Skip to content

एकातिर देवता


एकातिर देवता, पूजा र मन्दिर छ
अर्कोतिर पहिल्यै तोकेको तक्दिर छ

एकातिर आशावादी सोच र गन्तव्य
वर्तमान अनकन्टार तारे भिर छ

भनिन्छ विजय त सत्त्यको नै हुन्छ
अर्कोतिर भष्ट्राचारीकै ठाडो शिर छ

सैकडौ नेता छन्, गणनामा यो देशमा
स्थिति भने देशको, सारै गम्भिर छ

भोलि पलाउलान, लीलामणि र गोविन्दहरू
आज अशक्त जोर्नीहरू र, कुहिएको शिर छ

यज्ञप्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
भदौ, २१, २०७२ साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *