
खनी खोसरी (भ्रष्टाचार शृंखला – 2)
————————————
मोतीप्रसाद हुलाकका खरदार थिए ! पार्टीमा भनसुन गरेर आफ्नु पार्टीको यिनी ठुला समर्थक हुन् र चुनावमा चन्दा सहयोग आदि इत्यादिमा यिनको ठुलो सहयोग हुन्छ अद्यक्षज्यू ! भन्दै कर्णबहादुरले सिफारिस गरेर एक तह बढुवा गराएर मोतीप्रसादलाई भन्सार कार्यालयमा सरुवा गराए । त्यो वीरगंजको उपलब्धि थियो । त्यो पार्टी समीपताको कुरा थियो । चन्दा चाकडी यस्तै यस्तै कर्णबहादुरको जे होस् आफ्ना नजिकका नाता पर्ने सालीपट्टिका यी मोतीप्रसादको सत्ता समिपताको कारणले राम्रै ठाउमा पोस्टिंग गराए भन्सार कार्यालय त्यो पनि वीरगंज ।
बिचरा मोतीप्रसाद सामान्य परिवारका सिदा सादा थिए । भन्सारको जागिर भएपछि तिनको रवाफमा छिट्टै नै परिवर्तन आयो । एक महिनाभित्र पल्सर मोटर साइकलमा तिनी हिड्न थाले । अर्को एक सालमा मारुती कार तिनले चढेको देखियो । अनि त्यसको ६ महिना पछि त कोरोलामा उनी हुइकिदै गरेको चर्चा चल्यो । गाउँ घरमा ठुलै हल्ला भयो । मोतीप्रसादले निक्कैनै कमायो । कस्तो भाग्यमानी रहेछ । वारिपारि गाडीको ब्यापार गर्छ अरे । भन्सार त आलुको बोराको जस्तो पो हुन्छ अरे । कस्तो ठाउमा परेछ हो नि हौ ? मान्छे त भाग्यमानी पो रहेछ । यस्तै यस्तै गफहरू चिया पसलमा कल्ब्रेकमा क्याराम बोर्डमा खाइरहेका र खेलिरहेका बेला खुब चर्चा हुन्थ्यो । अनि काठमाण्डुमा यसो एउटा घडेरी पनि जोडेको छ अरे भन्थे यस्तै चर्चाहरू सुनिन्थ्यो ।
पोहोर साल काठमान्डू गएको थिए । यसो पशुपतिको पनि दर्शन अनि सिद्राको पनि ब्यापार भन्ने उखान जस्तै काम न काज काठमान्डूको असनको गल्लीमा घुम्दै थिए । तिनै मोतीप्रसादसँग भेट भयो गाउले मान्छे ठुलो शहरमा भेट्दा खुशी लाग्यो । मैले यतै घर बनाएको छु । जाऊ भने म पनि एक्लो मान्छेपछि लागि हालें । गाउमा सबैले खरदार साहब भन्थे । मैले त्यही सम्बोधन गरें । अलिक रिसाए जस्तो म कहाँ खरदार हो र सुब्बा पो हो भने । म बोलिन उनको पछि पछि लागिरहें । भोटाहिटीतिर निस्किएर उनको कार चढ्यौं । कार बानेस्वरतिर हुइङ्कियो त्यो जापानीज होन्डा थियो । करिब यो कारको दाम यहा एक करोड जति पर्छ यसो खनी खोस्री गरेर अस्ति भर्खरै किनेको ६ महिना पनि भाको छैन भन्दै थिए । मलाई त्यो कुरामा केही चासो थिएन । न त म कारको ब्रान्ड नत दामको भेउ पाउने भए । पो त्यो त मेरो बुता बाहिर को कुरा थियो मैले सुनिरहें।
अन्तर्राष्ट्रिय सम्मेलन भवन छेउमा अलिक पछाडि गएर एउटा ठुलो घरको छेउमा त्यो होन्डा कार रोकियो । सात तले त्यो घरले साच्चैनै त्यो ठाउको प्रतिनीधित्व गरेको थियो । किनभने छेउ छाउमा अरु साना घर मात्र थिए । भित्र लगेर सबैभन्दा माथिल्लो तलामा हामी बस्यौं । चिसो तातो के भन्दै उनले मलाई सोधे । मैले सादा पानी मागेँ । उनी भन्दै गए “हेर्नुस न यसो खनी खोस्री गरेर दुई वर्ष वीरगंजमा जागिर खाएर यसो एउटा टहरो बनाको मान्छेले देख्न सकेनन । अख्तियारमा मुद्धा हालेछन अहिले जागिर पो सस्पेन्ड छ । मेरो त नून तेललाई नै गारो भै सक्यो केही किन्नु पर्दैन थियो । सबै शुभचिन्तकहरूले यसो माया गरेर पठाई दिन्थे । बाटै बन्द भा छ अहिले यसो खाको लाको देख्न सक्दैनन् के गर्नु र ?”
मैले प्रश्न सोधें, “होइन यत्रो घर बनाउनु भएछ । प्रगति त छिटो अनि ठुलो देखियो चिट्ठा पार्नु भो कि के हो ? खरदार साहब।”
अलिक रिसाएको भावमा उनले उत्तर दिए, “केको चिट्ठा पार्नु नि ? यसो खनी खोस्री गर्दै थिएँ । कस्तो डाहा गरेका हुन् कुन्नि !”
मलाई पनि डाहा हो कि के हो उकुसमुकुस भयो । मनमनमा – सम्झंदै झरे खनी खोसरीमा यस्तो छ पुरै भत्काउन पाएको भए त के हुन्थ्यो होला यिनको आफ्नु टिनको छानु र सेन्टर बेरा को घर सम्झंदै -सम्झायो मनले खनी खोसरीभन्दा त्यही नै ठुलो जस्तो लाग्यो ।
मलाई बसी सक्नु भएन पोलेर आयो । त्यो एक वर्षको कमाइ कसरी यत्रो भयो भाउन्न छुट्यो । पछि फेरि भेटौला भनेर म छिटो छिटो उत्रिए ।
शान्तिराम ढकाल
क्यालिफोर्निया
प्रथम पटक प्रकाशित – 2014-04-22 07:59:53 +0900
philo
