Skip to content

तिमी यात्रा जिन्दगीको तिमी नारी हौ


नारी तिमी आमा हौ
पत्नी प्रेमिका मित्र हौ
बुहारी छोरी बहिनी हौ
तिमी नन्द भाउजू देउरानी जेठानी हौ
काकी बडीआमा फुपू तिमी सासू हौ
माईजु तिमी भान्जी तिमी तिमी सम्वन्ध हौ
हजुरआमा नातिनी तिमी हौ तिमी साथी हौ
अनन्त यात्राको सुमधुर जिन्दगी तिमी हौ
तिमी भित्रको स्वयंको स्वय म तिमी हौ
तिमी धर्ती हौ तिमी आधा आकाश हौ
सहकर्मी तिमी हौ तिमी पाठशाला हौ
तिमी शिल सुशील अनि दया हौ
मायाँको तिमी आफैं प्रेयशी पनि हौ
दयाको आँचलमा तिमी देवी हौ
ईश्वरको तिमी प्रति रुप हौ
पालन पोषण को तिमी अमृत हौ
सुन्दरताकी तिमी प्रति मूर्ति हौ
नारी तिमी आफैंमा स्वयम हौ
यो संसारको तिमी पूरक हौ
आनन्दकी प्रतिमूर्ति तिमी हौ
भव्य भुषण को भण्डार अमृतको खानि हौ
तिमी सुमधुर यात्रा जीवनको
तिमी यात्रा जिन्दगीको तिमी नारी हौ
तिमी आधा आकाशको सम्पूर्ण धर्ती हौ
तिमी जगत जननी हौ
=======================
अन्तर्राष्ट्रिय नारी दिवस २०१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *