Skip to content

मायामा मनको चाहना


मायामा मनको चाहना बेहिसाब हुन्छ
ब्यापारमा मात्र दौलतको हिसाब हुन्छ

चाहना के हो यसै भन्न सकिन्न हजुर
मनको भित्री गहिराइबाट दबाब हुन्छ

बुझ्नै कठिन कस्तो नशा यो प्रेमको
सुखद भएर पनि यो खराब हुन्छ

सारै अस्थिर हुने रहेछ यो चाहना पनि
कुन बेला कस्को कता झुकाब हुन्छ

अनुमान गर्नै कठिन छ भविष्य प्रेमको
कहिले कुन दिशातिर समयको बहाव हुन्छ

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
बैशाख ३०, २०७३ साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *