Skip to content


फुर्दै शुन्दर भाव भीत्र मनका भित्री कुना छाउने ।
हर्षोल्लास बढाइ बाँकी दिनमा शैाभाग्य चम्काउने ।।
फैलियोस सुकीर्ति वैभव बढी सत्मार्ग लागे मन ।
छर्दै अम्रितवाणी कण्ठ रसिलो वन्नेछ भावी दिन ।।१।।

जो जो छौं परदेशवास गरने आम्दानि राम्रो फलोस्।
नेपाली जति आप्रवासहरुको शौभाग्य वर्षा झरोस्। ।
दुष्ट्याँयी कपटी र लालचिपना त्याग्ने प्रतिज्ञा गरी।
उच्चावर्ग र मध्यवर्ग सवमा षड्यन्त्र जावोस् मरी।।२।।

नौलोशोच लिएर दृष्टि सबको बाँझा गरामा परोस्
माटो माफिकको लगेर विरुवा रोपी हरा देखियोस्
आँखाका जलमा डुबी दिनबिते भन्ने निमूखाहरू
खानेवस्तु र वस्त्र बस्न सबको सम्पन्नता होस् अरु।।३।।

नेतामा अनि राष्ट्रसेवकमहाँ पट्टी खुलोस् नेत्रको
आफू झुण्ड नपोसने मन बने हित् हुन्छ यो देशको
भ्रष्टाचार लिएर घूष नफसी नाता कृपामा मन
सिङ्गो देश बनाउने प्रण बनोस् सञ्झेर साझा धन।।४।।

जाऊन् ब्याधिसबै शरीर मनका आरोग्य होस् देहमा ।
लक्ष्यै पूर्ण हउन् जहान सवका भाग्यै खुलोस् गेहमा ।।
बैरी मित्रबनी जगाऊँ रसिलो सम्बन्धको पालुवा ।
अर्पेँ यो शुभकामना विजयको पूज्दै भवानी शिवा ।।५

Leave a Reply

Your email address will not be published. Required fields are marked *