तिम्ले गर्दा मैले,रुनु पर्यो नभन्नु है ।
आशुले त्यो रुमाल,धुनु पर्यो नभन्नु है ।
के के हुन्छ हुन्छ,भाग्यकै खेल लाग्छ
छुट्टीएर पराईको,हुनु पर्यो नभन्नु है ।
दोस जति सबै तिम्ले,म माथि थुपारेर
तिमीले छोएको हात,धुनु पर्यो नभन्नु है ।
जे हुन्छ त्यसैमा,मन देखी खुशी हुनु
दुखाएरै मन खुशी,छुनु पर्यो नभन्नु है ।
रञ्जना न्यौपाने
चरीकोट, दोलखा
