Skip to content


ती स्वनाम वीर हरू त लिलिपुट भएछन
आफैं हराएर हुल भित्र एक्लै भएछन
हो तिनीहरू आफन्तको बस्तीमा
एकलै भई हराएछन
ठुलो जुलुशहरूमा नाक नाप्न आउथे
खैला बैलाहरूमा छाला को रंग खोज्दथे
अजंगको शिरको त्यो टोपी भुइमा झारेर
सीमानाहरू कोर्दथे
आज त्यो आफन्त को बस्तीमा हराएछन
भिन्नताको राग अलापेर
तिम्रो मेरो मायाको सङ्गम तोड्छु भन्थे
उनी आज आफैं तोडिएछन
हिजो तालमा ताल मिलाएर
गीत बेग्लै गाउँ भन्थे
आज तिनको गलामा सुर नै अबरुद्ध भएछ
अँझै पनि कहीं कतै तिम्लाई थाँती राखेर
उनी पाखा लाग्दै पाखा लाग्दै आगो बालिरहेछन
हिलाम्मे पार्न तल्लिन छन्
पानी धमिलो पार्दै छन्
हे लिलिपुट तिमी उफ़्रियौ म हेर्दै थिएँ
उदण्डताको त्यो उफ़्राइमा झेला पनि गर्यौ तिम्ले
बेसार नूनको ऐन्चो पैंचो भित्ता बार लायौ तिम्ले
हे लिलिपुट !

Leave a Reply

Your email address will not be published. Required fields are marked *