तिनी चाँदनी चाँदकी हुन् जुहार


तिनी चाँदनी चाँदकी हुन् जुहार
सदा टल्कने मोती जाज्वल्य हार
त्यही ज्योतिको रोशनीमा हराइ
पुगें व्रह्मको छेउमा ज्ञान पाइ ।

नुहाई शरदका शशीका झरीले
वसन्ति मीठा फूलका मन्जरिले
अघाएर सन्त्रिप्त भै ओत लागें
अजीर्णै सरी कष्टले दूर भागें ।

तिमी केशरी फूलमै मग्मगाउ
तिमी रागिणी राग मै झुन्झुनाउ
तिमी चाँदनी चादमै मुस्कुराउ
तिमी निर्झरी शागरै सम्म जाउ ।

भुली श्नेहका दिव्य प्याला पिएको
भरी ज्ञानका सार बाँडी लिएको
अमर छन् इतिहास सन्तुष्ट भर्ने
सदा हर्षले वन्छ सन्देह मर्ने ।

धर्मराज कोइराला
सह- प्राध्यापक
रत्न राज्यलक्ष्मी क्याम्पस ,काठमाण्डू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *