मालती र डिट्ठा बाजेहरु …….

मालती र डिट्ठा बाजेहरु …….
—————————-
यो साल त मालती
घर फर्की छे
डिट्ठा बाजे , सुब्बा साहेब
डीके हल्दार खुसी भए अरे
मालतीको मंगलेले
गाउँ छोड्यो अरे
अत्तो पत्तो छैन कहाँ गयो त्यो
मालती आउने थाहा पाई
हराएछ मंगले
त्यो जसले मालतीलाई
बिहेको बहानामा
बम्बैको बजारमा बेचेको थियो

हिजो जस्तै आज पनि
त्यो मालतीको रुप रंग
अनि त्यो मादकता
मालतीको रुपले
डिट्ठा बाजे खुसी थे
डीके हल्दार मक्ख थ्यो
सुब्बा साहब ढुक्क थे
गाउनै मक्ख थ्यो
लोग्ने मान्छे मक्ख थे
स्वास्नी मान्छे छक्क थे
गाउँ नै त्यो खुसी भो
मालती को फिर्तीमा मा

त्यो गाउँ सम्पन्नताको सूचक थियो
भरिपुर्णताको नमुना थियो
त्यो गाउँ गरिव धनीको सिमा भन्दा
आपसी सद्भाव र सम्बन्धको
नाता थियो नाम थियो
मान थियो सम्मान थियो

एकदिन गाउँ नै हल्लियो
मालती बिरामी भई अरे
धामी झाँक्री लाए पनि
उसलाई निको भएन अरे
अस्ति भर्खरै
ठुलो डाक्टर को मा लगे अरे
हिजो गाउँमै रिपोर्ट आएछ
मालतीलाई निको नहुने रोग लागेछ
मंगले ले ठुलो पाप गरेछ
नबेच्ने ठाउमा बेचेछ
गाउँ सबै दुखी भो
हल्ला खल्ला बढ्दै गो

मालतीको भट्टीमा
ठुलै भिंड लाग्थ्यो रे
डिट्ठा बाजे झस्के रे
डीके हल्दार तर्स्यो रे
सुब्बा साहेव भन्दै थे
किन आइछे त्यो मोरी
अब सबै सकी नि
गाउँ सबै भाँडियो
सबको इज्जत माडियो

ठुलै भुकम्प आयो रे
गाउँ सबै हल्लियो रे
मालतीको फिर्तीमा
गाउँ सबै तर्सियो !!
———————
क्यालिफोर्निया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *