माया प्रेम आँशु (टुक्रे कविता)


१) बाड्दा बाड्दा
कहिल्यै नसकिने
मनचिन्ते भाँडो ! (माया)

२) हेरा हेर भयो
मनले मन देख्यो
कसक्क अंगालोमा
आपसमा कसियो ! (प्रेम)

३) मनको मझेरीबाट
आँखाको परेली सिंचिदै
तपक्क तपक्क
भक्कानु चुहियो ! (आँशु)

४) मनको बादलमा
अपघातको
कालो तुवाँलो ! (रिस)

५) पूजाको थालीमा
खोलेर राखिएको
नसल्किएको अगरबत्ती ! (लोग्ने)
6)खुल्ला पन्नामा
मेटिदै गरेको
अक्षरहरु (जिन्दगी)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *