कसैलाई आजभोलि बोल्नै गाह्रो


कसैलाई आजभोलि बोल्नै गाह्रो भा’छ
अम्बाभन्दा बिदेशको स्याउ प्यारो भा’छ

के खानु र गुन्द्रुक-ढिंडो साला पहाड्को
हिजोसम्म मीठो बोली आज ठाडो भा’छ

उतार-चढाव समयको यस्तै हुदो रैछ
अस्तित्वनै सम्बन्धको आज तारो भा’छ

थाहै हुन्न समयले कहिले कोल्टो फेर्छ
हिमनदी साघुरिंदै ढुङे धारो भा’छ

बिचित्र पो हुदो रैछ, मानिसको मन
हिजोसम्म भुवा जस्तो, आज साह्रो भा’छ

आनन्दबस्ती, ललितपुर
बैशाख २२, २०७५ साल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *