धर्म बेच्ने ब्यापारीले लोभ्याएर गए
ढल्किएको आफ्नो दुनो सोझ्याएर गए
मन्दिरमा दुध पोखी ढुङ्गा पुज्छौ भन्दै
नाना थरी दोष लगाई होच्याएर गए
शान्तिवार्ता भंग भयो को को मर्छ अब
थन्काएका हतियार उध्याएर गए
जो मरे नि नेपाली नै मर्छ भने यहाँ
दोबाटोमा किन धराप बिछ्याएर गए
मुर्छा पर्दै आमा रोइन काखी च्याप्दै छोरो
बिद्रोहको बुगुल फुक्दै अत्याएर गए
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
