दु:खमा परेथेँ पाखुरी बजायौ
हाँसेरै रमायौ उत्सबै मनायौ
मेरो के गल्ती थ्यो गरीब हुनुमा
अशक्त ठानेर बेस्सरी सतायौ
अस्ताए हुनेथ्यो दु:खको दासता
गोधुलि साँझमा झुलुक्क उदायौ
मरेर के लान्छौ ? बेरेर कात्रोमा
इमान बेचेर तिमीले के पायौ?
युद्धको सिपाही म लडेरै मर्ने थे
कुर्सीको खेलमा भन काँ’ पठायौ