द्यौता भन्दै खुसी पार्न धूप वत्ति बालेको छु
पाठपूजा धेरै गरेँ ध्यान समेत थालेको छु।
निदरीमा मीठा मीठा सपनीका हुल देख्थें
त्यै हुलको टालो टिपी फाटेको मन टालेंको छु।
झोपडी मैं खुशी आउने रीति थिति भाषा धर्म
हराउदा खोज्ने साधन कोनि कता हालेको छु।
माया प्रीति अजम्बरी बाचुँञ्जेलै नशा दिने
सन्ध्यापूर्व यौटा माया मुटुभित्र पालेको छु।
यौवनको घना घारी जरा व्याधि डढाउने
रिमरिममा कता के हो साँच्चै ज्वाला फालेको छु।
