Skip to content


आमा तिम्ले कोख बाँझै राखेको भए हुन्थ्यो
भ्रष्ट्र सन्तान पाउनु भन्दा मासेको भए हुन्थ्यो
-रामकृष्ण पौडेल अनयास

आँखा भरी हिमचुली नितान्त एक मेरो कथा
बोकी सदा सिङ्गो आश्मान ढाकेको भए हुन्थ्यो
-लक्ष्मण ‘मिलन’ विष्ट

प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री भन्नु भन्दा
सबैलाई भष्ट्र भनी टाँसेको भए हुन्थ्यो
-यज्ञप्रसाद गिरी

किन सधै छुरा भाला रोपिन्छ यो घरमा
थोरै स्नेह पनि कहीँ पालेको भए हुन्थ्यो
-खगेन्द्र साउद समर्पण

रोयौ होला आमा धेरै, छोरा छोरीको मानी पिर
पृथ्बीका भारलाई नजन्माई तिमी, हाँसेको भयहुन्थ्यो
– मञ्जु तिवारी

अति भयो है अब त आमा सोचेर यहाँ फेरि पनि
गुँणवान एक जन्माई यीनलाई नासेको भए हुन्थ्यो!
-शैलेन्द्र थापा

रिसराग बिर्सिएर सन्तानहरूले पनि
प्रेमको माला एक-आपसमा गासेको भए हुन्थ्यो
-सपना खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *