कल्पी कल्पी कल्पनामा ढल्छन मेरा रातहरू
ध्रुवतारा चम्किए झैँ बल्छन मेरा रातहरू
कोल्टे फेर्छु रातैभरि भाले बास्छ मिर्मिरेमा
सम्झनाको भुमरीमा गल्छन मेरा रातहरू
छुन खोज्दा बिलाउने मधुरो त्यो प्रतिबिम्ब
झझल्को मै झल्किएर टल्छन मेरा रातहरू
घसारिन्छु पसारिन्छु यथार्थको धरातलमा
बैसाखीको साहारामा चल्छन मेरा रातहरू
झस्किएर उठी हेर्दा कोही हुन्न वरिपरि
सुन्यताले जरा हाल्दै फल्छन मेरा रातहरू
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
