
आरनमा बसेपछि
मजबूत हातहरूले
खलाती नचलाए
फलाम पानी बन्दैन साथी

माया प्रेम आँशु (टुक्रे कविता)

१) बाड्दा बाड्दा
कहिल्यै नसकिने
मनचिन्ते भाँडो ! (माया)

२) हेरा हेर भयो
मनले मन देख्यो
कसक्क अंगालोमा
आपसमा कसियो ! (प्रेम)

राम राम

राक्षस का आँखामा पनि पानि बग्दो रहेछ
त्यसको पनि दिल हुँदो रहेछ
मस्तिष्क तिनको पनि हुँदो रहेछ
बरर आँशु हरु झरे भुइंमा अचम्म भो
मान्छे हरु किरा फट्यांग्रा सरि मारेर
मत्ता भएको त्यो हाती
आज भुइमा लडेछ
घरमा बज्र पर्दा थाहा भो होला
मान्छे का लागि मान्छे रुँदो रहेछ
रगताम्य भएको छाती आमाको
अझै सुकेको छैन
सेता सारी हरु अझै फुकेको छैन
त्रास को आंधी अझै पस्कन खोज्दैछ
थाहा हुनु पर्ने अब
लागेको रगत पुछ्नु पर्छ
राक्षस भएको बाट अब उठ्नु पर्छ
ओत लाग अब चत्यांग बाट बच्नु छ भने
अझै अँध्यारो हिड्छौ भने
राम राम भन्न सकिन्छ
अब काँध थाप्न सकिन्न
================

मामाको घोडी र घोडाहरू

उहिले को कुरा
मेरो मामाको एउटा घोडा
त्यो घोडा थियो कि घोडी थी
मेरो सुलभताले जान्दैन थ्यो
मामाकी घोडी मेरी हि हि हि
घोडा कसेर मलाई हेर्दै
मामा भन्नु हुन्थ्यो

नारी (लघु कथा )

बाटोमा निकैनै पुरानु साथीसँग भेट भयो मलाई देखेर उनी पनि झस्किए म पनि केही क्षन त अलमलिए एक छिन पछि सहज भयो भलाकुसारीहरू भए । लगभग ३५ वर्ष पछि हाम्रो भेट भएको रहेछ । उनले नै हिसाब किताव निकाले ब्यस्त शहरमा ब्यस्त अनि भीड भाड स्थानमा नै हाम्रो भेट भएको थियो म एउटा महिलाहरूको कार्यक्रममा शुभकामना दिन गैरहेको थिए उनी पनि संयोगले त्यहाँ भेटिए बडो खुसी लाग्यो म एक्लै नै थिए उनी उनकै श्रीमतीसँग थिए उनको श्रीमतीसँग चिनजान भो रमाइलोसँग केही क्षन गफ गरियो । उनीहरू पनि सोही कार्यक्रमको लागि उपस्थित भएका रहेछन । हामी पनि हलमा प्रवेश गर्यौं कार्यक्रम शुरु भयो ।

के हामी कतै कामै नलाग्ने पत्रु त भएनौ ? (गन्ती ६०१)

के हामी कतै कामै नलाग्ने पत्रु त भएनौ ?
हामी हाम्रो आफ्नै शत्रु त भएनौ ?
उकालो चद्नु पर्ने ओरालो त लागेनौ ?
हामीले हाम्रो भाग्य आफैं त फ़ालेनौ ?
औंशा परेको घाउ के आफैंले पालेनौ ?
कति मौकाहरू त हामीले चुकायौ चुकायौ
आफ्नु शिर आफैंले कति ठाउ झुकायौ

तिमी यात्रा जिन्दगीको तिमी नारी हौ

नारी तिमी आमा हौ
पत्नी प्रेमिका मित्र हौ
बुहारी छोरी बहिनी हौ
तिमी नन्द भाउजू देउरानी जेठानी हौ
काकी बडीआमा फुपू तिमी सासू हौ
माईजु तिमी भान्जी तिमी तिमी सम्वन्ध हौ
हजुरआमा नातिनी तिमी हौ तिमी साथी हौ

टनकपुर त्यो भद्रपुर जनकपुर पनि हाम्रै हो

ए बा ! ए बा !! भन्दै
आज मेरो अल्छे छोरो ओछ्यानमै करायो
मैले सुनिन भनेर होला आमालाई बोलायो
छोरो छिट्टै आज उठ्यो मैले बुढीलाई सुनाएँ
आमा मेरी आँगनमा डिलमा बसी रुदै छिन

हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ

अस्तिको कुरा
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ
हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ
हो यहीँ पढाउदै थियौ मेरो वालसुलभ मस्तिष्कमा
जय जय कारको गगन भेदी नाराहरू थिए
नाङ्गा खुट्टाहरूले खुइलिएको चौरमाथि टेकेर
म पनि उफ्री उफ्री कराएथें स्वर भासिउञ्जेल
तिमीले पढाएको इतिहासमा म विश्वासको पुल्ठो बोकेर

हेल्लो साथी जय होस्

तिमी अग्लिदा अग्लिदै कति अग्ला भएछौ
मोटाउदा मोटाउदै कति भारी भएछौ
अग्लिएर पनि रावणले सुनको लंका दिएथ्यो
तिमी त आफैं नै सुनका भएछौ
सबै पंहेला बस्तु सुन हुन्नन्
होस् गर्नु नानीको आची पनि पंहेल्यै हुन्छ
तिमी त नानी को आची भएछौ

तृष्णा

न छेकेर छेकिन्छ
न छोपेर छोपिन्छ
न बाँधेर बाँधिन्छ त्यो
न तोड्न सकिन्छ
चिमोट्छ त्यसले अनि
चिथोर्छ पिरोल्छ
न रात दिन अनि आगो र पानी
न घाम पर्खन्छ न हुरी बतास
खाँदा न स्वाद छ न त भोक मेट्छ

तिम्रो भगवान् !

बग्रेल्ती राता टिकाहरुमा
उच्च्चायुको कामना संग लाम लागेर
कामनाको गीत गाउदै
शंख घण्ट त्यो अलौकिक धुनमा
भजन हरु दिर्घायुको अन्तर आत्मामा छापेर
ढोल र नगरा अनि पन्चे बाजा हरुमा
सोरठी दोहोरी अनि लोक लय र श्लोक हरुमा
मन्दिर अनि चौर र गल्लि हरुमा
रातै चुरा रातै रंगिन कामनाका लाम हरुमा
आँफुलाई ढालेर स्वर्ग बाडदै छौ
आँफुलाई मासेर इश्वर देख्दै छौ
तिम्रो सहपाठिमा तिम्रो रथको अर्को पाङ्ग्रामा

बिश्वासको आग्लोको चुकुल फुस्कि सक्यो

विश्वासको लगामले करेली चुकी सक्यो
तिमि अझै मद् मस्त लोक लय हरुमा
संसार खोसेर त्यो तिम्रो बरदानको
सेकुवा पसल हरुमा अट्टाहास संगै

जय जय जय जय प्रणय दिवस

आरोही र सारथी दुई परिवार जोडी
कर जोडी बिन्ती मेरो सलाम छ है मेरो
सधैं सधैं खुसीरहुन जीवन सार्थक बनोस
गर्व गरुन डाहा बनोस जोडी प्रेमको
शिक्षा राम्रो दिक्षा राम्रो आधारशिला राम्रो
जुगल जोडी प्रेमको त्यो गीत गाइरहुन

हे लिलिपुट !

ती स्वनाम विरहरू त लिलिपुट भएछन
आफैं हराएर हुल भित्र एक्लै भएछन
हो तिनीहरू आफन्तको बस्तीमा
एकलै भई हराएछन
ठुलो जुलुशहरूमा नाक नाप्न आउथे
खैला बैलाहरूमा छाला को रंग खोज्दथे
अजंगको शिरको त्यो टोपी भुइमा झारेर
सीमानाहरू कोर्दथे