Skip to content


म पाँच वर्षको हुँदा बुबा भनेर चिन्दथें
समुद्र भित्र प्रेमको डुवेर स्नान गर्दथें
म ढुक्कले जहाँ तहाँ घुमेर खेल्न सक्दथेँ
जहाँ विपत्ति आउदा पिता भनी पुकार्दथेँ।१।।

हजूरबासँगै म वस्तुहेर्न खूब धाउँथे।
सिकेँ अनेक ग्रन्थ पङ्क्ति छन्दमा म गाँउथे
सुने कथा अगाडिका विपत्तिका र हर्षका
अनेक यत्न पुत्रका, चरित्रका सुमार्गका।।२।।

गरेर दुख्ख घाँच खेत यो नवीन अर्जिए
अतीव प्रेमले सबै जहानमाथि खर्चिए
त्यसैगरी पिता गए भएर घोर चिन्तित
प्रसन्नथे जहानको भविष्यमा सुनिश्चित।३।।

म भित्र दन्कियेछ अग्नि हेर्छु मात्र सन्तति
छ श्रोत निम्न तापनी गराउनु छ उन्नति
न खान शान्ति भो सधै नलाउने प्रशस्त छ
सधै जहान माथमा भविश्य हेर्न ब्यस्त छ।४।।

सबै पिता विदेशमा कमाइ गर्न उत्सुक
ज़हन छाडदै मलेसिया कतारमा सब
भविश्य स्वप्न आफनो जहानको पुरा भए
स्वदेश मै रहिन्छ काम गर्न पाइने भए ।।५।।

जहान साथमा रहन्छ पुत्र भै पिता त्यहाँ
सुता जवाइँ साथमा छ व्यस्त जीवनी वहाँ
असक्त भो पिता तथापि गर्छ शुद्ध कामना
फलून् फुलून् खुसी भएर गर्छ मात्र प्रार्थना।६।।

पिता अकास झै विशाल दृष्टि वक्षचित्तको
प्रकाश तापको प्रचूर स्रोत आँट सीपको
छ देवता कुनै भने पिता महान देव हो
छ स्वर्ग आसिकै महाँ विपत्ति हुन्छ आँसुको।७।

प्रा. धर्मराज कोइराला

हाल क्यालिफोर्निया यू एस् ए

Leave a Reply

Your email address will not be published. Required fields are marked *