म तिमीलाई सम्झन्छु आमा


मेरो देश रोएको बेला
भाइ भाइ लडेको बेला
यो र त्यो भन्दै भन्दै
आरोप प्रत्यारोप लगाएको बेला
म तिमीलाई सम्झन्छु आमा ।

आफू को हुँ भनेर
आफैलाई बिर्सनेहरू देख्दा
आफ्नै स्वार्थ सदा पुरा गर्नेहरू देख्दा
ललाईफकाई गरी पाउनुभन्दा अघि
पाइसकेपछि सबै बेवास्था गरेको देख्दा
म तिमीलाई सम्झन्छु आमा ।

तिम्रा आफ्नै सन्तानहरू
एक अर्काको दुस्मन बनिरहदा
मातृभूमिमा रगतको खोलाहरू बगाइरहदा
शन्तीको बिउ छर्नुको सट्टा
कलंक मच्याइरहदा
म तिमीलाई सम्झन्छु आमा ।

अनि म सम्झन्छु
तिमीले सबैलाई एउटै मालामा गाँसेको दिन
भाइ भाइलाई मिलाएको दिन
भुलेर सबै चोट पीडाहरुलाई
खुशी भएर सबै हाँसेको दिन
म तिमीलाई सम्झन्छु आमा ।

गौतम बुद्धा जन्मेको यो मेरो देशमा
आज २५६१ औ बुद्ध जयन्ती मनाइरहदा
एउटा भाइले अर्को भाइ काटेर मार्छ
म माववादी त एमाले भन्दै
खै कहाँ पुग्यो हाम्रो मानवता
यी सबै कुराहरू देख्दा
म तिमीलाई सम्झन्छु आमा ।

किन भुल्छ्न मेरा दाजु भाइहरू
उनीहरू यो दल त्यो दलभन्दा पनि
पहिले नेपाली हुन
यो सिङ्गो नेपालआमाका सन्तान हुन्
यो मत्रीभूमिमा सबैलाई
समान हक अधिकार दिइरहदा
म तिमीलाई सम्झन्छु आमा ।

खै किन भुल्छ्न्
हामी एउटै आमाका सन्तान हौ भन्ने कुरा
नेपाल आमाको कोखबाट जन्मेको कुरा
खै किन भुल्छ्न्
सैयौ थुङगा फुल्का हामी एउटै माला नेपाली भन्ने
यती सबै भइरहदा
म तिमीलाई सम्झन्छु आमा ।

खै कैले बुझ्छन् मेरो देशका नेताहरू
यो जित हार कस्को लागि हो ?
जो जित्छ ऊ नेपालको सन्तान
जो हार्छ ऊ नेपालको सन्तान
हारे पनि जिते पनि
आखिर ऊ नेपाली नै हो
अनि यो हार जित कस्को लागि भयो ?
भाइले जिते पनि देश बनाउने हो
दाइले जितेनी देश बनाउने हो
हार्छ को अनि जित्छ को ?
हार्ने पनि नेपाली
जित्ने पनि नेपाली
अनि कहाँ छ फरक मलाई भन
एक अर्कोलाई दोषी बनाउदै गर्दा
आफ्नो मातृप्रेमलाई भुल्दै गर्दा
म तिमीलाई सम्झन्छु आमा ।

अब छोडिदेऊ यो वादविवादलाई
जो आउछौ देश बनाउ
मेरो देशमा भाइ भाइ लडेको देख्दा
छिमेकी मुलुकले आँखा लगाउला
मौका हो भन्दै फाइदा उठाउला
त्यसैले अब शान्तिपूर्ण रुपमा आऊ
कुशुल नेतृत्व बोकेर आऊ
यो मेरो प्यारो देशलाई
बिकसित,सुन्दर,शान्त बनाउ
अनि खुशी हुन्छिन मेरी नेपाल आमा
अनि हामी सधैं सम्झनेछौ
हाम्रो प्यारो नेपाल
अनि हाम्री नेपाल आमालाई ।

रञ्जना न्यौपाने
चरीकोट, दोलखा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *