Skip to content

यज्ञप्रसाद गिरी

अचानक मध्यान्हमै रात भयो

अचानक मध्यान्हमै रात भयो
निर्दोष मन मेरो आहात भयो

चिन्न सकिन, प्राथमिकता उसको
साथ दिन्छु भन्नेबाटै घात भयो

सफर रहेछ, हाम्रो दोबाटोसम्म
बाचा मात्र पिपलको पात भयो

अनाहकमा नेपालीको देश

अनाहकमा नेपालीको देश दुखेको छ
हिमाल, पहाड, तराई त विशेष दुखेको छ

जात-जाति, ईतिहास र स्वाभिमान कतै
सदियौंको संस्कृति, भाषा, भेष दुखेको छ

उद्धत लोभि नेताहरु. भस्त्राचार ठगी गर्न
यी देशको अङ्ग अङ्ग, परिवेश दुखेको छ

थियौ घनिष्ट मित्र

थियौ घनिष्ट मित्र, याद आयौ
रहेछौ मनभित्र , याद आयौ

सरल थियौ, उदार पनि थियौ
त्यसमा पनि पवित्र, याद आयौ

नजिक दिलको थियौ, बिरानो भयौ
देखायौ हरकत विचित्र, याद आयौ

ढोका छाडी झ्यालबाट चिहाउने

ढोका छाडी झ्यालबाट चिहाउने, कस्ता छिमेकी तिमी ?
अरुको सम्पदामा र्‌याल चुहाउने, कस्ता छिमेकी तिमी ?

कपडा त कपडा नै हो, कमर बेरे ’नि, शिर ढाके ’नि
फोहरीको लगौटीझै गन्हाउने, कस्ता छिमेकी तिमी ?

धर्म संस्कृति र छोरी-बेटीको सम्बन्धको ’नि कुरा गर्ने
अप्ठ्यारोमा पारी, धाँटी समाउने, कस्ता छिमेकी तिमी ?

उखान तथा बखान सुनियो

उखान तथा बखान सुनियो, देखिएन विकास केही
इदम भ्रष्टम, उदम भ्रष्टम, भाको छैन खास केही

चुन्या रैछौ डाकै डाका, अब पोल खुल्न थाल्यो
खाटी कुरा बुझ्दै जादा, बाकी छैन विश्वास केही

लोभी पापी, छानी छानी बनाइए हर्ताकर्ता
कोही जान्छन जेलभित्र, अब लाग्छन बनवास केही ।

रात, साँझ, दिन र बिहान दुख्यो

रात, साँझ, दिन र बिहान दुख्यो
उसको उपेक्षाले स्वाभिमान दुख्यो ।

नखेल्नु सम्वेदनशील दिलमा हजुर
अतित भक्कानियो, वर्तमान दुख्यो ।

गुनासो कसैसँग पनि कुनै छैन मेरो
तैपनि आज दिलको उडान दुख्यो ।

आघातहरू कति कति

आघातहरू कति कति, गन्न गाह्रो भो
को आफ्नो हो को पराया, भन्न गाह्रो भो

अतितको छुरी तिखो, रोपिएर होला
वर्तमान छिन्न भिन्न, चिन्न गार्हो भो

बेवारिसे वस्तु बने, टुक्रा ह्रदयका
धैर्यताको धागोले नि, तुन्न गाह्रो भो

जे गर्दा नि

जे गर्दा, नि उसको मनमा बस्नै सकिएन
मुल ढोका खोली भित्र, पस्नै सकिएन

भन्ने गर्थी तिमीलाई, दिल दिएकी छु
कतिवटा दिल रैछन्, बुझ्नै सकिएन

आजभोलि देखिंदै छ, पराईको पारा
यस्तो पनि होला भनी, सोच्नै सकिएन

तिमी मेरो सम्झनामा

तिमी मेरो सम्झनामा, आयौ सुस्त-सुस्त
सुगन्धझै ह्रदयमा, छायौ सुस्त-सुस्त

हर्ष हो कि पिडा हो यो, या हो अन्य केही
मात बनी मस्तिष्कमा, छायौ सुस्त-सुस्त

असर कस्तो पर्यो कुन्नी तिम्रो चाहनाको
कुटु-कुटु गर्दै मुटु, खायौ सुस्त-सुस्त

मलाई जस्तै तिम्लाई नि

मलाई जस्तै तिम्लाई नि, बाँच्नु खल्लो ला’को छ कि ?
तिम्रोतिर टोलाई राख्ने, नौलो रोग आ’को छ कि ?

मेला –उत्सव चाड-पर्व, लाग्न छोड्यो रमाइलो
तिम्रो पनि मेरो जस्तै,मन उडी रा’को छ कि ?

केही कुरा हराएझैं, मनको भित्री ढुकुटीको
नभेटिने आशंकाले मनै खिन्न भा’को छ कि ?

माया के हो

माया के हो परिभाषा, फुर्नै सक्या छैन;
चित्त बुझ्ने अर्थ पनि, जुर्नै सक्या छैन ।
(१)

मेल बिनै बाँच्ने हिजो, प्रेम गर्ने जोडी,
आफ्नै बीचको दुरी पनि पुर्नै सक्या छैन ।
(२)

कसैलाई आजभोलि बोल्नै गाह्रो

कसैलाई आजभोलि बोल्नै गाह्रो भा’छ
अम्बाभन्दा बिदेशको स्याउ प्यारो भा’छ

के खानु र गुन्द्रुक-ढिंडो साला पहाड्को
हिजोसम्म मीठो बोली आज ठाडो भा’छ

उतार-चढाव समयको यस्तै हुदो रैछ
अस्तित्वनै सम्बन्धको आज तारो भा’छ

ब्यस्त हुनु, खुसी हुनु

ब्यस्त हुनु, खुसी हुनु, हाँस्नु अनि हँसाउनु;
स्वार्थ आफ्नो पुरा गर्नु, छोटो बाटो समाउनु

बिर्सी दिनु, यावत कुरा, आजैदेखि अतितका;
सूर्यास्तको बेला पनि, तिमी चाहि उदाउनु

देखाउन अरुलाई, झार्दै आँसु गोही सरी;
सोचे जस्तो भएकै छ, भित्र-भित्रै रमाउनु

YagyaPrasadGiri

कसैलाई विश्वास गर्दा

कसैलाई विश्वास गर्दा, म धोका खाएको मान्छे;
सरल हृदयको कारण, हुँ दुख पाएको मान्छे ।

बनिन सभ्य मनमा द्वेष, र ओठमा हाँसो लिई;
त्यसैले सभ्य समाजमा, अट्दै नअटाएको मान्छे ।

सावधान मित्र ! छुरा बोकी, चिप्लाकुरा गर्नेसँग;
म त मेरै कमजोरीले, सर्वश्व गुमाएको मान्छे ।

आमा तिम्ले कोख (संयुक्त गजल)

  • by

आमा तिम्ले कोख बाँझै राखेको भए हुन्थ्यो
भ्रष्ट्र सन्तान पाउनु भन्दा मासेको भए हुन्थ्यो
-रामकृष्ण पौडेल अनयास

आँखा भरी हिमचुली नितान्त एक मेरो कथा
बोकी सदा सिङ्गो आश्मान ढाकेको भए हुन्थ्यो
-लक्ष्मण ‘मिलन’ विष्ट