थाहा छैन जिन्दगीमा, कति गल्ती हुने होला
सम्झिएर तिनै गल्ती, अनि कति रुने होला
किन उड्छ यो मन, मसँगै भागी हरपल
खुशी को त्यो एक पल, कहिले पो छुने होला
गजबको छ यो समाज, उचाल्छ अनि पछार्दछ
गरिदिन्छ बदनाम, त्यसलाई केले धुने होला
रञ्जना न्यौपाने
चरीकोट, दोलखा
