मलाई स्वतन्त्र नारी हुनुछ
मलाई रोक्न नखोज
अनन्त यी बाटोहरूमा
कतै छेक्न नखोज
म आफैंमा हाँस्छु
म आफैंमा रुन्छु ।

मलाई तिम्रो साहनुभूतिको
आवश्यकता छैन
मेरो पाइलाहरूमा
मेरो जिन्दगीहरूमा
तिमी काडा नबन
म स्वतन्त्र नारी हुँ ।

म आफ्नो गन्तव्य
आफैं तय गर्छु
म आफ्नो उदेश्यमा
आफैं लागि पर्छु
म आफ्नो जिम्मेवारी
आफैं पुरा गर्छु
किनकि, म पुग्नु छ
मेरा ती सपनाहरूमा
जस्ले रातमा निद दिदैनन्
जस्ले दिनमा चैन दिदैनन्
हो तिनै अधुरा सपना
साकार पार्नु छ ।

म कही कतै कमजोर
बन्ने छैन
मेरो आमाको मुहारमा
हासो ल्याउनु छ
दबिएका सपनाहरू
माथि ल्याउनु छ
म कुनै बन्दनमा
चुलो र चौकामा
हाराउनु हुन्न
म उठ्नु छ
स्वतन्त्र हुनु छ
सँकल्प गर्नु छ आफैंमा
म हार्ने छैन
विस्वास राख्नु छ आफैंमा ।

म हराउने छैन
यी बाटोहरूमा कत्ति
काडा आउने छन्
तिन्लाई पन्छाउदै
यो समाज, यो देशलाई
विश्वमा चिनाउनु छ
एउटा स्वतन्त्र पंक्षी बनेर
ती सपना पुरा गर्न
आफ्नो सम्मानक लागि
आफू जस्तै नारीहरूका लागि
केही जिम्मेवारी पुरा गर्न
म बन्नु छ, हुनु छ
एउटा स्वतन्त्र नारी ।

रञ्जना न्यौपाने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “स्वतन्त्र नारी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *