Skip to content

ढोका छाडी झ्यालबाट चिहाउने


ढोका छाडी झ्यालबाट चिहाउने, कस्ता छिमेकी तिमी ?
अरुको सम्पदामा र्‌याल चुहाउने, कस्ता छिमेकी तिमी ?

कपडा त कपडा नै हो, कमर बेरे ’नि, शिर ढाके ’नि
फोहरीको लगौटीझै गन्हाउने, कस्ता छिमेकी तिमी ?

धर्म संस्कृति र छोरी-बेटीको सम्बन्धको ’नि कुरा गर्ने
अप्ठ्यारोमा पारी, धाँटी समाउने, कस्ता छिमेकी तिमी ?

म बुझेका हुन्छन, आपसी कुरा एक-अर्काका
जाना-जान आफैलाई नङ्ग्याँउने, कस्ता छिमेकी तिमी ?

कहिले अङ्गालोमा बेर्न खोज्ने, आफ्नो स्वार्थ पुरा हुँदा
अन्यथा ब्वाँसोझै धम्काउने, कस्ता छिमेकी तिमी ?

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
भदौ ७, २०७२ साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *