Skip to content

गजल (परदेशीको दशैँ)


दशैँ आयो दशैँ आयो निधार यो खाली भयो
पोहोर त रातै थियो सुन्य यसै पाली भयो

निष्ठुरी भो समय यो मान्छे उस्तै पापी यहाँ
जाली कै छ जमना यो संसार नै जाली भयो

पसिनाको धारा पोखी फुलाएको एउटा फूल
गमलामा सजाए थे गमला नै माली भयो

सम्हालेर राखेकै थे छछल्किए आँखाबाट
तप्प तप्प चुहे आँशु गह मेरो नाली भयो

नरुनु है प्यारी तिमी मलाई नै सम्झिएर
प्रदेशको जागिर यो आँफै लाई गाली भयो

पसिनाको धारा पुछ्दा कति दले निधारमा
सडकको गिटी बालुवा अक्षेताको थाली भयो

जीतु खड्का गाँउले

1 thought on “गजल (परदेशीको दशैँ)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *