Skip to content

मुक्तिनाथ यात्राको स्मरण


चादी हो कि टलटल गरि टल्कने चादनि यो
उढ्दै भाग्यो विहग मन यो हर्षले मात्तिएको
सिंगै मूर्ति छमछम गति निर्झरी नर्तकीले
छेकिन् बाटो थुनि मुटुभरी देखिने सादगिले ।।१।।

श्वर्गै हो कि छतरी हलका वादलु श्याम सेतो
श्वेतै वर्षा फुल वरसने प्रातः नौलो सुनौलो
कैलाशै हो प्रकृति शिवको राज्य यो देवभूमी
घन्यै हाम्रो अचल ढुकुटी रत्न हो मात्रिभूमी ।।२।।

गल्छी धेरै गहिरिन गयो वेग काली बढेर
मुस्तांबाटै तुहिनजलले धन्नपूर्णा झरेर
लेकाली ती वन र पहरा नित्य वर्षा भिजाई
नाच्दै नारायण सँग सबै औषधीले सजाई।।३।।

झर्ने छाँगा सलिल छहरा गान चर्को गरेर
मुग्धै पार्ने विहग भिरमा माहुरी घार धेर
काँपो सारा धरति मदमा बज्रिए काली पाउ
ठाडै अग्लो क्षितिज गहिरो विश्वकै एक ठाउ।।४।।

नेपालीकै मनखुसिहुने स्याउको खेति आए
बाटो घाटो सहज रहदाँ बिक्रीले खुब् कमाए
तेर्छोबाटो सहज संगमा काकवेनि पुर्यायो
कालीखोला तिरविच ठुलो वायुको वेगआयो।।५।

नांगा नागी बिच चिरी बगिन् काली बाटो बनाई
श्री शालीग्राम छ जलमहा विश्वमा छैन काहीँ
खानी दामोदर उदरमा कुण्डमा चक्र मिल्छन्
सारा देवालय भुवनका पूजिने देव हुन्छन्।।६।।

वर्षा ठ्याम्मै झरन नहुने बृष्टिछायाँ परेर
के ही तातो जल मुल थिए बाकि सेतै जमेर
द्यौता वस्ने प्रकृतिवरदा पूज्य यो देवभूमी
आगो ज्वाला सहित छ गुफा साच्चि नै पुण्य भूमी।।७।।

नांगा नागी बिच चिरी बगिन् काली बाटो बनाई
श्री शालीग्राम छ जलमहा विश्वमा छैन काहीँ
खानी दामोदर उदरमा कुण्डमा चक्र मिल्छन्
सारा देवालय भुवनका पूजीने देव हुन्छन्।।६।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *