Skip to content

गजल (अछुतको दाग मेरो)


अछुतको दाग मेरो चोखिएको छैन अझै
पँधेरीमा छेक्ने चलन रोकिएको छैन अझै ।।१।।

भन्छौ तिमी नीति बन्यो हुन्न अब भेदभाव
उदाङै छ तिम्रो निती छोपिएको छैन अझै ।।२।।

अपराधी थुन्न भनी बनायौ रे झ्यालखाना
खुल्लै हिन्छ बलत्कारी कोचिएको छैन अझै ।।३।।

बुढा बाबा थला बसे छोरो उन्को मुग्लानी भो
पाखो बारी बाँझै देख्छु जोतिएको छैन अझै ।।४।।

समस्याको गाँठो खोल्न पठाएथ्यौ सदनभित्र
समस्या त जिउँका तिँउ सुल्झिएको छैन अझै ।।५।।

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

2 thoughts on “गजल (अछुतको दाग मेरो)”

  1. Aaha kati mitho yathartha
    Aaha kati mitho yathartha purn gajal .

    अछुतको दाग मेरो चोखिएको छैन अझै
    पँधेरीमा छेक्ने चलन रोकिएको छैन अझै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *