Skip to content

होम सुवेदी

जस्तो लाग्छ

तिमी नजिक आए केही होला जस्तो लाग्छ
लत्रिएको मनले आकाश छोला जस्तो लाग्छ ।

कुनै हालतमा पनि आँसु नझार्नू सानु !
थोपा आसुँ पनि तर्नै नसकिने खोला जस्तो लाग्छ ।

शरद्

भन्थे वसन्त ऋतु हो ऋतुराज तुल्य
यो याममा प्रकृति हुन्छ बडो अमूल्य
यो सोच सत्य अब मान्नु कदापि हुन्न
त्यो धारणा सहज सक्छ शरद् उछिन्न ।।

जाडो छ धेर अथवा न छ उष्ण धेर
यो भव्य याम प्रभुले उहिल्यै रचेर
हामी मनुष्यतिर यो ऋतु सुम्पिएछन्
मनौँ नयाँ सृजन नै प्रभुले दिएछन् ।।

प्रेम

राम नै प्रेम हुन् प्रेम सीता पनि
प्रेम आराधना हो तपस्या पनि ।।

प्रेम पेवा हुने याे नठानून् युवा
प्रेम गर्छन् यहाँ ज्येष्ठ पाका पनि ।।

दुई मुक्तक

दुई मुक्तकः

माग पूराका कनिका छरिराखौँ कि !
यसपटककाे वैतर्नी तरिराखौँ कि !
भाेलि के कसाे हुन्छ कसलाई थाहा छ र
बिसौँ अनसनकाे वार्ताटाेली गठन गरिराखौँ कि !!

उनकै लागि धसिए पनि मिठोमसिनो सुनिएन बोली
धेरै पटक खाएको छु उनका मुखको तातो गोली
सहनैमा कल्याण छ नत्र अत्याचार गर्नेको लिस्टमा दरिनेछु
उनबाट न हिजो केही प्राप्ति थियो न हु्न्छ भोलि ।।

दुर्भाग्यले थुक्छ

हिमाल मात्र कहाँ हो र पहाड पनि दुख्छ
नेपालीको चाल देखी मानौँ कोशी सुक्छ ।।

देश चर्ने साँढेलाई बाँधिराख्नु पर्थ्यो
जहाँ तहाँ चर्न खोज्ने साँढे आफैँ फुक्छ ।।

डाँगो पाल्ने काम पनि व्यर्थै लाग्न थाल्यो
घरभित्र चोर पस्ता पर जाँदै भुक्छ ।।

विदेश पस्न हतार मान्ने दाजु भाइ देखी
सगरमाथा पनि तिनको हालत बुझ्दै झुक्छ ।।

हाम्रो बानी उपर्खुट्टी लगाएर खाने
यो देखेर दुर्भाग्यले हाम्रै मुखमा थुक्छ ।।

व्यापारिक प्रतिस्पर्धा

सारै दुःख भो पतिको निधनपछि हरिमायालाई । भएकी एक भर्खर आठ पुगरे नौमा हिँड्दै छे । छोरी सानै भएकोले हुर्काउन पढाउन अझ समस्या । तै सानोसानो घर भने थियो । यसैले डेराभाडा परेन । सानो नाङ्ले व्यापार थालिन् र एक दुई रुपियाँ कमाइ गरेर खाइनखाई जीवन धान्न थालिन् ।

हरिमायाले चिनेको मान्छे भएकोले एक दूध डेरीका मान्छेले घरबाटै दूध बेच्ने बन्दोबस्त गरिदिए । अलिक केही राम्रो हुन ता खोज्यो तर प्रतिश्पर्धा हुन सकेन सिधै पारिपट्टि अर्की साहूनीले उही व्यापार थालिन् ।

प्रश्नको मुद्दा

उनी न्यायाधीश हुन् । उनलाई गाडीको सुविधा छ । क्वार्टर सुविधा छ काम गर्ने एक कामदार पनि छ । न्यायाधीशज्यूकी पत्नीलाई आराम छ ।

छोरो बीस वर्षको छ उसलाई मोटर साइकल किनिदिएका छन् बार पास गरेपछि । उसकी बहिनी भर्खर १० वर्षकी मात्र हुँदैछे । बडो जिज्ञासु छे । घरमा नानु भनेर सबैले बोलाउँछन् । घरै उज्यालो पारेकी छे । यिनै न्यायाधीशका क्वार्टरमा विश्वकर्मा बाबाको पूजाका दिनको कुरा हो ।

शब्दको महत्व

शुद्ध शुद्ध नलेखेर अशुद्ध लेखियो भने
भावनाहरु उल्टन्छन् भावना छेकियो भने ।।

जेसुकै अर्थ लागेर हाम्रो भाव हराउँछ
अशुद्ध लेखिए मित्र कसले मन पराँउँछ ।।

हे पिता (२)

सम्झून् सन्ततिले नित्य पिताको मुखमाधुरी
आफ्ना सन्ततिका लागि मुटु बाँड्छन् बरोबरी ।।

कसैको तुलना हुन्न आमाका ममतासँग
आमामा ममता हुन्छ स्नेह हुन्छ पितासँग ।।

तिन मुक्तक

तिन मुक्तकहरू
मुक्तकः एक

माया गर्न पनि जान्नु पर्छ भन्छन्
सुन र पित्तल पनि चिनेर छान्नु पर्छ भन्छन्
कसलाई के थाहा भोलि के हुन्छ हुन्छ
जिन्दगीलाई पनि जसो तसो धान्नु पर्छ भन्छन् ।।

मुक्तकः दुई

हिजोसम्म काँच थिइन् आज सुनको चुरा भइहछिन्
सुन्दरी मात्र कहाँ हो र अब ता सुरा पनि भइछिन्
एउटा वाक्य राम्रो लेख्न नाजनेर के भो र
बाबैको राम्रो मेहनत र तालिमले छुरा भइछिन् ।।

मुक्तकः दुई

लौ जा कवितो लेख्न चटक्क छोडिदिएँ
अबलाई लेखकको नातो मुक्तकतिर जोडिदिएँ
जे लेखे पनि अरूले मन पराउने हैनन् क्यारे
यसैले आफ्नै मुक्तकमा आफैं लाइक तोडिदिएँ ।।

वैरीलाई भगाउनेछन्

अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
हाम्रा युवाहरूले देशै उठाउने छन् ।।

बाँझो भयो धरा यो आई यतै जुटेमा
हज्जार पाखुराले बाँझो फुटाउनेछन् ।।

देशै उठाउनेछन्

अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
हाम्रा युवाहरूले देशै उठाउने छन् ।।

बाँझो भयो धरा यो आई यतै जुटेमा
हज्जार पाखुराले बाँझो फुटाउनेछन् ।।

द्विपदी मुक्तक

१) कोरोना
हिजो आज रामबादुरलाई बडा काइदा छ
महला लाउनाले ओठश्रृङ्गारखर्चामा फाइदा छ ।।

२)बानी
नानीहरु सग्ला लुगामा छिँड नपारी लाउँदेनन्
मास्कलाई छिँड पारेर नलाए अरुले लिपस्टिक देख्न पाउँदेनन् ।

अलङ्कारहरु

१ अन्त्यानुप्रासः
हज्जारौं फूल देखिन्छन् बगैँचा डुलियो भने
सिङ्गो संसार देखिन्छ फूलैमा भुलियो भने ।।

२ वृत्यनुप्रास
पुष्प पाषाण के हुन्थ्यो त्यो हुन्छ प्राण झैं प्रिय
पुष्पको प्रेयता प्राप्त नगर्ने हुन्छ निष्कृय ।।

रचनाका भरियाहरु

कुनै पनि कुरा नभोगी राम्रो जानिन्न रहेछ । चालिस वर्षअघि जब म पति भएँ अनि मात्र पतिका बारेमा राम्रोसँग बुझ्न थालें । त्यो बेलादेखि नै पतिहरुको कायाकैरन लेखूँला भनेको बल्ल आज मात्र पतिहरुका चरित्रहरू पतिका अघि बिस्कुल लागेर आए भनेपछि पतिकैरन बुझ्न कति लाग्दोरहेछ आफैं बुझ्न सक्नुहुन्छ । सबै पतिको त कसले सकोस् वर्णनको गथासो पुरान हाल्न केही म जस्ता पतिको भने अब म थालें कायाकैरन उतार्न । पतिहरुका प्रकार अनेक रहेछन् ।

उदाहरण

केही अतिशयोक्ति अलङ्कारका उदाहरणः
आगोको रुपका सूर्य अहिले हिउँ पो भए
उनी पश्चिमको बाटो गरेर आज झुल्किए ।।

यमराज धराभित्र देखिएको छ झल्झल
रोकेर रोक्न के सक्नु मान्छेका आँसुको भल ।।

चलेर आँसुको भेल पारेर अति दुर्बल
मान्छेलाई बगाएर पुर्याएछ रसालत ।

अस्ति नै पानीको घैला बोकेर इन्द्र अल्पिए
त्यो तिम्रो चेहरापुन्जीबाट इन्द्र कता गए ।

गोरु हुन् मर्दका जात अथवा हुन् ती काउसो
घरबाहिर डुक्रन्छन् घरमा बन्दछन् मुसो ।।