सत्य सत्य धरो धर्म ढाँट्या छैन मैले
तिमी बाहेक अरुलाई आँट्या छैन मैले
किन व्यर्थै बुढो भन्छौ उमेर आफै भन्छु
दुई बीसा अँझै पनि काट्या छैन मैले
व्यर्थै किन शंका गर्छौ अर्की छ कि भन्दै
बाह्र जनासँग मुटु साट्या छैन मैले
केश सेतै फुले पनि कन्ने नै छु अँझै
पिरतीको डोरी कतै बाट्या छैन मैले
रात बढ्यो मात चड्यो बेहोसी थे हिजो
अधर तिम्रो चुमे होला चाट्या छैन मैले
