दिल हाँस्ने भए, म किन रुन्थेँ होला
सधैंभरि पुरा हुने, सपनाहरू बुन्थेँ होला
नजिक पक्कै हैन, टाढा पनि हुन सकिन
मिल्ने भए सातै जुनी, तिम्रो नै हुन्थेँ होला
भागेर जान मन छ, कहाँ जाऊँ थाहा छैन
जहाँ भए नि हरपल, यादमा उस्लाई छुन्थेँ होला
कति जान्दछु म तिमीलाई, आफै दङ्ग पर्छु
लाखौंमा आँखा चिम्ली, तिमीलाइनै चुन्थेँ होला
यी खोला यी झरना, यी पहाड र देउरालीमा
जताततै तिम्लाई, मात्र तिम्लाई सुन्थेँ होला
रञ्जना न्यौपाने
चरिकोट, दोलखा