Skip to content

मातृभूमिको संझना


आमा तिम्रो प्यारो माया छाती भित्रै अड्की रैगो
हाँस्ने खेल्ने गर्थ्यौ सारा कैदी जस्तो वंदै भैगो
वाँझा बारी छैनन् बाली डाँको छोड्दै वेंसी रुन्छन्
कस्ले दिन्छन् राम्रा जागिर् सव् तन्नेरी तेतै झुम्छन्

कस्ता नेता पायौं माता ! पेशा गर्छन् सेवा भन्दै
हाम्रो जग्गा मिच्दा किल्ला चिन्ता लिन्नन् कुर्सी छाम्दै
नाता पैसा गुण्डा झुट्टा छट्टू मान्छे हाम्रा नेता
कुर्सी भर्छन् त्यस्तै खोजी यो माटोको अर्कों बेथा

मेची कालीभन्दा टाढा नेपालीको जग्गा खायो
तीनै सीमा मिच्दै भित्रै सोझै फोर्ने गुण्डा ल्यायो
गोडा मोल्दै जान्छन् नेता आफ्नै भर्ने झोला जाली
रोके उद्य म फाटे श्वप्ना तिन्कै वक् वक् ढाक्ने टाली।

द्यौता रुन्छन् मठ्मन्दिर्का वृद्धा बाटो हेर्दै छोरा
परदेशीका पीडा अर्कै ठग्ने पापी पेल्ने मोरा
मार्ने मर्ने चुस्ने डस्ने गोर्खालीकै नाम्मा आयो
नेता रक्षित् तर्से सारा लामोंछाने मुद्दा पायो

नौटंकी यो शासक् कस्तो निवृत्तिले हाजिर् गर्ने?
दुख्खैपर्दा आफ्नो गाँस काटी सेवा तिन्ले गर्ने
परदेशीको रोयो आशा मात्रै विष्का थैला खाने?
वन्को पैदा ढुंगो माटो रात्मा दिन्मा स्वात्तै जाने

हत्यारा निर्धन्का नेता राजा भिक्षा माग्ने ढोका
के होला लोकैको चिन्ता मिल्दै खाने सुन्का पोका
गाडी चड्ने नामी दामी खोलो तर्ने डोरी टाढा
छोरो माग्दा श्वर्गे पाए हत्याराकै माया गाढ़ा

मेची काली ठाडा तेर्छा लोहा बाटा पत्रेबाटा
सबै खोला बालुन् राँको बाली झुल्ने बारी पाटा
देवी द्यौता राखौ आस्था थालौ सेवा गर्दै भारी
माटो हुन्छौ माटो हेरे फाल्दै मन्को तृष्णा घारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *