म तिमीबाट जब टाढा हुन्छु


म तिमीबाट जब टाढा हुन्छु
आफूलाई एक्लो नसम्झनु
म तिम्रै वरिपरि घुमिरहन्छु
म तिम्रै साथमा रहिरहन्छु
जब रात पर्छ अनि
त्यो आकाशमा हेर्नु
म चम्किरहेको तारा हुनेछु
तिमीलाई हेरिरहनेछु
तिमीले फेर्ने हरेक श्वासमा
म बगिरहनेछु
तिम्रा हरेक पाईलाहरूमा
सँगसँगै म चलिरहनेछु
तिमी दुखी नबन्नु
जब मेरो यादले सताउँछ
तिमी त्यो झरना हेर्नु
त्यो हिमाल हेर्नु
अनि त्यो पहाड हेर्नु
म त्यही झरनामा बगिरहेछु
छन् छन् गर्दै
अनि त्यो पहाडमा
हरियाली छाइरहनेछु
ती हिमालहरूमा हासिरहनेछु
अटल र अमर बन्दै
म हरपल तिमीसँगै हुनेछु
जबसम्म तिमिरहन्छौ
जबसम्म तिम्रो छाया रहन्छ
यो जमना बद्लीनेछ
यी मानिस बद्लिनेछ्न्
तर म बद्लिनेछैन
म निस्वार्थ तिम्रो सेवा गर्नेछु
तिम्रा ओठहरूमा मुस्कान छर्नेछु
तिम्रो दु:ख सुखमा रहिरहनेछु
तिमी आफूलाई एक्लो नठान्नु
तिमी हेर्नु उस्लाई
त्यो हिलोमा फुलेको कमललाई
काडा बीच हाँसेको गुलावलाई
त्यसरीनै तिमी हाँस्नु
त्यसरीनै तिमी बाँच्नु
सधैं सधैं तिमी हासिरहनु
म हेरिरहन्छु तिमीलाई
तिम्रै वरिपरिरहेर
देख्ने त छैनौ तिमीले
तर म हुनुको आभाश गर्नेछौ
अनि खुशी हुनेछौ
तिम्रो माया तिमीसँगै छ
तिम्रो विस्वास तिमीसँगै छ्
तिम्रो जिन्दगी तिमीसँगै छ
म टाढा त हुनेछु शरीरले
तर मेरो आत्मा तिमीसँगै हुनेछ ।।।

रञ्जना न्यौपाने
चरीकोट,दोलखा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *