Skip to content

कसैलाई विश्वास गर्दा

YagyaPrasadGiri


कसैलाई विश्वास गर्दा, म धोका खाएको मान्छे;
सरल हृदयको कारण, हुँ दुख पाएको मान्छे ।

बनिन सभ्य मनमा द्वेष, र ओठमा हाँसो लिई;
त्यसैले सभ्य समाजमा, अट्दै नअटाएको मान्छे ।

सावधान मित्र ! छुरा बोकी, चिप्लाकुरा गर्नेसँग;
म त मेरै कमजोरीले, सर्वश्व गुमाएको मान्छे ।

सक्कली खोज्नु भा’छ कठिन, मिसावटी जमानामा;
म त सत्यको खोजी गर्दा, उहिल्यै हराएको मान्छे ।

माया-माया रहेन हजुर, बिक्रीको बस्तु बनी सक्यो;
क्षणमै हुने परिवर्तनसँग, म त डराएको मान्छे ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल, आश्विन १४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *