ढकमक्क सयपत्री, मखमली फुली
लहलह खेतभरी, धानका बाला झुली
मन भित्रका घाउहरूमा, मल्हम लगाउदै
आयो दशैं सबैको मुहारमा, खुसीहरू ल्याउदै ।
बिर्सिएर सत्रुभाव, मित्रतालाई बढाई
देश बनाऔं हामी बनौ, रोकौ अब लडाइँ
निधारमा रातो टीका, शिरमा जमरा राखी
खुशी बन्दै बनाउदै, मान्यजनको आशिस थापी ।
सक्छौ भने, अबोध पशुको ज्यान जोगाई
मनाउ हामी दशैं, रोटेपिंग र लिंगेपिंगमा रमाई
आफ्नो भाशा संस्कृतिको, जगेर्ना गर्दै खुशी बनौ
गक्ष अनुसारको दक्ष झै, देखासेखिमा कोही नपरौ ।
रञ्जना न्यौपाने
