जे गर्दा, नि उसको मनमा बस्नै सकिएन
मुल ढोका खोली भित्र, पस्नै सकिएन
भन्ने गर्थी तिमीलाई, दिल दिएकी छु
कतिवटा दिल रैछन्, बुझ्नै सकिएन
आजभोलि देखिंदै छ, पराईको पारा
यस्तो पनि होला भनी, सोच्नै सकिएन
के के कुरा लुक्दो रै,छ, चिप्लो बोलीभित्र
भन्ने कुरा पूर्वानुमान, गर्नै सकिएन
स्वभावको खेल हो कि ? खेल समयको
छुट्याउन कुनै कसी, कस्नै सकिएन
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
