किर्ते तमसुक !
…………—–
जिन्दगी त भावी ले लेखेको
किर्ते तमसुक पो रहेछ
भावीले जाल झेल गरेको पो रहेछ
मजाको यो जिन्दगी भन्दै
लट्ठ लट्ठ्याउने पो रहेछ
जिन्दगी त अभावहरुको जंगलमा
औंशीको अध्यारो पो रहेछ
धमिराको देवलमा
तप्प तप्प चुहुने पानी पो रहेछ
जिन्दगी त हरियो सिष्नु पात
छुँदा हातै पोल्ने पो रहेछ
घाउ हरु पाकेर धंग धंगती औंशा पो रहेछ
मायाको नाममा अलमल रहेछ
हो जिन्दगी त जाल झेल गरेर
भावीले लेखेको किर्ते तमसुक पो रहेछ
ओरालोमा ढुंगा बर्साउने अनि
बालुवाको घरमा पसेको समुन्द्री भेल रहेछ
कर्कलाको पातमा फलेको
शीतको थोपा रहेछ
हो जिन्दगी त आशाको कन्चनजंगा मा
निरासाको मरुभूमि रहेछ
थाहा नै नपाइ रित्तिदो रहेछ
जिन्दगी भावीले लेखेको
किर्ते तमसुक पो रहेछ !!
================
शान्तिराम ढकाल
आर्टेसिया, क्यालिफोर्निया ।
