Skip to content

थियौ घनिष्ट मित्र


थियौ घनिष्ट मित्र, याद आयौ
रहेछौ मनभित्र , याद आयौ

सरल थियौ, उदार पनि थियौ
त्यसमा पनि पवित्र, याद आयौ

नजिक दिलको थियौ, बिरानो भयौ
देखायौ हरकत विचित्र, याद आयौ

आफैं पस्यौ दिलमा र आफै हरायौ
बिझिरह्यौ भित्र भित्र, याद आयौ

माने आदर्श प्रेमको प्रतिक सधैं
देखियो बेग्लै चरित्र, याद आयौ

रचना: यज्ञ प्रसाद गिरी
कार्तिक २ गते, २०७६ साल
कोहलपुर, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *