यो मेरो मस्तिष्क
लागिरहेछ मलाई कि
यो मेरो हैन
यहाँ खेलिरहेछ्न्
ती हरेक व्यक्ति
जो आफ्ना छ्न्
अनि ती पनि
जो परिचित छ्न्
आउछ्न् एउटा भकुन्डो लिई
अनि खेल्छ्न यो मैदानमा
म भुल्छु आफैलाई
कि म को हुँ
अनि ती हरेक व्यक्तिमा
डुलिरहन्छु हर क्षण
एउटा भन्छ यस्तो
अर्को भन्छ उस्तो
यस्तो र उस्तोको बीचमा
म हराइरहेछु
म डराइरहेछु
कुन सही कुन गलत
कुन राम्रो कुन नराम्रो
म सक्दिन छुट्याउन
अनि राज गरिरहेछ्न्
तिनै बाहिरी मानिसहरू
जो मेरो मस्तिकमा खेलिरहेछ्न्
म खोज्छु आफैलाई
म कता हराए
अनि दौडन्छु भेट्न
अह सक्दिन भेट्न
कहाँ पुगे
के गर्दै छु
यी मानिसहरुलाई
म हटाउन खोज्दै छु
यो मेरो मस्तिष्कबाट
जो मलाई मबाट
टाढा लैजादै छन्
खेलिरहेछ्न् मसँग
मेरो मन अनि जीवनसँग
म चाहदिन अब
मबाट बिलिन हुन
त्यसैले अब
जाओ तिमीहरू
जो मेरो मस्तिष्कमा खेलिरहेछौ
म जिउनु छ् अब
आफ्नै ढंगमा
म रमाउनु छ् अब
आफ्नै ढंगमा
यो मेरो मस्तिष्कलाई
तिमीहरू खेल्ने ठाउँ हैन
आफैले जिउने ठाउँ
आफैले खेल्ने ठाउँ
अनि आफ्नै मात्र आफ्नै
मस्तिष्क बनाउनु छ मैले ।।।
रञ्जना न्यौपाने
चरीकोट,दोलखा
