मन्दिरमा देवता देखिन मैले
तस्बिरमा देवता देखिन मैले
हो चढायौ तिमीले अक्षता फूल
अबिरमा देवता देखिन मैले
हँ-हँ हेर भनेर उफ्रिन्थ्यो धामी
शरीरमा देवता देखिन मैले
नगए हुन्छ चडेर उकालो बाटो
त्यो भिरमा देवता देखिन मैले
कनाउदै निधार के दोष दिन्छौ
तक्दिरमा देवता देखिन मैले
जीतु खड्का गाउले
मोरङ उर्लाबारी