अचानक मध्यान्हमै रात भयो यज्ञप्रसाद गिरी गजल by editorDecember 24, 2019अचानक मध्यान्हमै रात भयो निर्दोष मन मेरो आहात भयो चिन्न सकिन, प्राथमिकता उसको साथ दिन्छु भन्नेबाटै घात भयो सफर रहेछ, हाम्रो दोबाटोसम्म बाचा मात्र पिपलको पात भयो
अनाहकमा नेपालीको देश यज्ञप्रसाद गिरी गजल by editorDecember 14, 2019अनाहकमा नेपालीको देश दुखेको छ हिमाल, पहाड, तराई त विशेष दुखेको छ जात-जाति, ईतिहास र स्वाभिमान कतै सदियौंको संस्कृति, भाषा, भेष दुखेको छ उद्धत लोभि नेताहरु. भस्त्राचार ठगी गर्न यी देशको अङ्ग अङ्ग, परिवेश दुखेको छ
थियौ घनिष्ट मित्र यज्ञप्रसाद गिरी गजल by editorDecember 7, 2019थियौ घनिष्ट मित्र, याद आयौ रहेछौ मनभित्र , याद आयौ सरल थियौ, उदार पनि थियौ त्यसमा पनि पवित्र, याद आयौ नजिक दिलको थियौ, बिरानो भयौ देखायौ हरकत विचित्र, याद आयौ
ढोका छाडी झ्यालबाट चिहाउने यज्ञप्रसाद गिरी गजल by editorNovember 19, 2019ढोका छाडी झ्यालबाट चिहाउने, कस्ता छिमेकी तिमी ? अरुको सम्पदामा र्याल चुहाउने, कस्ता छिमेकी तिमी ? कपडा त कपडा नै हो, कमर बेरे ’नि, शिर ढाके ’नि फोहरीको लगौटीझै गन्हाउने, कस्ता छिमेकी तिमी ? धर्म संस्कृति र छोरी-बेटीको सम्बन्धको ’नि कुरा गर्ने अप्ठ्यारोमा पारी, धाँटी समाउने, कस्ता छिमेकी तिमी ?
उखान तथा बखान सुनियो यज्ञप्रसाद गिरी गजल by editorNovember 5, 2019उखान तथा बखान सुनियो, देखिएन विकास केही इदम भ्रष्टम, उदम भ्रष्टम, भाको छैन खास केही चुन्या रैछौ डाकै डाका, अब पोल खुल्न थाल्यो खाटी कुरा बुझ्दै जादा, बाकी छैन विश्वास केही लोभी पापी, छानी छानी बनाइए हर्ताकर्ता कोही जान्छन जेलभित्र, अब लाग्छन बनवास केही ।
रात, साँझ, दिन र बिहान दुख्यो यज्ञप्रसाद गिरी गजल by editorOctober 5, 2019रात, साँझ, दिन र बिहान दुख्यो उसको उपेक्षाले स्वाभिमान दुख्यो । नखेल्नु सम्वेदनशील दिलमा हजुर अतित भक्कानियो, वर्तमान दुख्यो । गुनासो कसैसँग पनि कुनै छैन मेरो तैपनि आज दिलको उडान दुख्यो ।
आघातहरू कति कति यज्ञप्रसाद गिरी गजल by editorSeptember 24, 2019आघातहरू कति कति, गन्न गाह्रो भो को आफ्नो हो को पराया, भन्न गाह्रो भो अतितको छुरी तिखो, रोपिएर होला वर्तमान छिन्न भिन्न, चिन्न गार्हो भो बेवारिसे वस्तु बने, टुक्रा ह्रदयका धैर्यताको धागोले नि, तुन्न गाह्रो भो
जे गर्दा नि यज्ञप्रसाद गिरी गजल by editorSeptember 15, 2019जे गर्दा, नि उसको मनमा बस्नै सकिएन मुल ढोका खोली भित्र, पस्नै सकिएन भन्ने गर्थी तिमीलाई, दिल दिएकी छु कतिवटा दिल रैछन्, बुझ्नै सकिएन आजभोलि देखिंदै छ, पराईको पारा यस्तो पनि होला भनी, सोच्नै सकिएन
तिमी मेरो सम्झनामा यज्ञप्रसाद गिरी गजल by editorJuly 1, 2019तिमी मेरो सम्झनामा, आयौ सुस्त-सुस्त सुगन्धझै ह्रदयमा, छायौ सुस्त-सुस्त हर्ष हो कि पिडा हो यो, या हो अन्य केही मात बनी मस्तिष्कमा, छायौ सुस्त-सुस्त असर कस्तो पर्यो कुन्नी तिम्रो चाहनाको कुटु-कुटु गर्दै मुटु, खायौ सुस्त-सुस्त
मलाई जस्तै तिम्लाई नि यज्ञप्रसाद गिरी गजल by editorJune 1, 2019मलाई जस्तै तिम्लाई नि, बाँच्नु खल्लो ला’को छ कि ? तिम्रोतिर टोलाई राख्ने, नौलो रोग आ’को छ कि ? मेला –उत्सव चाड-पर्व, लाग्न छोड्यो रमाइलो तिम्रो पनि मेरो जस्तै,मन उडी रा’को छ कि ? केही कुरा हराएझैं, मनको भित्री ढुकुटीको नभेटिने आशंकाले मनै खिन्न भा’को छ कि ?
माया के हो यज्ञप्रसाद गिरी गजल by editorApril 20, 2019माया के हो परिभाषा, फुर्नै सक्या छैन; चित्त बुझ्ने अर्थ पनि, जुर्नै सक्या छैन । (१) मेल बिनै बाँच्ने हिजो, प्रेम गर्ने जोडी, आफ्नै बीचको दुरी पनि पुर्नै सक्या छैन । (२)
लाखौ तारा आकाशमा यज्ञप्रसाद गिरी गजल by editorAugust 12, 2018लाखौ तारा आकाशमा, एउटा जुन छैन तरकारीमा मसला छ, तर नून छैन । मर्दै गयो उत्साह,नि, यात्रा भयो खल्लो जिन्दगीको सितारमा, कुनै धुन छैन ।
कसैलाई आजभोलि बोल्नै गाह्रो यज्ञप्रसाद गिरी गजल by editorJuly 29, 2018कसैलाई आजभोलि बोल्नै गाह्रो भा’छ अम्बाभन्दा बिदेशको स्याउ प्यारो भा’छ के खानु र गुन्द्रुक-ढिंडो साला पहाड्को हिजोसम्म मीठो बोली आज ठाडो भा’छ उतार-चढाव समयको यस्तै हुदो रैछ अस्तित्वनै सम्बन्धको आज तारो भा’छ
एकातिर देवता यज्ञप्रसाद गिरी गजल by editorDecember 24, 2016एकातिर देवता, पूजा र मन्दिर छ अर्कोतिर पहिल्यै तोकेको तक्दिर छ एकातिर आशावादी सोच र गन्तव्य वर्तमान अनकन्टार तारे भिर छ
मायामा मनको चाहना यज्ञप्रसाद गिरी गजल by editorDecember 4, 2016मायामा मनको चाहना बेहिसाब हुन्छ ब्यापारमा मात्र दौलतको हिसाब हुन्छ चाहना के हो यसै भन्न सकिन्न हजुर मनको भित्री गहिराइबाट दबाब हुन्छ
ब्यस्त हुनु, खुसी हुनु यज्ञप्रसाद गिरी गजल by editorSeptember 20, 20151 Commentब्यस्त हुनु, खुसी हुनु, हाँस्नु अनि हँसाउनु; स्वार्थ आफ्नो पुरा गर्नु, छोटो बाटो समाउनु बिर्सी दिनु, यावत कुरा, आजैदेखि अतितका; सूर्यास्तको बेला पनि, तिमी चाहि उदाउनु देखाउन अरुलाई, झार्दै आँसु गोही सरी; सोचे जस्तो भएकै छ, भित्र-भित्रै रमाउनु
कसैलाई विश्वास गर्दा यज्ञप्रसाद गिरी गजल by editorAugust 15, 2015कसैलाई विश्वास गर्दा, म धोका खाएको मान्छे; सरल हृदयको कारण, हुँ दुख पाएको मान्छे । बनिन सभ्य मनमा द्वेष, र ओठमा हाँसो लिई; त्यसैले सभ्य समाजमा, अट्दै नअटाएको मान्छे । सावधान मित्र ! छुरा बोकी, चिप्लाकुरा गर्नेसँग; म त मेरै कमजोरीले, सर्वश्व गुमाएको मान्छे ।
आमा तिम्ले कोख (संयुक्त गजल) खगेन्द्र साउद समर्पण मञ्जु तिवारी यज्ञप्रसाद गिरी रामकृष्ण पौडेल अनायास लक्ष्मण मिलन विष्ट शैलेन्द्र थापा सपना खनाल गजल by ksDecember 30, 2012आमा तिम्ले कोख बाँझै राखेको भए हुन्थ्यो भ्रष्ट्र सन्तान पाउनु भन्दा मासेको भए हुन्थ्यो -रामकृष्ण पौडेल अनयास आँखा भरी हिमचुली नितान्त एक मेरो कथा बोकी सदा सिङ्गो आश्मान ढाकेको भए हुन्थ्यो -लक्ष्मण ‘मिलन’ विष्ट