मातृमायाँ

न्यानु वात्सल्यले जन्म भो देहको
धर्म संस्कारको ज्ञानले सिन्चियो
देवता जीवकी स्नेह गंगासरी
मातृमायाँ मिठो संझना मन्जरी ।।१।।

न्यानु वात्सल्यले जन्म भो देहको
धर्म संस्कारको ज्ञानले सिन्चियो
देवता जीवकी स्नेह गंगासरी
मातृमायाँ मिठो संझना मन्जरी ।।१।।

शिर मुकुट हीराको विश्वको ताज राम्रो
प्रकृतिज ढुकुटी यो रत्न सौभाग्य हाम्रो
अतुल जल अनेकौँ रूपमा जेलिएका
प्रकटित जलधारा निर्झरी हेलिएका ॥१॥
म पाँच वर्षको हुँदा बुबा भनेर चिन्दथें
समुद्र भित्र प्रेमको डुवेर स्नान गर्दथें
म ढुक्कले जहाँ तहाँ घुमेर खेल्न सक्दथेँ
जहाँ विपत्ति आउदा पिता भनी पुकार्दथेँ।१।।
हजूरबासँगै म वस्तुहेर्न खूब धाउँथे।
सिकेँ अनेक ग्रन्थ पङ्क्ति छन्दमा म गाँउथे
सुने कथा अगाडिका विपत्तिका र हर्षका
अनेक यत्न पुत्रका, चरित्रका सुमार्गका।।२।।
चाहनामा वाध्यता छ रुनु हास्नु जीन्दगी हो
कट्छ आयु पल्पल् गन्दै यही रित प्रकृतिको
संघर्षै हो जीवन भन्ने जहाँ पनि लड्नै पर्छ
बाढी भित्र सम्झनाको डुवे पनि वाच्नै पर्छ ।
भरोसा हो सन्जिवनी ईमान्दारी आधार हो
कर्म तप यज्ञै मानौ यो सन्सार अपार हो ।
भोंक प्यास त्रिष्णा चिन्ता हाँसो खुशि हावा सरि ।
आउने जाने रातोदिन प्राणवा़यु चले सरी ।