Skip to content

गजल (चन्द्र सूर्य हैन तारा)


चन्द्र सूर्य हैन तारा उचालेर आए
जनता माझ झुटो नारा उचालेर आए ।।१।।

जंगली छ राज यहाँ जे गरे नि हुन्छ
पत्रकारको ती हत्यारा उचालेर आए ।।२।।

सडकबाटै सत्ता हामी हत्याउछौ भन्दै
नामर्दा र हुतिहारा उचालेर आए ।।३।।

परिभाषा लोकतन्त्रको ठोकतन्त्र जस्तै
तारे माले घोचा घारा उचालेर आए ।।४।।

सहमति गर भन्दै राष्ट्रपति हाम्रा
संविधानका उपधारा उचालेर आए ।।५।।

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब

2 thoughts on “गजल (चन्द्र सूर्य हैन तारा)”

  1. हजुरको बिस्लेसणलाई हार्दिक
    हजुरको बिस्लेसणलाई हार्दिक धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *